एमाले नयाँ नेतृत्वका लागि सकियो मतदान

काठमाडौं । नेकपा (एमाले) को दसौं महाधिवेशनबाट नयाँ नेतृत्व छान्न मतदान सकिएको छ। चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्। एमाले सचिव योगेश भट्टराईले टाढा घर हुने साथीहरू घर गएकाले कम मत खसेको हुन सक्ने बताए। ‘मतदान सकियो। सायद टाढा […]

महर्जन बिजनेस भवनमा व्यवसायीको आकर्षण बढ्दो

काठमाडौं, १४ मङ्सिर । राजधानीको सबैभन्दा ब्यस्त ब्यापारिक केन्द्र मानिने नयाँ सडक (न्युरोड) जुद्ध शालिक अगाडि रहेको महर्जन बिजनेस एसोसिएट प्रालिले आफ्नो भवन निर्माण सम्पन्न गर्दै सञ्चालनमा ल्याएको छ । यो व्यवसायिक भवन दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण धकेलिएपछि भवनलाई थप प्रविधियुक्त गरेर सञ्चालनमा ल्याइएको हो । मल्लकालिन बसन्तपुर […]

जीप दुर्घटनामा ४ को मृत्यु, ३ घाइते

म्याग्दी, १३ मंसिर । म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनप्रतिनिधिसहित चार जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका-१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोमबार साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा परी गौमाया विक, जीप चालक दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्माको ज्यान भएको प्रहरी […]

कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

काठमार्डौं । कोभिड १९ कोरोना संक्रमणका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सोमबार अस्पताल भर्ना भएका छन् । जबरा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका हुन् । केही दिनअघि परिवारका सदस्यलाई संक्रमण भएर अस्पताल भर्ना गरिएको थियो । परिवारका सदस्यबाटै प्रधानन्यायाधीशमा संक्रमण भएको अनुमान गरिएको छ । प्रधानन्यायाधीशको सचिवालयले भने यसबारे केही पनि बताउन चाहेको छैन । […]

मेस्सीले जिते सातौ पटक बालोन डिुओरको उपाधि

एजेन्सी । लियोनेल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डि’ओर उपाधि जितेका छन् । ३४ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि थियो । सन् २०२१ मा उनले ४० गोल गर्न सफल भएका थिए जसमध्ये बार्सिलोनाका लागि २८, पीएसजीका लागि चार र […]

ओलीको सूचीमा छुटेका यी हुन् प्रभावशाली नेता

काठमाडौं । एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै गर्दा धेरै नेता अलमलमा परे। लामो समय पार्टीमा योगदान गरेका र भूगोलमा खारिएका नेताहरू यसपटक प्रतिनिधि बनेर आएका थिए। उनीहरूले सर्वसम्मतिमा केन्द्रीय सदस्यको नाम आउँदा आफूहरू पर्ने सोच बनाएका थिए। तर, केन्द्रीय सदस्यको सूचीमा नअटाएपछि उनीहरू अलमलमा […]

सान्जेन र रसुवागढी आयोजना छिट्टो सक्न विद्युत प्राधिकरणको ताकेता

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका आयोजनाहरु सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणले आफ्नो तथा सहायक कम्पनीकोसमेत लगानी रहेका आयोजनाहरु काम जतिसक्दो छिट्टो […]

अजेयराज सुमार्गीको टेलिकम कम्पनी हेलो नेपालको लाइसेन्स खारेज

काठमाडौं । सरकारले व्यावसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ। शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो। असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गत कात्तिक ५ गते बसेको बोर्ड बैठकले हेलो नेपालसँग […]

गाडीबाट अमेरिकी डलर पोखरा पु¥याउने र प्लेन चढेर काठमाडौं फर्कने २ लाख डलसहित पक्राउ

पोखरा । कास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौंबाट पोखराका लागि आउँदै गरेको माईक्रो बसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुस्ताङको लो घेकर दामोदर कुण्ड घर भइ पोखराको शिवालय चोकका छिरिङ डुन्डुक गुरुङ छन् । प्रहरीले बरामद […]

एमाले अध्यक्षमा केपी ओलीले पनि दिए उम्मेदवारी

सौराह, १३ मंसिर । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दर्ता गराएपछि ओलीले पनि उम्मेदवारी दिएका हुन् । ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । नवौं महाधिवेशनबाट अध्यक्षमा ओली र रावल उपाध्यक्षमा निर्वाचित […]