भरतपुर महानगरपालिकाको वडा कार्यालयमा शक्तिशाली वम विष्फोट

चितवन, २९ फागुन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । राति करिब १२ः३० बजे विस्फोट भएकाे चितवन प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए । जिल्लामा व्यापकरूपमा […]

विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगायो प्रतिबन्ध

काठमाडौ, २८ फागुन  । केपी शर्मा ओली नेतृत्वको सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि राजनीतिक प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेकपालाई आपराधिक संगठनको संज्ञा दिंदै प्रतिबन्ध लगाएको हो । एकातिर देश नै टुक्र्याएर मधेशलाई अलग राष्ट निर्माण गर्ने धम्कि दिंदै आएका सिके राउतलाई राजनीतिको मूलधारमा ल्याएको भनेर […]

संस्कृतिविद सत्यमोहन जोशीलाई अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कार प्रदान

काठमाडौं, २८ फागुन । संस्कृतिविद सत्यमोहन जोशी अन्तराष्ट्रिय लोकसाहित्य पुरस्कारबाट पुरस्कृत भएका छन । मंगलबार राजधानीमा आयोजित एक समारोहमा जोशीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सो पुरस्कार प्रदान गरेका हुन् । नेपाली लोक साहित्यमा अनवरत योगदान गरेका संस्कृतिविद् जोशीलाई कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले स्थापना गरेको सो पुरस्कार प्रदान गरेको हो । एक लाख एक […]

के सिके राउतसँग प्रधानमन्त्री ओली झुकेकै हुन् ? आखिर गल्ती कसको ?

११ वुँदे सहमतिमा सरकार चुक्यो भन्दै एकाथरी वौद्दिकहरूले चन्द्रकान्तका लागि भाङको घट्टा घोल्दै छन् । चन्द्रकान्त उर्फ सिके राउत त्यसलाई तुनतुन तुन्क्याउँदै छन् । नशाकै शुरमा फ्री मधेशको व्यानर देखाउँदै दीपावली मनाईरहेका छन् । ११ वुँदेले उनको मागलाई वैधानिक हैसियत प्राप्त भएको दावी गरिरहेका छन् । उनले त आफ्नो पक्षमा अर्थ्याउने नैं भए । त्यो […]

सरकारका अधिकां‌श मन्त्री फेर्ने कसरतमा ओली र प्रचण्ड

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ । मंगलबार बिहान वालुवाटारमा भएको भेटमा उनीहरुबीच मन्त्रिहरुकाे हेरफेर गर्नेबारे छलफल भएकाे हाे । मन्त्रिपरिषद् पुनर्गठनका विषययमा आफूहरुबीच छलफल भएकाे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुष्टि गरेका छन् । आजै विराटनगर पुगेका प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग […]

विप्लवको सत्तोसराप र सिकेसँग प्रचण्डको तुलनाभित्र लुकेका यथार्थ

नेपालको तराईभूमीलाई टुक्र्याएर छुट्टै देश बनाउने अभियान थालेका चन्द्रकान्त राउतसँग सरकार र सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको सहमतिले राजनीतिक रंगमञ्चमा विविध बहस सिर्जना भएको छ । सो पार्टी र सरकारको नेतृत्व गरिरहेको नेताका निरन्तरका कटुवाणी र परस्पर अन्तरविरोधी व्यवहारले बहसको आगोमा अझ घिउ थपेको छ । सिके राउतसँगको सहमतिलाई प्रधानमन्त्री केपी […]

पिचरोड बनाउने ठेकेदारलाइ सम्पदा निर्माणको जिम्मा दिँदा कुनै काम भएनन्: चिरिवावु महर्जन ( अडियो सहित )

ललितपुर । भुकम्पले भत्केका सम्पदा पुननिर्माण गर्न पुरातत्व बिभाग अन्तर्गत टेण्डर पाएका ठेकेदारले कुनै काम नगरेको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले खुलासा गरेका छन । ठेकेदार कम्पनीले सम्झौता गरिएकाे कूल लागतको २५ देखि ३० प्रतिशत रकम अग्रिम बुझेर लगिसकेकाे तर काम अलपत्र छोडेको उनले बताएका छन । महर्जनले महानगरले स्वयम् भत्केका सम्पदाको पुननिर्माण गरेको भए […]

कांग्रेसमा गुटउपगुट सभापति बाहेक अरुले बनाउन मिल्ने गगन थापाको भनाई

काठमाडौँ, २७ फागुन । नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीभित्र देखिएका गुटउपगुट अन्त्य गर्नुपर्ने बताएका छन् । संघीय प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले भने, “पार्टीको सभापति सबैको सभापति हो, उहाँ सभापति नहुँदा गुटउपगुट बनाउन मिल्छ, तर सभापति हुुँदा पनि गुठ बनाउनु विधान विपरित हुन्छ, त्यसैले त्यसको अन्त्य गरिनुपर्छ ।” देउवा सभापति नभएको भए […]

व्यापारी अपहरण गर्न कुटपिट गरी टाउको फुटाइयो, प्रहरीसँग जम्काभेट भएपछि भागे अपहरणकारी

सप्तरी, २७ फागुन । सप्तरीमा एक व्यापारीलाई अज्ञात समूहले अपहरण गर्न कुटपिट गरी टाउको फुटाएका छन् । सप्तरीको डाकनेश्वरी नगरपालिका–१ घर भई बोदे बसाइन–५ मा कपडा पसल सञ्चालन गरी बसेका ३२ वर्षीय मो. जियाउल हकलाई बाटोबाटै अपहरण गर्न खोज्ने समूहले उनलाई आक्रमण गरी घाइते बनाएको हो । अपहरणकारी समूहले उनलाई बाटोमा समातेर कुटपिट गरेको र […]

इथियोपियन एयर जहाज दुर्घटनामा ज्यान गुमाउने १५७ मध्ये एक नेपाली चेली

काठमाडौ, २७ फागुन। इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेर आइतबार अपरान्ह ज्यान गुमाउने १५७ जनामध्ये एकजना नेपाली युवती परेकी छिन् । दुर्घटनामा गोर्खा मुल घर भएकी एकता अधिकारीको निधन भएको छ । इथियोपियाको राजधानी अदिस अबावाबाट केन्याको राजधानी नैरोवीतर्फ उडेको विमान धावनमार्ग छाडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो । इथियोपियास्थित राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममा कार्यरत अधिकारी […]