गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शुक्रबार) परीक्षण उडान सुरु गरिँदै छ। त्यसका लागि बिहीबारै ७ जनासहित एरोनटिकल रेडियो अफ थाइल्यान्डको जहाज ल्याइएको छ। शुक्रबारदेखि १० दिनसम्म जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नेछ। विमानस्थलमा जडान गरिएका उपकरणले सही तरिकाले काम गरेको छ कि छैन भनेर परीक्षण उडान गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आईसीबी टुका […]

डिभिजन वन कार्यालय लमजुङ उत्कृष्ट घोषणा

लमजुङ । गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय लमजुङलाई उत्कृष्ट कार्यालय घोषणा गरेको छ । जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयमध्ये डिभिजन वन कार्यालय उत्कृष्ट बन्न सफल भएको हो । प्रदेश सरकारले आफ्नो स्थापना दिवसको दिन उत्कृष्ट कार्यालयको रुपमा घोषणा गरेको कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत पूर्णेश्वर सुबेदीले बताए । कार्यमूल्यांकन मापदण्डको आधारमा कार्यालय उत्कृष्ट बनेको […]

घरजग्गा र सेयर कर्जामा कडाइ, उत्पादनशील क्षेत्रको ब्याजदर सस्तो बनाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। यसअनुसार राष्ट्र बैंकले घरजग्गा तथा आयात लगायत अनुपादक क्षेत्रमा जाने कर्जाको सीमा पुनरवलोकन गर्ने भएको छ। केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सो व्यवस्था गरेको हो। समीक्षामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका […]

शिक्षा पत्रकार समूहको अध्यक्षमा मल्ल, महासचिवमा गाउँले

काठमाडौँ । शिक्षा पत्रकार समूहको नयाँ अध्यक्षमा कृष्ण मल्ल चयन भएका छन् । काठमाडौंमा बिहीबार सम्पन्न समूहको ११ औं अधिवेशनबाट अध्यक्ष मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । यस्तै वरिष्ठ उपाध्यक्ष निर्जला कक्षपति, उपाध्यक्षमा जनक नेपाल, महासचिवमा रोशन क्षेत्री गाउँले, सचिवमा विष्णु विवेक विश्वकर्मा, कोषाध्यक्षमा ममता थापा चयन भएका छन् । यस्तै सदस्यमा हरि […]

धरानको जंगलमा झोलाभित्र मानिसको शरीर पनि भेटियो

विराटनगर, ५ फागुन । सुनसरीको धरान उपमहानगरपालिका(४ मा पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर पनि भेटिएको छ। बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शंकास्पद झोला भेटिएपछि अनुसन्धान भइरहेको बताए […]

जबर्जस्ती एमसीसी पारित गर्ने प्रयास नगर्न खनालको चेतावनी

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् । सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहोर्याए । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै […]

स्थानीय तहको निर्वाचन रोक्न माग भएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । स्थानीय तह निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा पुगेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले बुधबार सो आदेश दिएको हो । गत माघ २६ गते महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजिवकुमार साहले दायर गरेको रिट सर्वोच्च अदालतका रजिस्टारले दर्ता गर्न अस्वीकार गरेका […]

एमसीसीविरुद्धको हस्ताक्षर सरकारलाई पठाइयो

खोटाङ । खोटाङमा एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गर्दै नेपाल सरकारसमक्ष पठाइएको छ । एमसीसी सम्झौता फिर्ताका लागि दबाबस्वरूप नागरिक समाजकातर्फबाट बुधबार दिक्तेल बजारमा संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई पठाइएको हो । दिक्तेल बजारमा संकलित हस्ताक्षर नागरिक समाजकातर्फबाट जयप्रसाद आचार्यले सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । दिक्तेल बजारमा एमसीसी सम्झौताविरुद्ध […]

अख्तियारले दायर गर्यो मृत्यु भइसकेका व्यक्तिसहित तीनविरुद्ध १ करोड ३५ लाखको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालत काठमाडौंमा आज अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्य दुई जनामा बिष्णुकान्तका छोरा नविन कुमार मिश्र र ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा […]

बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध ‘वारेन्ट’ जारी

दाङ । बलात्कारको आरोप लागेका मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी (वारेन्ट)जारी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मधुसुदन न्यौपानेका अनुसार अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी दिएको हो । जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । बानियाँले आफूलाई बाँकेको अप्सरा होटल लगी जबरजस्ती […]