काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र साहसँग टेलिफोनमार्फत कुराकानी गरेका छन् । मोदीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिँदै रास्वपाको निर्वाचन सफलताका लागि दुवै नेतालाई बधाई दिएका हुन् । उनले रास्वपाले नेपालमा हासिल गरेको उल्लेखनीय सफलताका लागि लामिछाने र शाहलाई शुभकामना व्यक्त […]
मुख्य समाचार
गगन थापाले भने- सभापति पदबाट म राजीनामा दिन्छु
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले पदबाट राजीनामा दिन लागेको बताएका छन्। उपसभापति विश्वप्रकाश शर्मासँग आज भएको कुराकानीका क्रममा सभापति थापाले आफूले पदबाट राजीनामा दिन लागेको कुरा बताएका हुन्। उनीहरूबीच आज साँझपख नयाँ बानेश्वरमा छलफल भएको हो। ‘म सभापति पदबाट राजीनामा दिन्छु,’ सभापति थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उपसभापति विश्वप्रकाश शर्माले अहिले राजीनामा […]
नवनिर्वाचित राष्ट्रियसभाका १८ सांसदले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ लिएका छन् । अहिले दिउँसो सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन् । विशेष समारोहबीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहहरूलाई शपथ गराएका छन् । माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका […]
बालेन शाहले निर्वाचन आयोगमा बुझाए चुनावी खर्च विवरण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाएका छन्। नेता बालेनले झापा ५ को प्रतिनिधि सभा चुनावमा भएको खर्च विवरण आज निर्वाचन आयोगलाई जानकारी गराएका हुन्। चुनावमा १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको जानकारी बालेनले आयोगलाई दिएका हुन्। फागुन २१ गते भएको निर्वाचनमा […]
समानुपातिक मतगणनामा राप्रपालाई श्रम संस्कृति पार्टीले उछिन्यो
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना ८० लाख नाघ्दा राप्रपा भन्दा श्रम संस्कृति पार्टी अघि देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार श्रम संस्कृति पार्टीले २ लाख ८० हजार ३४६ मत प्राप्त गरेको छ। यस्तै राप्रपा २ लाख ६९ हजार ८५९ मतका साथ छैटौँ स्थानमा झरेको छ। यसअघिको निर्वाचनमा राप्रपा […]
इरानसँगको युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासियो
लण्डन । मध्यपूर्वमा विकसित पछिल्लो तनाव र इरानसँगको युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो उछाल आएको छ। सन् २०२२ यता पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको हो। अमेरिका र इजरायलले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमण र तेल डिपोहरूलाई निशाना बनाएपछि विश्वभर ऊर्जा सङ्कटको त्रास बढेको छ। सोमबार बिहान एसियाली […]
आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ । […]
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ सोमबार हुँदै छ। सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बताए । गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो। संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको […]
इलाम- १ मा कांग्रेस र श्रम शक्तिबीच कडा टक्कर
काठमाडौं । इलाम-१ मा नेपाली कांग्रेसका निश्लक राई र श्रम संस्कृति पार्टीबीच कडा टक्कर देखिएको छ । कांग्रेसका राईले १० हजार ८४९ मत प्राप्त गर्दा श्रम संस्कृतिका लिम्बुले १० हजार ६५१ मत प्राप्त गरेका छन् । कांग्रेसका राईले १९८ मतले अग्रता कायम गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका काजी मान कागतेले ९ हजार ९९८ […]
काठमाडाैँ उपत्यकामा वायु प्रदूषण उच्च
काठमाडौँ । काठमाडाैँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला ३ दिनदेखि उपत्यकामा वर्षा हुन सकेको छैन् जसकारण आकाश धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको वातावरण विभागले जानकारी दिएको छ। लामो समयदेखि वर्षा हुन नसकेको र हावा चल्न पनि छाडेका कारण उपत्यकाको वायुमा प्रदूषण बढेको हो ।आजको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार उपत्यकामा दिउँसोसम्म काठमाडौं […]











