काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ४४ लाखभन्दा बढी मत गणना भइसकेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म ४४ लाख एक हजार ९३३ मत गणना भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म समानुपातिकतर्फ २१ लाख ७२ हजार १९ मत प्राप्त गरेको छ । रास्वपाले गणना भएको मतको ४९.३४ प्रतिशत मत प्राप्त गरेको हो । […]
मुख्य समाचार
तत्कालीन प्रधानमन्त्री ओली र जिल्ला सुरक्षा समितिका अध्यक्षलाई फौजदारी मुद्दा चलाउन सिफारिस
काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले जाँचबुझ प्रतिवेदन बुझाएको छ । करिब ५ महिना घटनाबारे छानबिन र जाँचबुझ गरेपछि आयोगका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन् । पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् । प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज […]
ओखलढुंगामा पूर्वएआईजी पोखरेल रास्वपाबाट ५ मत अन्तरले विजयी
काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित भएका छन् । पोखरेल पूर्वएआईजी हुन् । पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइटेलले १३ हजार ९४८ मत पाए । पोखरेल र लुइटेलबीचको मतान्तर ५ मतको मात्रै छ । तेस्रो भएका नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाएका छन् भने एमालेकी अस्मिता […]
कोशी प्रदेशमा २२ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक हुँदा रास्वपाले १५ स्थानमा विजयी
विराटनगर । कोशी प्रदेशको २८ निर्वाचन क्षेत्रमध्ये २२ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये १५ वटा सिटमा रास्वपाका उम्मेद्वाले जितेका छन् । रास्वपाले झापा, मोरङ, उदयपुर र ओखलढुंगामा क्लीनस्वीप गरेको छ । रास्वपापछि नेपाली कांग्रेस रहेको छ । कांग्रेसले हालसम्म ३ सिटमा विजयी बनेको छ । एमालेले ३ र श्रम संस्कृति पार्टीले १ […]
हर्क साम्पाङ १३ हजार बढी मतान्तरले अगाडि
काठमाडौँ । सुनसरी-१ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले अग्रता कायम गरेका छन्। ७३ हजार ८५१ मत गणना हुँदा उनले ३३ हजार ५६५ मत ल्याएका छन्। यहाँ उनले प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की शरिन गोमा तामाङसँग १३ हजार ३२८ मतान्तर कायम गरेका छन्। रास्वपाकी तामाङले २० हजार २३७ मत ल्याएकी छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सूर्यबहादुर […]
आज ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइँदै
काठमाडौँ । ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन […]
सल्यानमा नेकपाका रमेश मल्ल विजयी
काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितबहादुर चन्दले २० हजार ९०४ र नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत प्राप्त गरे । यस्तै, नेकपा (एमाले) का […]
रोल्पा–१ मा वर्षमान पुनको ह्याट्रिक, २७ हजार ४६० मत प्राप्त गर्दै जित हासिल
काठमाडौँ । रोल्पा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता वर्षमान पुनले ह्याट्रिक गरेका छन् । यसपटक सहित उनले यो क्षेत्रमा लगातार तीन पटक जित्दै ह्याट्रिक गरेका हुन् । पुनले २७ हजार ४६० मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदनकुमार वलीलाई १५ हजार ४५२ को […]
तबला दिएको फोटो शेयर गरेर ओलीले भने : बालेन बाबु, विजयको लागि तपाईँलाई बधाई
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् । झापा–५ बाट निर्वाचित भएका बालेनलाई ओलीले शनिबार बधाई र शुभकामना दिएका हुन् । बालेनलाई बाबु सम्बोधन गर्दै उनले ‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्ने कामना गरेका छन् । ‘बालेन बाबु, विजयको लागि तपाईँलाई बधाई, तपाईंको […]
कामद्वारा मन त जितेँ तर मत जित्न सकिनँ : रेनु दाहाल
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रेनु दाहालले निर्वाचन परिणामलाई सम्मान गर्दै आफूले कामद्वारा जनताको मन जिते पनि मत जित्न नसकेको बताएकी छन्। चितवन-३ मा आफ्नो हार स्विकार्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो राजनीतिक जीवनमा भरतपुरको विकास, समृद्धि र सुशासनका लागि नौ वर्ष ऊर्जा समर्पित गरेको उल्लेख […]











