वेस्ट इन्डिजसँग आज पहिलो टी-२०आई खेल्दै नेपाल

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ । यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ । नेपालले वेस्ट इन्डिजसँग टी-२० अन्तर्राष्ट्रिय फर्म्याटमा पहिलोपटक खेल्न लागेको हो । त्यस्तै आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको द्विपक्षीय सिरिज हुन लागेको पनि यो पहिलोपटक हो […]

प्रचण्डकै नेतृत्वमा माओवादी महाधिवेशन, केन्द्रीय समिति आयोजक समितिमा रुपान्तरण

काठमाडौं । नेकपा माओवादी केन्द्रको दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले आफैँलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । केन्द्रीय समिति आयोजक समितिमा रुपान्तरण हुँदा पुष्पकमल दाहाल प्रचण्ड पनि अध्यक्षबाट संयोजकमा रुपान्तरित भएका छन् । काठमाडौंको प्रज्ञा भवनस्थित बैठकस्थलबाट बाहिरिँदै गर्दा प्रचण्डले पत्रकारहरूलाइ सम्छिप्त प्रतिक्रिया दिए, ‘म अब अध्यक्ष रहिँन, संयोजक भएँ ।’ प्रचण्डको यो […]

पौडी खेल्न खोलामा गएका दिदीबहिनीको निधन

जाजरकोट । पौडी खेल्ने क्रममा समाकोट खोलाले बगाउँदा एकै घरका दिदी बहिनीको ज्यान गएको छ । कुशे गाउँपालिका-७ स्थित समाकोट खोलामा पौडी खेल्न गएका उनीहरु मृत फेला परेका छन् । स्थानीय समाकोट खोलामा शुक्रबार दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले […]

पार्टी नेताका सम्पत्ति छानबिन गर्न माओवादी केन्द्रले आयोग गठन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्। यसका साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औंल्याए। “अब पुरानै ढंगले चल्दैन, नयाँ […]

बढेको बढ्यै सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन तोलाको २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको […]

भोटेकोशीमा भ्यान खस्यो, चालक बेपत्ता

काठमाडौँ । सिन्धुपाल्चोकमा भोटेकोशी नदीमा भ्यान खसेको छ। शुक्रबार बिहान ५:२० बजे सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ बलेफीस्थित अरनिको राजमार्गबाट बा १२ च ६५९४ नम्बरको डेलिभरी भ्यान भोटेकोशीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार भ्यान र चालक नै बेपत्ता भएका छन्। चालक काभ्रेको पनौती नगरपालिका-१० पस्थली बस्ने २२ वर्षीय नवराज खुलाल रहेको खुलेको प्रहरीले जनाएको छ। भ्यान […]

तत्काल शासकीय स्वरुप परिवर्तन गर्न नसकिने प्रधानमन्त्रीको प्रष्टाेक्ति

Sushila karki

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले वर्तमान अन्तरिम सरकारले संविधान संशोधन वा शासकीय प्रणाली परिवर्तन गर्ने अधिकार नभएको स्पष्ट पारेकी छन् । बिहीबार देशवासीका नाममा विशेष सम्बोधन गर्दै उनले जेन–जेड आन्दोलनका क्रममा उठेका राजनीतिक मागबारे प्रत्यक्ष कदम चाल्ने जिम्मेवारी आगामी निर्वाचनपछिको संसदकै हुने बताइन् । उनले भनिन्, “छ महिनाको म्याद पाएको यस सरकारलाई सबै आन्दोलनका माग […]

चाँगुनारायणमा चितुवाको आक्रमणबाट युवक घाइते

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–७, गुरुङटारस्थित बाल्मिकेश्वर सडक खण्डमा बिहीबार राति चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन्। राति साढे १० बजेतिर आफ्नो व्यवसायबाट मोटरसाइकलमा घर फर्कँदै गरेका स्थानीय सुमन काफ्लेमाथि अकस्मात् चितुवाले आक्रमण गरेको वडाध्यक्ष श्यामकाजी नयाँजूले ननस्टपखबरलाई बताए । “चितुवासँग जम्काभेट हुँदा आक्रमण भएको हो। घाइते काफ्लेलाई तत्काल भक्तपुर अस्पताल पुर्याइएको छ। […]

ट्रकको ठक्करबाट १८ बर्षीय शाहीको मृत्युपछि आफन्त आन्दोलित, भोली कर्णाली राजमार्ग बन्द

काठमाडौँ। दैलेखको रामघाटस्थित कर्णाली राजमार्गमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। खाडाचक्र नगरपालिका–११, कालिकोटका १८ वर्षीय एडमन शाहीको बुधबार अपराह्न करिब ४:३० बजे ट्रकको ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि प्रादेशिक अस्पताल सुर्खेत पुर्याउने बितिक्कै मृत्यु भएको हो। शाही सवार मोटरसाइकललाई ना ७ ख ७२३८ नम्बरको ट्रकले रामघाटस्थित पुलमै ठक्कर दिएको थियो। ठक्करले घाइते […]

ललितपुर-१ मा अभियन्ता महतको उम्मेदवारी घोषणा

  ललितपुर । ललितपुर प्रतिनिधिसभा क्षेत्र नं. १ मा नयाँ राजनीतिक बहसका साथ अभियन्ता सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। ‘नागरिक प्रथम अभियान’ का अभियान्ता महतले बिहीबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। उनले वैकल्पिक राजनीतिक संरचना र नयाँ शासन प्रणालीबारे बहसलाई केन्द्रीत गर्दै उम्मेदवारी घोषणा गरेका हुन्। महतले आफूलाई केवल […]