इरान युद्धबारे पुटिन- हामीलाई अफ्ठ्यारोमा पारे, सबै सहमत भए तनाव कम गर्न भूमिका खेल्छाैं 

काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान युद्धका कारण आफूहरू अफ्ठ्यारोमा परेको बताएका छन्। मस्कोमा पत्रकारहरूसँगको कुराकानीमा पुटिनले इरानसँगै मध्यपूर्वका अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध भएकाले इरान युद्धका कारण मस्कोलाई अफ्ठ्यारो परेको बताएका हुन्। ‘इरान अहिले जटिल र गम्भीर परिस्थितिमा छ। इरान र क्षेत्रका अन्य मुलुक दुवैसँग हाम्रो सम्बन्ध भएकाले रुस पनि कठिन अवस्थामा छ,’ […]

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन तथा जिल्ला समिति विघटन गर्नेबारे छलफल र आवश्यक निर्णय हुने प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै अनुसन्धानात्मक कारबाही सम्बन्धमा र […]

आजको मौसम : यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ […]

अध्यादेशमार्फत संवैधानिक संस्था अपहरण गर्न खोजियो : कांग्रेस उपसभापति भुसाल

काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेर निजी स्वार्थका लागि संवैधानिक संस्थालाई अपहरण गर्ने प्रयास गरेको टिप्पणी गरेकी छन्। राष्ट्रिय जनमोर्चाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभापति भुसालले घोषणा भइसकेको संसद्को अधिवेशनलाई समेत रोकेर अध्यादेश ल्याउनुले सरकारको नियतमाथि प्रश्न उठाएको बताएकी हुन्। उनले सरकारले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि संवैधानिक […]

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको सम्बोधनका १० हाइलाइट

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल प्रधानन्यायाधीश सिफारिसबारे बोलेकी छन्। शनिबार कानुन दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कामू प्रधानन्यायाधीश मल्लले घुमाउरो शैलीमा संवैधानिक परिषदले गरेको प्रधान्यायाधीश सिफारिसबारे बोलेकी हुन्। बिहीबार संवैधानिक परिषदले रोलक्रमअनुसार चौथो नम्बरमा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको थियो। सरकारले कार्यक्षमताका आधारमा शर्मालाई सिफारिस गरिएको भनेको छ। कामू प्रधानन्यायाधीश […]

सुकुमबासीलाई घरबारविहीन बनाउने कार्य स्वीकार्य छैन : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सुकुमबासी बस्तीका नागरिकलाई घर भत्काएर बेघर बनाउने सरकारको कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । संविधानले प्रत्येक नागरिकलाई बाँच्न पाउने र आवासको अधिकार सुनिश्चित गरेको उनले बताए । शनिबार हेटौँडा–११ स्थित सिमलटार र थानाभर्याङमा आयोजित सुकुमबासी तथा अव्यवस्थित बसोबासीसँगको भेटघाट कार्यक्रममा बोल्दै साम्पाङले […]

बालेनले नागरिकको घर मात्र होइन, सपना समेत भत्काए : दुर्गा प्रसाईँ

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्री बालेन शाहले नागरिकको घरमात्र नभएर सपना समेत भत्काएको आरोप लगाएका छन् । निर्वाचन सम्पन्न भएको २ महिना पुग्दा नपुग्दै रास्वपालाई मतदान गरेका मतदाता पछुताउने अवस्थामा पुगेको उनको भनाइ छ । प्रसाईंले भने– ‘हिजो विदेशमा रहेका दाजुभाइहरूले घरमा फेन नगरेर घण्टीमा भोट […]

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ- राष्ट्रपति पौडैल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको ज्येष्ठ नागरिक अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्। ‘ज्येष्ठ नागरिकले गरेका काम, कारबाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तरक्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक दृष्टिले काम गर्न सक्ने […]

रोल्पामा आफन्तको घर जाँदै गरेकी महिलामाथि सामुहिक बलात्कार

रोल्पा । रोल्पामा एक महिलामाथि सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–२ बलचौरका २३ वर्षीय अनिल वादी नेपाली, सोही ठाउँका २० वर्षीय सुनिल वादी र सल्यानको कालिमाटी गाउँपालिका–५ हात्तिदमारका ४४ वर्षीय धिरज भनिने धनबहादुर कामी रहेको रोल्पाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए। पक्राउ परेका तीनै […]

छुट्टाछुट्टै दुर्घटनामा परी सल्यान र सुनसरीमा २ जनाको मृत्यु

काठमाडौँ । छुट्टाछुट्टै दुर्घटनामा परी सल्यान र सुनसरीमा २ जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका-१० भाटबिटेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बिहान भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामग्री लिएर श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे१त २०९० नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर […]