काठमाडौँ । कैलालीमा बिहीबार बिहान नेपाली सेनाको सैन्य तालिमका क्रममा हाते ग्रिनेड विष्फोट हुँदा दुई जना सैनिक घाइते भएका छन्। सैन्य तालिमका क्रममा ग्रिनेट विष्फोट हुँदा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय जवान रञ्जित थारू घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। घाइते दुबै जनालाई थप उपचारका लागि नेपाली सेनाको […]
मुख्य समाचार
सुस्तामा डुबानको जोखिम बढेपछि दिनरात खटिएर अस्थायी बाँध बनाउदै स्थानीय
बुटवल । नारायणी नदीमा पानीको सतह बढेर गाउँ पस्ने खतरा उच्च भएपछि पश्चिम नवलपरासीको सुस्ताका स्थानीय बासिन्दाहरू रोकथामका लागि स्वस्फूर्त रूपमा जुटेका छन्। बस्ती जोगाउन उनीहरूले हिजोदेखि बोरामा माटो र बालुवा भरेर, नाइलनको डोरीले बाँध्दै अस्थायी तटबन्ध बनाइरहेका हुन्। केही दिन पहिले स्थानीयले निर्माण गरेको यस्तै अस्थायी बाँध भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काएको […]
प्रतिनिधि सभाको भदौ १५ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक, १० दिन बैठक बस्ने
काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको आगामी एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ। सचिवालयले सार्वजनिक गरेको साउन १५ देखि भदौ १५ गतेसम्मको कार्यतालिका अनुसार यस अवधिमा प्रतिनिधि सभाको बैठक कुल १० दिन बस्नेछ। कार्यतालिका अनुसार साउन महिनामा अब ४ दिन र भदौको पहिलो १५ दिनमा ६ दिन गरी जम्मा १० दिन संसद् बैठकका लागि […]
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशको थोरै […]
चीनको चासोपछि सरकारले रद्द गर्यो आईएटीए सम्मेलन
काठमाडौं । सरकारको निर्देशनमा भदौ पहिलो साताका लागि निर्धारित इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएटीए) सम्मेलन रद्द भएको छ । सरकारको आग्रहमा सम्मेलन स्थगित भएको स्थानीय आयोजक मध्येका एक काठमाडौं विश्वविद्यालय अन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) निर्देशक डा. सागरराज शर्माले जानकारी दिए । काठमाडौंमा हुने भनिएको आईएएफटीएको १७ औं सम्मेलनको आयोजना हिकास र […]
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्ताव अनुसार तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरिएको छ। यसैगरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौँका याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल इन्टरमोडल यातायात विकास […]
बालेन सरकार असफलतातर्फ अघि बढ्यो : विप्लव
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लवले सरकार गठनको छोटो समयमा नै जनता निराश बन्न थालेको र सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरे । उनले विद्रोहको भावनाबाट बनेको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप […]
निम्स दाइसहितको शव सङ्कलन, बेसक्याम्पमा ल्याइयो
काठमाडौँ । पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परेका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित चार जना आरोहीको शव सङ्कलन गरी बेस क्याम्पमा ल्याइएको छ । निम्स दाइका व्यावसायिक साझेदार एवं प्रतिनिधि सभा सदस्य मिङ्मा डेभिड शेर्पाले पाकिस्तानबाट यसको पुष्टि गरेका हुन् । उनका अनुसार निम्स पुर्जासँगै जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शवलाई अत्यन्तै […]
न्यायाधीशहरूलाई महाअभियोगको धम्की दिइयो भन्ने ३ अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न निर्देशन
काठमाडौँ । सरकारले सर्वोच्च अदालतका तीन जना वरिष्ठ न्यायाधीशलाई राजीनामा दिन दबाब दिएको र महाअभियोगको समेत धम्की दिएको भन्दै सार्वजनिक वक्तव्य जारी गर्ने तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थालाई स्पष्टीकरण सोध्न प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले निर्देशन दिएको छ। एम्नेस्टी इन्टरनेसनल नेपाल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे) ले यही साउन ८ गते […]
मकवानपुरमा तरकारी बोकेको ट्रक खस्यो खोलामा, एक जनाको मृत्यु
हेटौडा । मकवानपुरमा तरकारी बोकेको ट्रक खोलामा खसेको छ। भिमफेँदी गाउँपालिका-२ तिलटारस्थित त्रिभुवन राजमार्गमा वीरगन्जबाट तरकारी लिएर जाँदै गरेको मधेस प्रदेश ०३-००२ ख ५०९५ नम्बरको ट्रक बुधबार बिहान २:३० बजे चिप्लिएर खोलामा खसेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाक्लो हुस्सु र ओरालो बाटोका कारण ट्रक चिप्लिएर एक सय मिटर तलको चण्डी खोलामा खसेको हो। […]











