बाघको आक्रमणबाट कपिलवस्तुमा दुई गम्भीर घाइते

बाघको आक्रमणबाट कपिलवस्तुमा दुई जना गम्भीर घाइते भएका छन् । बाख्रा चराउन जंगलमा गएका जिल्लाको विजयनगर गाउँपालिका-१, नेवलागञ्जका दुई पुरुष घाइते भएका हुन् । घाइते हुनेमा नेवलागञ्ज बस्ने ५५ वर्षे बर्मन रोका र सोही ठाउँका ५० वर्षीय दिलेराम थारु रहेका छन् । अपराह्न साढे ३ बजेतिर जंगलमा बाख्रा हेर्न गएका उनीहरुलाई बाघले आक्रमण गरेको इलाका […]

शिवराजका बजार अनुगमन: म्याद नाघेका अखाद्य सामग्री बरामद

कपिलवस्तुको शिवराज नगरपालिका बजार अनुगमन समितिले वर्तमान विपद्को अवस्थामा उपभोक्ता हितलाई ध्यानमा राखी बजार अनुगमन गरेको छ । नगरभित्रका केही खाद्य तथा किराना र औषधी पसलहरुले वास्तविक मूल्यभन्दा वढी मूल्यमा सामान बेचेको जनगुनासो बढेपछि समितिद्वारा बजार अनुगमन गरिएको हो । शिवराज नगर उपप्रमुख शिवकुमारी थारुको संयोजकत्वमा गठित अनुगमन समितिमा इलाका प्रशासन कार्यालय, व्यापार संघ कपिलवस्तु, […]

दाना नपाएर कुखुरालाई घाँस हाल्दै किसान, यसरी बन्छ कुखुराका लागि घाँसको दाना

कैलाली । कैलालीको टीकापुर नगरपालिका–३ का कुखुरा व्यवसायी ठाकुरप्रसाद चौधरीले कुखुराको दानाका लागि घाँस तयार पार्दै थिए । सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण दाना उपलब्ध नहुँदा करिब एक हप्तादेखि चौधरीले फार्ममा रहेका करिब ५०० कुखुरालाई घाँसको दाना बनाएर खुवाउँदै आएका छन् चौधरी मात्र होइन, यहाँका अन्य कुखुरा व्यवसायीले पनि उनकै सिको गर्न थालेका छन्। […]

भारतीय मिडियाहरुको नेपालबारे अर्काे अफवाह

भारतीय मिडियाहरुले नेपालबाट भारतमा कोरोना भाइरस फैलाउने षड्यन्त्र भैरहेको अफवाह फैलाइरहेका छन् । नेपालको पर्सा बाट यस्तो प्रयास भैरहेको उनीहरुको आरोप छ । समाचारमा पर्साका एक मेयर जालिम मुखियाको संरक्षकत्वमा १ दर्जन बढी पाकिस्तानी मुसलमानहरुले यस्तो योजना बनाइरहेको बताइएको छ । समाचारमा भनिएका व्यक्ति जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ हुन् । उनी सत्तारुढ दल नेपाल […]

कोरोनाबाट मृत्यु हुने संख्या लाख नजिक, न्यूयोर्कमा मात्रै सात हजार बढीको मृत्यु

काठमाडौं, २८ चैत । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या ९५ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५ हजार पाँच सय ६ पुगेको हो । भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै सबैभन्दा धेरै […]

घर बहाल मात्र आयस्रोत हुने काठमाडौका घरधनी के गर्ने त ? : उपप्रमुख खड्गी

  काठमाडौं, २८ चैत ।  काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौमा घर भएका तर घर बहाल मात्र आय श्रोतले जीवन धानेका परिवार समस्यामा परेको बताउनु भएकाे छ । महानगरपालिकाको बुधवार बसेको ४४ औं कार्यपालिका बैठकमा उपप्रमुख खड्गीले भन्नुभयो – ‘घर बहाल उठाएर जीवन चलाउनेहरु पनि समस्यामा पर्न थालेका छन । घर भाडामा बस्नेले घर […]

कोरोनाले नेपालमा भयानक भोकमरी आउने भन्दै कृषिमन्त्री घनश्याम भुषालले नै लेखे यस्तो पत्र

काठमाडौं, २८ चैत । नेकपाका युवा नेता तथा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण नेपालमा भयानक भोकमरीको अवस्था आउन सक्ने खतरा औँल्याएका छन् । स्थानीय सरकारहरुलाई पत्र लेखी उनले कतिपय मुलुकले कृषि उत्पादनको निकासीमा बन्देज लगाउन थालिसकेको र अन्तर्राष्ट्रिय बजारमा बढ्ने खाद्यान्नको मूल्य थेग्न कठिन हुने बताएका छन् । यस्ताे अवस्थामा […]

खुल्यो नेपाल चीन तातोपानी नाका

      सिन्धुपाल्चोक । काठमाडौँ बात निकै छोटो दुरीमा रहेको चीन संगको प्रमुख नाका खुल्ला भएको छ । सरकारले कोरोना महामारीलाइ ध्यानमा राखेर संक्रमण भित्रने सक्ने भएपछी गएको माघ १३ मा बन्द गरिएको थियो । चीनमा कोरोनाको प्रकोप नियन्त्रणमा आएसँगै चीनसँगको नाका नेपालले पुनः सञ्चालनमा ल्याइएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमको स्वास्थ्य साबधानी […]

लक डाउनको समय बैशाख ३ सम्म बिस्तार

सरकारले ‘लकडाउन’को समय बढाउने निर्णय लिएको छ । लक डाउनको समय बैशाख ३ सम्म बढाउने निर्णय भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रीपरिषदको बैठकले लकडाउनको समय बैशाख ३ सम्मलाई थप्ने निर्णय लिएको हो । सरकारले यही चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले एक साताको लकडाउन आदेश गरेको थियो भने १८ […]

जेलबाट प्रधानमन्त्री ओलीलाई मर्मस्पर्सी खुला पत्र

श्री सम्माननीय प्रधान मन्त्री खडकप्रसाद शर्मा ओली ज्यू, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौ, नेपाल विषय : ध्यानाकार्षण सम्बन्धमा । महोदय, हाम्रै देशको उत्तरतिर हिमाल पारीपट्टीको छिमेकी देश चीनको बुहानबाट फैलिएको नोवेल कोरोना भाईरस (COVID-19) ले हाम्रो युगको मानव समाजलाई विश्वव्यापीरुपमा काल बनेर फैलिएको छ । हालसम्म विश्वको २०३ भन्दा बढी देशमा महामारी देखिएको छ भने ६० […]