कोरोनामा सरकारको निर्णयः जनतामाथि गम्भीर घात

काठमाडौं । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने घोषणा गरेर निर्वाचित भएको वर्तमान सरकारले पछिल्लो समय आफ्नो सो घोषणालाई चुनौती दिने गरी कोरोना भाइरस परिक्षण गर्न गरिने पीसीआर र त्यसबाट पत्ता लाग्ने संक्रमितहरुको उपचार सरकारले निःशुल्क नगर्ने निर्णय गरेको छ । यो त एउटा सानो उदाहरण हो । यो सरकार बनेदेखि यता करिव पछिल्ला तीन वर्षमा […]

कोरोनाका कारण लोकसेवाले गर्यो सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । लोक सेवा आयोगले आगामी कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने तयारी गरेकाे परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। आयोगले आज सूचना प्रकाशित गरी कोरोना भाइरसको महामारीका कारण जनाउँदै परीक्षा स्थगित गरिएकाे जानकारी दिएकाे हाे। आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूमा सिर्जना भएको एवं आयोगका कर्मचारीहरूसमेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू […]

देशभर ३७९० संक्रमित भेटिदा, काठमाडौं उपत्यकामा थपिए २३८८ जना कोरोना संक्रमित

काठमाडौं, ३ कार्तिक । सोमवार नेपालमा थप ३७९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा पछिल्लो २४ घन्टामा १५७१४ नमूना परीक्षण गर्दा १३७६ महिला र २४१४ पुरुष गरी ३७९० जना संक्रमित भेटिएको जानकारी दिएको हो । मन्त्रालयले काठमाडौं उपत्यकामा संक्रमणको दर अझै बढिरहेको जनाएको छ । सोमवार काठमाडौं उपत्यकाका […]

देशभर ३१६७ संक्रमित थपिदा काठमाडौंमा १७४६ जनामा कोरोना संक्रमण

काठमाडौं, १ कार्तिक । शनिवार नेपालमा ३१६७ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले देशभरका प्रयोगशालामा १५४३८ नमुना परीक्षण गर्दा पछिल्लो २४ घन्टामा ११६० महिला र २००७ पुरुष गरी ३१६७ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । संक्रमित मध्ये सबैभन्दा बढी ५० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाकै छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी […]

उपत्यकामा शुक्रबार भेटिए २४०२ जना संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप २ हजार ४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १७८४,ललितपुरका ३७४ तथा भक्तपुरका २४४ जनामा संक्रमण पुष्टि भएको हो। शुक्रबार देशभर ४ हजार ३९२ जना कोरोना संक्रमण पुष्टि भएको छ।

नेपाली शेर्पाको टोलीले गर्यो बरुन्त्से हिमालको सफल आरोहण

काठमाडौं, ३० असोज । नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ । पर्यटन बिभागकी निर्देशक मिरा आचार्यका अनुसार आरोहणको जारी सिजनमा दावा स्टेभन शेर्पा नेतृत्वमा ७ जनाले बिहीबार बरुन्त्से हिमाल आरोहण गरेका हुन् । खुम्बु क्षेत्रमा पर्ने बरुन्त्से हिमाल ७ हजार १ सय २९ मिटर अग्लो छ । सो हिमाल आरोहण गर्न ३६ वर्षीय […]

दीर्घरोग नरहेका ४९ वर्षे कोरोना संक्रमितको धरानमा मृत्यु

विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशीष श्रेष्ठका अनुसार बुधबार बेलुका ७ बजे दांग्पा १ तेह्रथुमका ४९ वर्षीय पुरुषको आकश्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको हो। निमोनिया देखिएसँगै धनकुटा अस्पतालबाट अशोज २५ गते प्रतिष्ठानको आकश्मिक कक्षमा भर्ना गरिएको उनले जानकारी दिए। अशोज २६ […]

बुधवार कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु

काठमाडौं, २८ असोज । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । काठमाडौंका ५, मोरङका ३ तथा ललितपुर, भक्तपुर काभ्रे, सुनसरी, स्याङ्जा, नवलपरासी र नवलपुरका एकएक जनाको मृत्यु पुष्टि भएको छ । सामखुसी, काठमाडौंका ७६ वर्षीय पुरषको मंगलबार ग्राण्डी अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १७ […]

ओलीले थपे एकलौटी आफ्ना गुटका तीन मन्त्री, प्रमले सुइको पनि नदिएर मनपरि गरेको भन्दै पार्टीमा आपत्ती

काठमाडौं, २८ असोज । प्रधानन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । प्रम ओलीले आफ्नो अधिकार प्रयोग गरेर खाली रहेका तीन वटा मन्त्रालयमा तीन जना मन्त्री थप्नुका साथै केही मन्त्रीहरुको जिम्मेवारी पनि हेरफेर गरेका छन् । डा. युवराज खतिवडाको वहिर्गमनपछि खाली रहेको अर्थमन्त्रालयको जिम्मेवारी आफ्ना निकट रहेका पार्टी महासचिव बिष्णु पौडेललाई दिएका छन् । […]

बुधवार थपिए २६३८ संक्रमित, उपत्यकामा मात्र १४०३ जना भाइरसका संक्रमित

काठमाडौं, २८ असोज । पछिल्लो २४ घण्टामा थप २६३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १३९२७ जनाको नमूना परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै यसअघि झै काठमाडौं उपत्यकामै देखिएका छन् । काठमाडौं उपत्यकामा मात्र बुधवार १४०३ जना संक्रमित भेटिएका […]