अाेली सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने तयारीमा राजपा

काठमाडौं, ३ साउन । राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । सो पार्टीको बुधबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थनको आधार भत्किँदै गएको निष्कर्ष निकाल्दै फिर्ता लिने विषयमा विचार गर्न सक्ने संकेत गरेको हो । सरकारलाई दिइएको समर्थनको आधार भत्कँदै गएको निष्कर्ष निकालिएको पार्टीका नेता राजकिशोर यादवले […]

भोलि देशभरका अस्पतालमा सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको संघको ठहर छ । सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा। केसीलाई जबरजस्ती जुम्लाबाट काठमाण्डु ल्याउने परिस्थितिमात्र सजना गर्न वार्तामा बसेको हो कि भन्ने […]

इतिहासमै सबैभन्दा बढी रकम एकैदिन वितरण, सोमवार मात्र ३३ अर्ब भुक्तानी

काठमाडाैं, १ साउन । वर्षको अन्त्यमा अन्धाधुन्ध खर्च गरेर विनियोजित बजेट रित्याउने सरकारी कार्यालयहरुको पुरानो शैलीले यस वर्ष पनि निरन्तरता पाएको छ। चालु वर्षको अन्तिम दिन असार ३१ (३२ गते चेक काट्न रोक) गते मात्र देशभरका सरकारी कार्यालयले ३३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। यसमध्ये पुँजीगत खर्च २७ अर्ब ६२ करोड र चालु खर्च […]

गोरे सुन तस्करी प्रकरणका मुख्य योजनाकार : छानविन समिति

काठमाडौं, ३२ असार । सुन तस्करी र मोरङ उल्र्लाबारीका सनम शाक्यको हत्या प्रकरणका मुख्य योजनाकार गोरे भनिने चुडामणी उप्रेती नै रहेको निष्कर्ष सरकारले गठन गरेको विशेष छानविन समितिले निकालेको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले जुटेका प्रमाणका आधारमा थाई एयरलाइन्सका कर्मचारी सानु वनको दुर्घटना र नेपाल वायुसेवा निगमका कर्मचारी प्रेमनारायण चौधरीले प्रहरी […]

२० वर्षपछि फ्रान्सले उचाल्यो विश्वकपको उपाधी

काठमाडाैं । रुसमा सम्पन्न भएकाे विश्वकप २०१८ काे उपाधी फ्रान्सले हात पारेकाे छ । साेमवार राती भएकाे खेलमा क्राेसियालार्इ ४-२ गाेलले पराजित गर्दै फ्रान्सले उपाधी हात पारेकाे हाे । विश्वकपकाे २१ औं सस्करणको फाइनलमा जित हात पारेसँगै फ्रान्स २० वर्षपछि पुन: विश्वविजेता बनेकाे हाे । यसअघि फ्रान्स सन् १९९८ मा पनि विश्वविजेता बनेकाे थियाे । […]

अन्ततः बीमा समितिका अध्यक्षको पद धरापमा, के हो कारण ?

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंको पद धरापमा परेको छ । संघीय संसद सचिवालयमा नयाँ बीमा ऐन विधयेक दर्ता भएसँगै अध्यक्ष चापागाँईको पद धरापमा परेको हो । संसद सचिवालयमा गत बिहीबार दर्ता भएको विधयेकमा बीमा समितिको नाम परिवर्तन गरी बीमा प्राधिकरण राखिने र हाल रहेको सञ्चालक समिति विघटन गरी नयाँ सञ्चालक समिति गठन गर्ने […]

राजधानीमा नक्कली स्मार्ट लाइसेन्स छ्याप्छ्याप्ती, प्रहरीलार्इ सक्कली र नक्कली छुट्याउनै मुस्किल

काठमाडौं, ३१ असार । नक्कली सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नियन्त्रण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ नै नक्कली बन्ने गरेको भेटिएको छ । नक्कली ‘स्मार्ट लाइसेन्स’ प्रयोग गरी सवारीसाधन चलाउँदै आएका केही अभियुक्त पक्राउ परेपछि घटना पुष्टि भएको हो । नुवाकोटका मनोज गुरुङ र कालिकोटका चक्र नेपाली नक्कली स्मार्ट लाइसेन्ससहित पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी […]

विमानस्थलबाटै पूर्वप्रधानमन्त्री पक्राउ, भ्रष्टाचारको मुद्दामा १० वर्षका लागि सिधै जेल लगियो

काठमाडौं, ३० असार । भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन् । बेलायतबाट अबुधाबी हुँदै शुक्रबार राति स्वदेश फर्किएका शरिफसँगै उनकी छोरी मरियमलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको हो । भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा ६ जुलाईमा भएको फैसलामा शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । तर फैसला […]

हृदयाघातका कारण पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन

 काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएको छ । बिहीबार गृहजिल्ला रौतहट गएको बेला हृदयाघात भएका आलमको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ निधन भएको हो । त्यसलगत्तै उनलाई उपचार गर्न बाँसबारीस्थित गंगालाल अस्पताल पुर्याइएको थियो । ५३ वर्षीय आलमको पार्थिव शरीरलाई शनिबार विहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका […]

भक्तपुरमा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु

भक्तपुर, २८ असार । पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा पर्ने मझुवामा पहिरोले कच्ची घर पुरिँदा सुतिरहेका ७० वर्षीया हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया सानुमाया र साढे दुई वर्षकी नातिनी सम्पदालाई पहिरोले पुरेको भक्तपुरका प्रमुख अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । ज्यान गुमाउने लामाका छोरा […]