काठमाडौँ, १४ साउन । विस २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा बानेश्वरस्थित हरिसिद्धी आयल स्टोरले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर ठग्यो । विसं २०७४ माघ २९ मा जोरपाटीमा रहेको वृज सिमेन्टको ॐ पशुपति डिपोले कम […]
मुख्य विशेष
सडक विभागका इन्जिनिर ३६ लाख घुस र श्रीमतीसँगै पक्राउ
रुपन्देही, १२ साउन । सडक डिभिजन कार्यालय रुपन्देहीका प्रमुख (डिभिजन इन्जिनियर) सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई भैरहवाबाट पक्राउ गरेको हो। सडक निर्माणको बिल भुक्तानीका लागि ठाकुरले ठेकदारसँग मोटो रकम असुलेका हुन्। यस्तै, घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा ठाकुरकी श्रीमती पनि बाटैबाट पक्राउ परेकी […]
नेकपाका पोलिटब्यूरो सदस्य कार्की र धमलालाई पक्राउ गरी वेपत्ता पारियो
काठमाडौं, १२ साउन । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका दुई जना पोलिटब्यूरो सदस्यलाई अपहरणको शैलीमा गिरफ्तार गरी वेपत्ता बनाएको छ । नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्त र कृष्ण धमला गम्भीरलाई प्रहरीले बिहीबार काठमाडौंको थानकोट नागढुंगाबाट गिरफ्तार गरेको हो । सार्वजनिक बसमा चढेर काठमाडौं आउँदै गरेका कार्की र धमलालाई प्रहरीले नागढुंगामा बसबाट झारेर लगेको थियो । […]
कुरिनटारमा बस दुर्घटनामा परी ७ जनाको मृत्यु, २५ घाइते, त्रिशुली नदीकिनारमा खस्यो बस
चितवन, ११ साउन । पृथ्वीराजमार्गकाे कुरिनटार नजिक यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएकाे छ भने २५ जना घाइते भएका छन् । काठमाडाैंबाट पाेखरातर्फ जाँदै गरेकाे बस कुरिनटारकाे चुम्लिङटारमा पुगेपछि एक ट्रकसँग ठक्कर खाएर त्रिशुली नदी किनारमा खसेर दुर्घटनामा परेकाे हाे । दुर्घटनामा ना ६ ख २५०६ नम्बरको बस परेकाे प्रहरीले जनाएकाे छ । […]
भरतपुरकी मेयर रेणु दाहालले अटो चालकसँग गरिन यस्तो पाँचबुँदे सहमति
काठमाडौं । भरतपुरमा आन्दोलनरत अटो तथा रिक्सा चालक र महानगरपालिकाबीच पाँचबुँदे सहमति भएको छ । महानगरले राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा चलाउन रोक लगाएपछि चालक मजदुरहरु आन्दोलनमा उत्रिएका थिए ।आन्दोलनरत अटो तथा रिक्सा चालक र भरतपुर महानगरपालिकाबीच पाँचबुँदे सहमति भएको छ । भरतपुर क्षेत्रमा भएको प्रदर्शनका क्रममा बुधबार प्रहरीसँग झडप समेत भएको थियो । […]
डा. केसी र सरकारबीचको वार्तामा विवेकशील र कांग्रेसको भाँजो ! दुबै पक्षबीच आरोप प्रत्यारोप
काठमाडाैं । सरकारी वार्ता टाेली र अनसनरत डा. गाेविन्द केसीका तर्फबाट गठित वार्ताटाेलीबीचकाे वार्ता विना निष्कर्ष टुङ्गिएकाे छ । बुधवार सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएकाे वार्ता भएकाे थियाे । वार्ता निष्कर्षमा नपुग्नुमा दुबै टाेलीले एक अर्कामाथि अाराेप लगाएका छन् । डा. केसी पक्षका वार्ता टाेलीले सरकार वार्तामा गम्भीर हुँदै नभएकाे अाराेप लगाएकाे छ भने सरकारी वार्ता […]
सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि खोसियो कानुनमन्त्री तामाङको मन्त्रीपद
काठमाडौं, ८ साउन । कानुनमन्त्री शेरबहादुर तामाङकाे मन्त्रीपद खाेसिएकाे छ । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका कारण विवादमा अाएपछि तामाङकाे पद नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सोमबार बसेको बैठकमा तामाङलाई राजीनामा दिन निर्देशन दिने निर्णय गरेको थियाे । प्रधानमन्त्री केपी शर्मा अाेलीले नै तामाङलार्इ पदबाट राजिनामा दिन जानकारी गराएकाे बताइएकाे छ । प्रम अाेलीले […]
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी अझै रोकिएन
काठमाडौं, ७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै पनि सुन तस्करी हुने गरेको पाइएको छ । सरकारले केही समयअघि विमानस्थलबाट सुन तस्करीको जालो तोडिएको दाबी गरेको थियो । पछिल्लो समय तस्करीले झन् परिष्कृत रूप लिन थालेको देखिएको छ । आइतबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाई ल्याएको दुई केजी ६७० ग्राम सुन बरामद गरेपछि अझै सुन तस्करीको क्रम […]
गोविन्द केसीको मुटुमा देखियो यस्तो गम्भिर समस्या
काठमाडौं । अनशनरत डा. गोविन्द केसीसँग सरकारले वार्ता गर्ने बताए पनि अघि बढ्न सकेको छैन । केसीलाई अनशनकै अवस्थामा सरकारले बिहीबार जुम्लाबाट जबर्जस्ती काठमाण्डु ल्याएको थियो । केसीको स्वास्थ्य अवस्था एकपछि अर्को बिग्रँदै गइरहेका बेला वार्ताको ठोस प्रयास भने हुन सकिरहेको छैन । दुवै पक्षले एक–अर्काका कारण संवाद अघि नबढेको आरोप लगाएका छन् । सरकारसँग […]
आखिर को थिए जिउँदो मान्छेलाई मरेको भन्दै माइकिङ गर्ने प्रहरी प्रमुख ?
काठमाडौं । विहीबार जुम्लामा डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका समर्थकलाई तितरबितर पार्न प्रहरीले नै जिउँदो मान्छेलाई मरेको भन्दै झूठको खेती गर्नसम्म भ्यायो । गोविन्द केसीलाई काठमाडौँ पठाउन उत्रिएका सुरक्षाकर्मी र डा केसीका समर्थक विद्यार्थीबीच झडपका क्रममा कम्तिमा पनि २ दर्जन घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते थिए एक जना प्रहरी जवान […]










