काठमाडौंको रातोपुलमा प्रहरीले दिउँसै लिम्बुलार्इ गोली दाग्दै लखेटेर यसरी समात्यो

काठमाडौं, २१ मंसिर । विभिन्न ठाउँमा लुटपाट गरी भाग्दै अाएका राजन लिम्बुलार्इ प्रहरीले काठमाडाैंकाे राताेपुलबाट गिरफ्तार गरेकाे छ । लिम्बुलाई पक्राउ गर्ने क्रममा प्रहरीले रातो पुलमा गोली समेत चलाएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले लिम्बुलार्इ गोली प्रहार गरेर पक्राउ गरेर पक्राउ गरेको हो । खुट्टामा गोली लागेका लिम्बुकाे वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार […]

निर्मलाका हत्यारा नजिक प्रहरी, आयो सामूहिक बलात्कारपछि हत्या भएको नयाँ तथ्य

काठमाडाैं, २१ मंसिर । लामाे समयदेखि निकै चर्चामा रहेकाे निर्मला पन्तकाे हत्यारा नजिक पुगेकाे प्रहरीले दावी गरेकाे छ । अनुसन्धानकाे पछिल्लाे रिपाेर्ट अनुसार निर्मलाकाे सामूहिक बलात्कार भएकाे प्रहरी दावी छ । यसै क्रममा प्रहरीले निर्मलाकाे सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा चार जना युवालाई पक्राउ गरेकाे छ । त्यसमध्ये १ जना काठमाडाैंमै पक्राउ परेका थिए भने […]

नेपालबाट मधेश अलग गराउने आन्दोलन गर्ने सीके राउत पूर्पक्षका लागि जेल चलान

काठमाडाैं, २० मंसिर । राज्य विरुद्धको संगठित अपराध मुद्दामा पक्राउ परेका सीके राउतलाई जेल चलान गरिएको छ । जिल्ला अदालत, रौतहटले उनलाई बिहीबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई जिल्ला कारागारमा चलान गरिएको प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरिबहादुर पालले पुष्टि गरे । यसअघि […]

निर्मलाको हत्यामा काठमाडौमा पक्राउ परेका रावल को हुन् ?

काठमाडाैं, २० मंसिर । देशभर निर्मला पन्तकाे हत्यारालार्इ कारवाहीकाे माग गर्दै प्रदर्शन चलिरहेका बेला बुधबार प्रहरीले काठमाडाैंबाट एक युवकलार्इ पक्राउ गरेकाे खबरले सनसनी फैलायाे । समातिएका युवक काे थिए भन्ने प्रहरीले अहिले पनि केही खुलाएकाे छैन ।  विभिन्न स्राेतबाट खाेज्दा ती युवक कञ्चनपुर भीमदत्त नगरपालिका–१८ भगतपुर निवासी २२ वर्षीय प्रदिप रावल रहेकाे थाहा हुन अाएकाे छ […]

अख्तियारले समात्यो २८ जनालार्इ घुस लिँदालिँदै रंगेहात पक्राउ

सुर्खेत, २० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले अहिले ५ सय ३ वटा उजुरीको अनुसन्धान गरिरहेको बताएको छ । चालू आर्थिक वर्षको ४ महिनामा परेका ३ सय २३ वटा र गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ८० उजुरीमाथी आयोगले अनुसन्धान गरिरहेको छ । आयोगमा परेका उजुरी मध्ये सवैभन्दा सुर्खेत र कम […]

हुलाकी राजमार्ग निर्माणमा चरम लापरवाही

भीमदत्तनगर, १९ मङ्सिर । कैलाली–कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भइरहेको छ । राजमार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनीको लापरवाहीका कारण तोकिएको समयमा निर्माण पूरा नहुने देखिएको छ । निर्माण कम्पनीले काम सक्नुपर्ने समयसीमा नजीक पुगिसक्दा ५० प्रतिशत काम पनि सकिएको छैन । हुलाकी राजमार्ग योजना कार्यालय कैलालीले निर्माण कम्पनीको लापरवाहीका साथै कतिपय स्थानमा मुआब्जा तथा […]

कुलमानले प्राधिकरणमा ल्याए नयाँ प्रविधि, अब घरघरमा नगएरै मिटर रिडिङ

काठमाडौँ, १८ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमा नै नगई प्रविधिको प्रयोग गरेर मिटर रिडिङ गर्न स्क्ने प्रविधि भित्र्याएको छ । प्राधिकरणले सो प्रविधिलाई एडभान्स मिटरिङ इन्फास्टक्चर (एएमआई) नाम दिएको छ । विद्युत्का ग्राहकको घरमा रहेको मिटरमा एक प्रकारको मोडियन जडान गरेपछि प्राधिकरणको कार्यालयबाटै कुन ग्राहकले कति विद्युत् प्रयोग गरे र त्यसवापत […]

मिस वर्ल्डमा श्रृङ्खलाले जितिन एकैसाथ दुर्इ अवार्ड

काठमाडाैं, १७ मंसिर । चीनकाे सान्यामा भइरहेकाे मिस वर्ल्डकाे अन्तिम ३० का लागि भएकाे प्रतिस्पर्धामा नेपालकी श्रृङ्खला खतिवडाले २ वटा महत्वपूर्ण सफलता हात पारेकी छन् । श्रृङ्खलाले मिस वर्ल्डको मल्टिमिडियासँगै ब्युटी विथ द पर्पस अवार्ड पनि जितेकी छिन्। यससँगै उनी दुर्इ वटा अवार्ड जितेर अन्तिम ३० मा पर्न सफल भएकी छन् । महत्पूर्ण दुर्इवटा अवार्ड […]

दाङमा गार्इ गोरुका तस्कर बढे, स्थानीयले तस्करका ६ वटा मोटरसाइल जलाइदिए

दाङ । दाङमा पछिल्लाे समय गार्इ र गाेरुका तस्कर अत्यधिक बढेका छन् । यसैक्रममा दाङकाे भैसहवामा स्थानीयले गाेरु तस्करका माेटरसाइकल जलाइदिएका छन् । दाङको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवामा ती माेटरसाइकल जलाइएका हुन् । गाेरु तस्करीमा प्रयाेग गरिएका ६ वटा मोटरसाइकलमा आगजनी भएको स्थानीयले जानकारी दिएका छन । गाउँमा अपरिचित व्यक्तिहरु पसेपछि विवाद बढेको […]

वाइडबडी घोटाला प्रकरण छानविन अघि नबढे नागरिक आयोग गठन गर्ने चेतावनी

काठमाडाैं, १६ मंसिर । ‘नेपालका लागि नेपाली’ अभियानले भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यलगायत १५१ बुँदे माग अघि सार्दै एक हप्ताभित्र वाइडबडी जहाज खरिद काण्डबारेमा प्रभावकारी छानबिन आयोग नबनाए नागरिक आयोग गठन गर्ने चेतावनी दिएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा उक्त अभियानले पत्रकार सम्मेलन गरेर सरकारलाई यस्तो चेतावनी दिएको हो । अभियानका अभियन्ता डा.सुरेन्द्र भण्डारीले […]