काठमाडौ, १३ जेठ । काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से भवनको दोस्रो तलामा प्रेसर कुकर बम फेला परेको छ । बम देखिएको सूचना प्राप्त भएकसँगै प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुशन्धान गर्दैछ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले उक्त बम अाइतबार साँझ नै राखेकाे सीसीटिभी फुटेजबाट हेर्दा देखिएकाे बताए । अाइतबार साँझ उक्त […]
मुख्य विशेष
बाहिर श्रृङ्खलाबद्ध वम विष्फोट भइरहँदा, गृहमन्त्रालयमा भयो हातपात
काठमाडौं, १३ जेठ । राजधानीसहित देशभरि शृंखलाबद्ध बम विस्फोट भइरहेका बेला गृहमन्त्रालयभित्रै कुटपिट काण्ड घटेको छ । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधामा असहमति राख्दै आइतबार एक समूहले गृह मन्त्रालयभित्रै कर्मचारीमाथि हातपात गरेको बताईएको छ । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा टुंग्याउन गृह मन्त्रालयका सहसचिव ईन्दु […]
नेपाली सेनाका एक उच्च पदस्थ कमान्डर कारागार चलान
काठमाडौं, ११ जेठ । नेपाली सेनाका एक प्रमुख सेनानी भ्रष्टाचार मुद्दामा बर्खास्तीमा परेर सिधै जेल चलान गरिएका छन् । उदयपुरकाे कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्कीले उक्त गणमा ठूलाे रकम अनियमितता गरेकाे मुद्दा परेपछि बर्खास्तीमा परेका हुन् । नेपाली सेनाकाे जनरल समरी सैनिक अदालतले प्रमुख सेनानी कार्कीका विरुद्धमा परेकाे मुद्दामा उनलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त […]
फेरि करोडौं नक्कली भारुसहित युनुस अन्सारी पक्राउ
काठमाडौं १० जेठ । व्यापारी युनुस अन्सारी फेरि पक्राउ परेका छन । अन्सारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले करोडौं नक्कली भारुसहित पक्राउ गरेको हाे। पाकिस्तान हुँदै चार वटा सुटकेशलमा ल्याएको नक्कली भारु विमानस्थल प्रहरीले बरामद गरेको हो। पाकिस्तानबाट दोहा हुँदै कतार एयरवेजबाट सो नक्कली भारु काठमाडौं आएको विमानस्थल प्रहरीका एसपी कृष्ण कोइरालाले जनाए। ‘भन्सार जाँच गर्ने […]
गाउँपालिका उपाध्यक्षले प्रशासकीय अधिकृत कुटपिट गर्दै लुगाहरु नै च्यातिन
नुवाकोट । नुवाकोटको एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आफ्नै उपाध्यक्षबाट कुटिएका छन् । तार्केश्वर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाल गाउँपालिका उपाध्यक्ष तारादेवी रिमालबाट कुटिएका हुन् । उनले आफूले भनेका योजनाको लागि कार्यकारी अधिकृतले बजेट नदिएको भन्दै कार्यकक्षमै हातपात गरेको थाहा भएको छ । उपाध्यक्ष रिमालले आफूले भनेको ठाउँका योजनाको लागि बजेट दिन नमानेको भन्दै […]
सरकारले गोली हानेर कार्यकर्ता हत्या गरेपछि आक्रोशित विप्लवको चेतावनीपूर्ण विज्ञप्ति
काठमाडौं । भाेजपुरमा सरकारले अाफ्ना एक कार्यकर्तालाइ गोली हानेर हत्या गरेपछि आक्रोशित भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चेतावनीपूर्ण विज्ञप्ति जारी गरेका छन् । बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै विप्लवले हत्याकाे बदला अब जनताले लिने चेतावनी समेत दिएका छन् । उनले हत्याका विरुद्ध जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु पनि घोषणा […]
नेमकिपाका आलोचक दिवाकरद्वारा भक्तपुर नगर प्रमुख प्रजापतिको प्रशंशा
भक्तपुर, १८ जेष्ठ । नेपाल मजदुर किसान पार्टीको कट्टर आलोचक मानिने नेकपाका नेता देवेन्द्र श्रेष्ठ दिवाकरले भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको भने प्रशंशा गरेका छन । नेमकिपाका प्रभावशाली नेता समेत रहेका प्रमुख प्रजापतिले भक्तपुरको ऐतिहासिक रानीपोखरीलाई नेपाली सेनाको कब्जाबाट छुटाउन पहल गरेपछि दिवाकरले खुलेर प्रशंशा गरेका हुन् । भक्तपुरका स्थानीय नेता दिवाकरले पहिलो संबिधान सभाको […]
प्रहरीले गोली हानेर विप्लवका कार्यकर्ताको हत्या
काठमाडौं । प्रहरीले गोली हानेर गिरफ्तार गरेका नेपाल कम्युनिष्ट पार्टी भोजपुरका कार्यकर्ता तीर्थराज घिमिरेको मध्यराति मृत्यु भएको छ । मंगलबार भाेजपुरको टेम्केमैयुङ गाउँपालिका वार्ड नं १ बाट गिरफ्तार गरिएका घिमिरेकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । घिमिरेलाइ उनकाे घरबाटै गिरफ्तार गरी हत्कडी लगाएकाे र त्यसपछि प्रहरीले गोली हानेको नेकपा भोजपुरले जनाएकाे छ । नेकपाका भाेजपुरका […]
खुकुरीले ९ जनालाई सिध्याउने घटनाका आशंकित व्यक्ति नै झुण्डिएको अवस्थामा फेला परे
फिदिम, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको घटनामा अाशंका गरिएका व्यक्ति झुण्डिएको अवस्थामा फेला परेका छन् । मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईले ती युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको जानकारी दिएकी हुन् । झुण्डिएको अवस्थामा फेला परेकाे शव मानबहादुर माखिमको भएकाे प्रहरीले पत्ता लगाएकाे छ […]
एकैरात खुकुरीले हानेर ९ जनाको विभत्स हत्या
फिदिम । पाँचथरमा भयानक घटना घटेको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी हत्या भएको हो । खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्ने क्रममा १ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले २ परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि […]










