प्रहरीबाट फरार भनिएका नेकपा सांसद पार्वत गुरुङ आफै पुगे अदालत

काठमाडौं । ज्यान मार्ने उद्योगको मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी गरेर प्रहरीले खोजि गरेका सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङ आफै अदालतमा पुगेका छन् । अदालतबाट पक्राउ गर्ने अनुमति मागेर सांसद गुरुङलाई प्रहरीले खोजि गरिरहेको जनाएको थियो । आफ्नो नाउमा पक्राउ पुर्जी जारी भएको र प्रहरीले खोजि गरेको थाहा पाएपछि सांसद गुरुङ केही दिन पर्खेर आज […]

भक्तपुरमा घरमै वेश्यावृत्ति गराउनेलाई सिधै जेल हाल्न आदेश

भक्तपुर, २ कात्तिक । महिला तथा किशोरीलाई प्रलोभनमा पारी घरमै यौनशोषण गर्ने र गराउँदै आएको अभियोगमा प्रहरीले पक्राउ गरेका तीन जनालाई जेल चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले आज जानकारी दिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मेलचोक घर भई हाल मध्यपुरथिमि–९ बोडेमा घर भाडामा बस्दै २५ वर्षीय सञ्जय भन्ने राजेश गिरी, मध्यपुरथिमि […]

स्थानीय जनप्रतिनिधिको तलव गैरकानुनी, अबदेखि तलब रोक्न सर्वोच्चको आदेश

काठमाडौं, १ कात्तिक । सर्वोच्च अदालतको संवैधानिक इजलासले स्थानीय तहका जनप्रतिनिधिलाई दिइएको तलबभत्ता असंवैधानिक रहेको ठहर गर्दै तत्काल रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका अन्य प्रदेशहरूका स्थानीय तहका जनप्रतिनिधिका लागि असंवैधानिक हिसाबले तलब बाँडिएको इजलासको ठहर थियो । संवैधानिक इजलासमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की […]

समृद्ध नेपाल निर्माणमा योगदान गर्ने एनआरएनएको प्रतिबद्धता

काठमाडौँ, १ कात्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवनिर्वाचित नेतृत्वले समृद्ध नेपाल निर्माणको अभियानमा सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएको छ । सङ्घको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनबाट आज निर्वाचित पदाधिकारी एवं सदस्यहरुले नेपालको विकासको अभियानमा प्रतिबद्ध भएर लाग्ने बताएका हुन् । सङ्घका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी […]

बालिकामाथि सामूहिक बलात्कार गर्ने सात पक्राउ

सुर्खेत, १ कात्तिक । वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली […]

स्थानीय तहले शिक्षक नियुक्त गर्न नपाउने गरी लगाइयो रोक

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गर्ने अधिकार नभएको उल्लेख गरेको छ। मन्त्रालयले सो कुरा उल्लेख गरी देशभरका स्थानीय तहलाई बुधबार पत्राचार गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझावका आधारमा मन्त्रालयले शिक्षक नियुक्त नगर्न देशभरका नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र गाउँपालिकालाई पत्राचार गरेको थियो। यस किसिमको ‘निर्देशन’ले […]

पुल्चोकमा भेटियो विरामीको मृगौला झिक्ने अस्पताल, मृगौलाको व्यापार गर्ने अस्पतालका सीइओ र प्रशासनका अधिकृत पाँच पक्राउ

काठमाडौं, २९ असोज । उपचार गर्न आएका एक व्यक्तिको मृगौला झिकेर बेच्ने अस्पताल भेटिएको छ । ललितपुरको पुल्चोकमा रहेको निदान अस्पतालले यस्तो काम गरेको भेटिएको हो । अस्पतालमा उपचारका लागि आएका एक व्यक्तिको मृगौला झिकेर अर्कै व्यक्तिलाई बेचेको खुलेपछि प्रहरीले उक्त अस्पतालका (प्रमुख कार्यकारी अधिकृत) सीइओसहित पाँच जनालाई पक्राउ गरेको छ । साथै प्रहरीले मृगौला […]

इतिहासमै सबैभन्दा बढी संख्यामा सहसचिव र उपसचिवका लागि लोकसेवाले निकाल्यो विज्ञापन

काठमाडौं, २९ असोज । लोक सेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन प्रकाशित गरेको छ । आयोगले सहसचिव र उपसचिव गरी ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो । निजामती सेवा र स्वास्थ्य सेवातर्फमा एघारौं र नवौं तहमा बुधबार विज्ञापन प्रकाशित गरेको आयोगले यसको सबै तालिका पनि सार्वजनिक गरेको छ । आयोगले निजामती […]

महरालाई एकैचोटी १३ दिन म्याद थपियो

काठमाडौं । बलात्कारको प्रयासको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । काठमाडौंका जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले यस्तो आदेश दिएको हो । यसअघि उनकै आदेशबाट प्रहरीले महरालाइ पक्राउ गरेको थियो । प्रहरीले महरालाइ असोज १९ गते बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो । […]

महरालाई प्रहरीले अस्पतालबाटै लग्यो अदालतमा, अझै थुनामै राख्नुपर्ने प्रहरीको माग

काठमाडौं, २८ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले आज अदालतमा उपस्थित गराएको छ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई प्रहरीले नर्भिक अस्पतालबाट अदालतमा हाजिर गराएको हो । पक्राउ परे पनि उनको स्वास्थ्य अवस्था बिग्रिएका कारण अस्पताल भर्ना गरिएको थियो । प्रहरीले उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धानका […]