के प्रधानमन्त्री ओली निजी विद्यालय बन्द गर्न लागेकै हुन ? निजी विद्यालय बन्द गर्न के गरिदैछ ?

काठमाडौँ । उच्च स्तरीय शिक्षा आयोगले अाफ्नाे प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ । आयोग गठन भएको ५ महिना ७ दिनमा आयोगले प्रतिवेदन सरकारलार्इ बुझाएकाे हाे । करिब ४ सय ७६ पृष्ठ लामो प्रतिवेदन बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयहरु बन्द हुने ठाेकुवा गरेका छन् । अाेलीले साे अवसरमा केही वर्षमा निजी […]

प्रहरीले कुटेर दुई स्थानीयलाई घाइते बनायो

बागलुङ, २ माघ । प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् । गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको उनकी श्रीमती कृष्णकुमारीले जानकारी दिइन् । आइतबार राति गलकोट […]

साइबेरियन आगन्तुक जलचरको संख्या आधा घट्यो

काठमाडौ, १ पुस । प्रत्येक वर्ष जाडो मौसममा साइबेरियाबाट नेपालमा आउने चराहरुमध्ये आधाले घटेका छन । एक अध्ययन अनुसार नेपालमा यसअघि आउनेभन्दा आधा संख्यामा जलचर पन्छीहरु घटेको विज्ञहरु बताउँछन । काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित ऐतिहासिक पोखरी टौदह विभिन्न किम्बदन्ती जोडिएको धार्मिक केन्द्र हाे । साथै याे आगन्तुक जलचरको बासस्थान पनि हो । किर्तिपुर नगरपालिका […]

मन्त्रीको कुटाइ खाने सचिव पत्रकारका अगाडि यसरी भक्कानिदै रोए

काठमाडौं, ३० पुस । प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन्। आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव विद्यानाथ झाको भनाइ छ। ‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने। सभामुख सरोजकुमार यादवकै अगाडि मन्त्रीले कुटपिट […]

रुपन्देहीमा मध्यरातमा भिडन्त, एकको मृत्यु, प्रहरीसमेत घाइते

बुटवल, २९ पुस । रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्करबीच भिडन्त हुँदा १ जना तस्करको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा सो क्षेत्रमा तस्करी भइरहेको खबर पाउना साथ तस्करी रोक्न सादा पोसाकमा खटिएकाे प्रहरी टाेलीबीच भिडन्त हुँदा ती तस्करकाे मृत्यु भएको हाे। उनले भने, […]

गोविन्द केसीका विरुद्ध इलाममै थापाले सुरु गरे आमरण अनसन

इलाम, २८ पुस । डाक्टर गोविन्द केसीको सत्याग्रह विरुद्ध अर्का एक व्यक्तिले आमरण अनसन सुरु गरेका छन् । इलामबाट केसीले १६ औं सत्याग्रह शुरु गरेको तीन दिनपछि उनका विजय थापाले आमरण अनसन शुरु गरेका हन् । समितिले पारित गरेको चिकित्सा शिक्षा विधयेक संसदबाट पारित गर्दै कार्यन्वयन गर्नुपर्ने माग राखेर आफूलाई सामाजिक अभियन्ता खोटाङका विजय थापाले […]

उज्वलले अरूले गरिदिएको बखानमा प्रभावित भई राम्रो चिनजान गरिकनै सम्बन्ध विच्छेद गरेको मिश्रको टिप्पणी

विवेकशील साझा पार्टी फुटेपछि राजनीतिकवृतमा विभिन्न चर्चा चलेका छन् । आफूलाई कल्याणकारी व्यवस्थाको वैकल्पिक धार भएको दावी गर्ने विवेकशील साझा पार्टीका नेताहरु अन्ततः आफैभित्रको किचलोमा परेर दुई फ्याक भएपछि ठूला दलहरु फेरि आफ्नो विकल्प नभएको बताउन थालेका छन् । स्थानीय निकायको निर्वाचनमा छुट्टाछुट्टै मैदानमा उत्रेका विवेकशील नेपाली दल र साझा पार्टी प्रदेश र संघीय सभाको […]

रगत दिनेबारे निर्मलाका आमाबुवा बाझिए, यज्ञराजले निर्मलाकी आमालाई दिए मार्ने धम्की

कञ्चनपुर, २८ पुस । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाएकाे भन्दै देशविदेशमा अावाज उठिरहेका बेला उनकाे परिवारमै भने विवाद परेकाे छ । साथै निर्मलाका बाबु यज्ञराज पन्तले निर्मलाकी अामा दुर्गादेवी पन्तमाथि कुटपिट समेत गरेकाे खुलासा भएकाे छ । परिक्षाण गरिएकाे निर्मलाकाे डिएनए पुन: जाँच गराउन रगतकाे नमूना दिएपछि निर्मलाकी अामालार्इ उनका बाबुले कुटपिट गरेका […]

लिटिल बुद्धका कर्तुत नजिक प्रहरी, बम्जनको आश्रमबाट समातिएका दुर्इ जना को हुन् ?

सिन्धुली, २६ पुस । लिटिल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बम्जन आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुली प्रहरीले सोधपुछका लागि भन्दै कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले वम्जनमाथि लागेका अाराेप प्रमाणित गर्ने धेरै प्रमाण फेला पारेकाे बताइएकाे छ । यसअघि […]

रविन्द्र अधिकारीलार्इ राजीनामा गरेर अख्तियारलाई छानविनको बाटो खोल्न दवाव

काठमाडौं । नेपाल वायुसेवा निमगको वाइडवडी जहाज खरिद प्रकरणमा दोषी देखिएका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीको राजीनामा मागिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले राजीनामा गर्नुपर्ने बताएका हुन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै कांग्रेसका सांसद रमेशजंग रायमाझीले पर्यटनमन्त्रीले राजीनामा गरेर अख्तियारलाई छानविनको बाटो खोलिदिनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा […]