कोरोनाभाइरसको सङ्क्रमण भएपछि शरीरमा के कस्ता संकेत देखिन्छन हेनुहोस ।

माघ २४ बीबीसी । नयाँ कोरोनाभाइरसविरुद्धको सङ्घर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भइरहेको छ।यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छरु यसका लक्षणहरू के हुन्रु सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छरु यसको उपचार कसरी हुन्छ ? हामारीको सबैभन्दा ठूलो मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालले यसबारे उत्तर दिन थालेको छ। त्यहाँ […]

लुम्बिनी प्रादेशिक अस्पतालका सटरमा चल्यो डोजर

बुटवल, २३ माघ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ब्यबसायिक सटरमा डोजर चलेको छ । प्रदेश सरकारले अस्पतालको बिकाससँगै प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि बढाउन थालेको छ । पटक पटक सूचना प्रकाशित गरेर सटर खाली गर्न ब्यबसायीलाई आग्रह गरेपनि अटेर गरेपछि अस्पतालका सटरमा बिहिवार बिहान डोजर चलेको हो । अस्पतालका ७३ वटा ब्यवसायिक सटरहरू रहेका छन् […]

अन्ततः गयो विजय गच्छेदारको सांसद पद, जालान जेल ?

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्। ललिता निवास जग्गा काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः सांसदबाट निलम्बित भएका हुन्। भ्रष्टाचार मुद्दा लागेपछि प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सांसद पदबाट स्वतः निलम्बित हुने व्यवस्था रहेको छ। […]

चीनलाई नरुचाउनेहरुले कोरोनाबारे गलत प्रचार गरे : प्रचण्ड

 पोखरा २२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी राष्ट्र चीनमा फैलिएको कोरोना भाइरसबारे अनावश्यक भ्रम फैलाइएको बताएका छन् । चीनलाई मन नपराउनेहरुले उसलाई त्रसित बनाउन अनावश्यक भ्रम फैलाएको प्रचण्डको भनाइ छ । बुधबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले भ्रमण वर्षको मुखैमा चीनमा कोरोना भाइरसको प्रकोप फैलिइरहँदा नेपालको पर्यटनमा थोरै […]

प्रदेश ५, प्रदेशसभाको दुई वर्ष पूरा, राजधानी र नाम तोक्न सकेन

बुटवल, २२ माघ । प्रदेश ५ को प्रदेशसभा गठन भएको दुई वर्ष पूरा भएको छ । २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो। प्रदेशसभाले दुई वर्ष बितिसक्दासम्म प्रदेशको नाम र राजधानी दिन सकेको छैन। प्रदेशसभाको आफ्नो मुख्य काम स्थायी राजधानी तोक्न र नामाकरण गर्ने भएपनि अहिलेसम्म संसदमा राजधानी र नामाकरणका लागि प्रस्तावसम्म […]

थाइल्याण्डले बनायो कोरोना भाइरसको औषधि, ४८ घण्टामै निको हुने दाबी

एजेन्सी । तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण चीन यतिबेला निकै ठूलो संकटमा परेको छ। चीनको वुहानबाट फैलिएको यस भाइरसका कारण अहिले ४०० जना भन्दा बडीको मृत्यु भइसकेको छ। १७ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना भाइसको औषधि बनाउनका लागि चिकित्सक र वैज्ञानिकले अहोरात्र खटिएर काम गरिरहेका छन्। यसै क्रममा थाइल्याण्डका डाक्टरले […]

कोरोना भाइरस: चीनले बनाएको अस्पताल आजबाट सञ्चालनमा आउँदै

काठमाडौं, २० माघ । कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि चीनले १० दिनमा तयार गरेको अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ । कोरोना भाइरसको इपिसेन्टर वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल सोमबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो । चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार, अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको छ र अस्पताल बिरामीको उपचारका लागि तम्तयार […]

अदालतको रिहा आदेश मानेन प्रहरीले, अदालत परिसरबाट माइला लामासँगै समाइए पत्रकार र खेलाडी

काठमान्डौ । चर्चीत जनवादी गायक तथा बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामा रिहा भए लगत्तै पूनः गिरफ्तार परेका छन् । नेता लामा आइतबार उच्च अदालत पाटनको आदेशमा रिहा भएका थिए। लामासहित नेकपा केन्द्रीय सदस्य नविन विश्वकर्मा, तत्कालिन काठमाडाैं सेक्रेटरी धिरेन्द्रा उपाध्याय र इश्वर पनि रिहा भएका थिए । थुनामा […]

प्रहरी महानिरिक्षक खनाललाई नागरिक अभिनन्दन गरिने

काठमाडौँ, १८ माघ । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाललाइ राजधानीमा नागरिक अभिनन्दन गरिने भएकाे छ । महानिरिक्षक खनालले नेपाल प्रहरीको इतिहासमा नै पहिलो पटक थालिएकाे समुदाय प्रहरी साझेदारी अभियान सफल गराउन बिशेष योगदान पुर्याएकाे भन्दै उनलाइ अभिनन्दन गर्न लागिएकाे हाे ।  अपराध न्यूनीकरणमा समुदाय, स्थानीय तह, विद्यालय र सामाजिक संघसंस्थासँग सहकार्य अभिवृद्धि गर्ने उद्देश्य याे […]

प्रहरीकै अगाडि एक युवाले प्रदर्शनकारीमाथि चलाए गोली, गोली लागेर विश्वविद्यालयकी छात्रा घाइते

नयाँदिल्ली, १६ माघ । नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिकता रजिस्टर (एनआरसी) को विरोधमा दिल्लीमा उत्रिएका प्रदर्शनकारीमाथि एक युवाले गोली चलाएका छन् । बिहीबार दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयदेखि राजघाटसम्म निकालिएको र्‍यालीलाई ताकेर ती ‘सन्की’ युवकले गोली चलाएका हुन् । ठूलो मात्रामा सुरक्षाकर्मीको तैनाथीका बाबजुद यो घटना घटेको हो । आफ्नै अगाडि खुल्लमखुला एक सन्की […]