बाँस्कोटा प्रकरण: प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्ध उजुरी

काठमाडौँ, ११ फागुन । सेक्युरिटी प्रेस स्थापनाका लागि घुस डिल गरेको आरोप लागेका गोकुल बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जनाविरुद्ध दोस्रो उजुरी दर्ता भएको छ । निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव एवं हाल सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र गुरूङ र सरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक प्रमुख विकल पौडेलविरूद्ध भ्रष्टाचारमा अनुसन्धान माग गर्दै […]

अर्थमन्त्री डा. खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण (तस्विर सहित)

काठमाडौ, ११ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदभार ग्रहण गरेका छन । सञ्चारमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले आज मन्त्रालयको पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण गर्दै कर्मचारीहरुलाई निर्देशन दिदैँ उनले सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गरे । उनले […]

बस दुर्घटना हुँदा ४३ जना घाइते

तनहुँ ११ फागुन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा ४३ यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नं को बस एकापसमा ठक्कर खाँदा दुवै बसमा सवार ४३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले […]

बालुवाटारमा प्रधानमन्त्री ओलीको ‘६९औं बर्थडे सेलिब्रेशन’

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली जन्मथलो आठराई जानुअघि उनका शुभेच्छुकहरुले बालुवाटारस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे । प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन उपप्रधानमन्त्री पोखरेलसँगै, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त […]

हुम्लामा अझै पुगेनन पाठ्यपुस्तक

हुम्ला, ९ फागुन । शैक्षिक सत्र शुरु भए पनि हिमाली जिल्ला हुम्लाका विद्यार्थीहरुले अझै पर्याप्त पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रले पुस्तक ढुवानी तथा बिक्रीको जिम्मा दिएका स्थानीय एजेण्टहरुले माग गरेको भन्दा निकै कम पुस्तक उपलब्ध गराएका छन् । एजेन्टहरुले माग गरेअनुसार पुस्तक नपाएको गुनासो […]

सञ्चारमन्त्री बास्कोटाले दिए पदबाट राजीनामा

काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिनु भएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिनु भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा यस्तो जानकारी दिनु भएको हो । नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराउनु भएको हो । उहाले भन्नु भयो, “मन्त्रीज्युले सम्बन्धित […]

गोकुल बाँस्कोटाले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौँ, ८ फाल्गुन । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् । बिहीबार बिहान कञ्चनपुरमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएको स्रोतले बताएको छ ।बाँस्कोटा विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो […]

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने

काठमाडौं ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने भएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिने भएका हुन् । आज दिउँसो नै उनले राजीनामा दिने सुचना प्राप्त भएको छ । जसअनुसार अहिले सञ्चारमन्त्री गोकुल बाँस्कोटा काठमाडौं बाहिर छन् । उनले काठमाडौं फर्किएलगत्तै राजीनामा […]

मन्त्री बास्कोटालाई बर्खास्त गर्न नेविसंघको चेतावनी (विज्ञप्ति सहित) हेर्नुहोस!

काठमाडौं, ८ फागुन। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बिवादमा तानिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले विहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले मन्त्री बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने […]

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग (विज्ञप्ति सहित )हेर्नुहोस ।

काठमाडौं ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्दै निस्पक्ष छानविनको माग गरेको छ । सेक्युरिटी प्रीन्टिङ प्रेस खरिदका विषयमा घुस लेनदेनको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि कांग्रेसले सञ्चारमन्त्रीको बर्खास्तीको माग गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त […]