सत्यावती गाउँपालिका ३ का ४०० घर पहिरोको उच्च जोखिममा

गुल्मी ,११ साउन । गुल्मीको सत्यावती गाउँपालिका ३ ठूलोलुम्पेकका करिब ४०० घरहरु जोखिममा परेका छन्। सिङदीमा मंगलबार बिहान परेको अबिरल बर्षाका कारण पहिरो जाँदा गाउँनै जोखिममा परेको हो। अहिले त्यस ठाउँका जोखिममा रहेको ब्यक्तिलाई स्थानीय विद्यालयमा मेस संचालन गरी राखिएको छ। गाउँनै पहिरोको जोखिममा परेपछि अब विद्यालयमा बस्नु बाहेकको विकल्प नरहेको र आगामी दिनहरूमा के […]

देशभर सवारीसाधन दुर्घटनामा वृद्धि

काठमाडौँ, ११ साउन । देशभर सवारीसाधन खरिदबिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका थिए […]

देशभर सवारीसाधन दुर्घटनामा किन वृद्धि भैरहेको छ?

काठमाडौँ, ११ साउन । देशभर सवारीसाधन खरिदबिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका थिए […]

कोटेश्वरमा बाटो काट्दै गरेका पैदल यात्री बसको ठक्करबाट मृत्यु

काठमाडौं, ११ साउन । काठमाडौको कोटेश्वरमा बसले ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुने व्यक्तिकाे परिचय खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।  बाटो काट्दै गरेका व्यक्तिलाई बसले ठक्कर दिँदा मृत्यु भएको हो । बा ४ ख ३२ ५८ नम्बरको बसले उनलाइ ठक्कर दिँदा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । ठक्कर दिने बससहित […]

भक्तपुर नगरपालिकाद्वारा परिचय–पत्र वितरण सुरू

भक्तपुर, १० साउन  । भक्तपुर नगरपालिकाले शुक्रबारदेखि भक्तपुर नगरभित्रका अपांगता भएका व्यक्तिहरुलाई रातो र निलो रंग परिचय–पत्र वितरण सुरू गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी परिचय–पत्र वितरण सुरू गरेको नगरपालिकाले जनाएको छ । पूर्ण अशक्तलाई रातो कार्ड र अति अशक्तलाई निलो कार्ड वितरण गरिएको हो […]

मलेसिया बिरुद्ध सिंगापुरको विशाल जित, नेपाल विजेता बन्न अब के गर्नुपर्ला ?

१० साउन, काठमाडौं । आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत सातौँ खेलमा आयोजक सिंगापुरले मलेसियालाई ८ विकेटको विशाल अन्तरले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। सिंगापुरले यस अघि आफ्नो पहिलो खेलमा कतारलाई ३३ रनले पराजित गरेको थियो भने कुवेतसंग खेल वर्षाको कारण हुन नसके पछि अंक बाँडेको थियो। इन्डीएन एसोसीएसन […]

मलिंगा आज अन्तिम वानडे खेल्दै , पढ्नुस उनको करियरको ६ रोचक तथ्य

१० साउन, एजेन्सी । श्रीलंकाका तिब्र गतिका बलर लासिथ मालिंगाले एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। बंगलादेश बिरुद्द शुक्रबारबाट सुरु हुने ३ खेलको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेल खेल्दै सन्यास लिने बताएका छन्। यद्धपि टि-२० क्रिकेटमा भने उनले सन्यास लिएका छैनन्। ३५ बर्षीय मालिंगाले इंग्ल्याण्डमा सम्पन्न बाह्रौं वानडे विश्वकप पछि सन्यास लिने हल्ला बाहिर आएपनि […]

आप्रवासी सवार डुंगा दुर्घटना हुँदा कम्तिमा ११५ जना बेपत्ता

एजेन्सी, अफ्रिकी मुलुक लिबियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा कम्तिमा ११५ जना बेपत्ता भएका छन् । लिबियाको तटीय क्षेत्रमा आप्रवासी सवार डुंगा डुब्दा सो दुर्घटना भएको हो । दुर्घटनापछि एक जनाको शव भेटिएको छ भने १३४ जनाको उद्धार गरिएको छ । करिब २५० जना सवार रहेको डुंगा दुर्घटना हुँदा बाँकी सबै बेपत्ता भएका छन् । […]

बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई नौ करोडको क्षति

काठमाडौं १० साउन । बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई नौ करोडको क्षति पुगेको छ । चार अर्ब २५ करोड लगानी रहेको सो हाइड्रोपावरमा बाढी पहिरोले छ करोड मूल्य बराबरको उपकरण तथा संरचना र रु तीन करोड मूल्य बराबरको विद्युत् व्यापार गरी कूल नौ करोडको क्षति भएको हाइड्रोपावरका जनसम्पर्क अधिकृत पुरुषोत्तम दानीले जानकारी दिए । […]

भदौंको अन्तिम साता मोदी नेपाल आउने

Narendra-Modi

काठमाडौं, १० साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् । उच्च सुरक्षा स्रोतका अनुसार भदौं ३१ देखि असोज ३ गते सेप्टेम्बर १७ देखि २० तारिख हुने उनको भ्रमणको तयारीका […]