बर्दिवासमा प्रहरीको गोली लागेपछि हेलिकोप्टरबाट काठमाडौं पुर्याइएका युवकको मृत्यु

काठमाडौं । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको हो । दुवै तीघ्रामा गोली लागेर घाइते भएका न्यौपानेलाई हेलिकप्टरमार्फत् काठमाडौंस्थित ग्रान्डी अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको […]

बैतडी जीप दुर्घटनामा ५ को मृत्यु, पेन्सन बुझेर फर्किएकाहरु परे र्दुघटनामा

कैलाली, ९ मंसिर । सुदूरपश्चिमको बैतडी जिल्लामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ, ४ जना घाइते भएका छन् । भारतीय सीमावर्ती क्षेत्र झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा […]

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेट

काठमाडौं, ८ मंसिर । सत्तारुढ दलभित्रको अन्तरसंघर्ष चर्किरहेका बेला नेपालस्थित चिनियाँ राजदुतले सो पार्टीका नेताहरुसँग भेटवार्ता बढाएकी छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । चिनियाँ राजदूत यान्छीले सोमबार प्रचण्ड निवास खुमलटार पुगेकी हुन् । भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको बताइएको छ । […]

२४ घण्टामा फेरि थपिए २१०३ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार १०६रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २२९ जना कोरोना संक्रमित थपिएका […]

हिमपातपछि हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता

हुम्ला । नेपाल–चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन् । हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण सिमकोट फिर्ता भएको हो । तापक्रम माइनसमा झरेपछि चिसो बढेसँगै बस्न कठिन भएको भन्दै हिल्सा प्रहरी चौकी […]

अर्को बैठक तय गर्दै नेकपा सचिवालय बैठक सकियो, अब अध्यक्ष ओलीले पनि छुट्टै प्रस्ताव ल्याउने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बुधवार बसेको बैठक अर्को बैठकको मिति तय गरेर सकिएको छ । पार्टीका प्रथम अध्यक्ष केपी ओलीले बैठक रोक्ने अनेक प्रयत्न गरे पनि नसकेपछि अन्ततः बुधवार उनी सचिवालयको बैठकमा सहभागी भएका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको सचिवालयको बैठकले स्थायी कमिटी र केन्द्रीय समिति […]

काठमाडौमा आगलागी हुँदा दाइको मृत्यु, टिका लगाउन आएकी बहिनीसहित २ घाइते

काठमाडौँ । काठमाडौँको कपनमा आगलागी भएको छ । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कपनको बालुवाखानी चोकस्थित स्थानीय नारायणबहादुर बस्नेतको घरमा आगलागी भएको हो । बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–५ का कृष्णबहादुर तामाङको कोठामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको प्रहरीले […]

आज तिहारको मुख्यदिन भाइटीका, ११ बजेर ३७ मिनेटमा उत्तम साइत

काठमाडौं, १ मंसिर । आज तिहारको मुख्य दिन अर्थात भाइटिका । दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर यो दिन मनाइन्छ । एकअर्कालाई टीका लगाइदिएर दाजुभाइ–दिदीबहिनीहरुले सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । भाइटिका यमपञ्चकको आज अन्तिम दिन हो । परम्परा अनुसार भाइटिकामा पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइन्छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत बिहान ११ […]

भार प्रेषण केन्द्रबाटै विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले भने : अब लोडसेडिङ हुन्छ भन्ने चिन्ता नलिनुहोस्

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङको भयावह अवस्था नरहने बताउनु भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँगै शनिवार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिसी) को कन्ट्रोल रुममै बसेर तीन घण्टा बढी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिनु भएका शाक्यले यस्तो बताउनु भएको हो । ‘लक्ष्मी पूजाका […]

महाकवि देवकोटाको १ सय १२ औँ जन्मजयन्ती मनाइँदै

काठमाण्डाै । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् […]