नाम भन्न लजाउने हरिवनका मुस्लिम किसोरी अचेल आफ्ना सबै समस्या सुनाउन सक्षम

सर्लाही, १६ साउन । केही महिना अघि सम्म आफ्नो नाम भन्न नसक्ने हरिवनका मुस्लिम किशोरीहरु अहिले खुलेर बोल्न मात्र होइन समस्याहरु सबैका सामु समेत राख्न सक्ने भएका छन । करिब सात महिना अघिबाट हरिवन- ११ का मुस्लिम बस्तीमा सदरमुकाम मलंगवामा रहेको आड्रा नेपालको आयोजना तथा युकेड नेपाल र युएनएफपीएको सहयोगमा सन्चालन गरिएको रुपान्तरणका लागि किशोरीहरुलाई […]

मनमोहन प्राविधिक विश्वविद्यालयलाई स्वीकृति प्रदान

विराटनगर, १५ साउन । प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७६ लाई स्वीकृति प्रदान गरेको छ । बैठकले केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७५ र प्रदेशमुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन–२०७५ लाई प्रदेशसभामा पेश गर्नेलगायत विभिन्न १२ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा […]

लोकसेवाले फेरी ठुलो संख्यामा विज्ञापन खोल्दै

काठमाडौं १५ साउन् । पहिलो चरणको परीक्षा सकिएलगतै सरकारले स्थानीय तहका लागि थप ६ हजार कर्मचारी भर्नाका लागि बिज्ञापन गर्ने भएको छ । स्थानीय तहबाट माग भएर आएका करिब ६ हजार कर्मचारीका लागि फेरी लोकसेवाले बिज्ञापन खोल्ने तयारी गरेको छ । गत जेठमा ९ हजार कर्मचारीका लागि विज्ञापन गरिएको थियो । जेठमा गरिएको बिज्ञापनको अहिले […]

शिक्षक लाईसेन्स् : परीक्षाको तयारी कसरी गर्ने ?

काठमाडौँ,  १५ साउन । शिक्षक सेवा आयोगको गत बर्ष भदौमा लिएको परीक्षाको नतिजा प्रकाशित भएसँगै धेरै लामो समयपछि शिक्षक अध्यापन अनुमतिपत्र अर्थात (शिक्षक लाईसेन्स) को विज्ञापन पनि खुलाएको छ भने लोकसेवा आयोगले पनि भारी मात्रामा स्थानीय तहका साथै विभिन्न तहमा विज्ञापन खुलाएको छ । यसकारणले पनि परीक्षार्थीमा एक किशिमको हतास उत्पन्न भएको छ कसरी परीक्षामा […]

अभिभावकमा शैक्षिक जागरण बढ्दै

जाजरकोट, १५ साउन । ठूलीभेरी नगरपालिका–२ कुम्ली डोल्पाका दिलमाया वि क सधैँ घरको काममा व्यस्त रहने गरेकामा आजभोलि केही समय निकालेर विद्यालयमा आइ नियमित छलफल गरिरहेकि छन् । उनले आफ्ना छोराछोरीको पढाइ कस्तो छ र कुन विषयमा कमजोर छ भनी नियमित शिक्षकसँग छलफल, अन्तरक्रिया गरिरहन्छिन् । घर, आँगन र पानी पँधेरोमा मात्र दिन बिताउने यहाँका […]

अस्थायी शिक्षकका दर्जन मुद्दामा संवैधानिक इजलाशमा आज फैसला हुँदै

काठमाडौं । शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर मुद्दामा आज फैसला हुँदैछ । गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला  मुद्दाको अन्तिम फैसला असार १८ गते आउने जनाइएको थियो । पछि पुन साउन १५ का लागि सारिएको थियो । असार १८ गते  सर्वोच्च अदालतको […]

 सार्वजनिक शिक्षा सुधारको कुनै संकेत देखिन्न; पुरानै ढर्रामा शिक्षक तालिम

काठमाडौं १४ साउन । सार्वजनिक शिक्षा सुधारका लागि गत ६ वर्षयता शिक्षक तालिममा मात्रै दुई अर्ब २५ करोड आठ हजार रुपैयाँ खर्च भएको छ। तर कक्षा १० को एसइई नतिजा हेर्दा सामुदायिक सरकारी विद्यालयको शिक्षामा सुधारको कुनै संकेत देखिन्न। सामुदायिक विद्यालयमा एसइईको नतिजा ३० प्रतिशतभन्दा माथि उक्लन सकेको छैन। तालिमका नाममा ठूलो धनराशि खर्च भए […]

विद्यालयमा विद्यार्थी टिकाउन दिवा खाजा

  पाल्पा,१४ साउन । रम्भा गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि निःशुल्क दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ ।सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र टिकाउने उद्देश्यका साथ गाउँपालिकाले दिवा खाजा कार्यक्रम ल्याएको हो । दिवा खाजाको व्यवस्था गरिएपछि नियमितरुपमा विद्यार्थी विद्यालय आउन थालेका छन् । बालविकास कक्षादेखि ५ कक्षासम्म अध्ययनरत एक हजार ९०० विद्यार्थीलाई निःशुुल्क दिवा […]

शिक्षक लाईसेन्स: सबै विषयका लागि उपयोगी माध्यामिक तह द्वितीय पत्र ‘पेसागत ज्ञान’ सम्बन्धी प्रश्न संगालो

काठमाडौँ, १४ साउन । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत विषयगत नमुना पश्नहरुको संगालो ल््याउने गरेका छौँ । शिक्षक सेवा आयोगद्वारा संसोधन तथा परिमार्जन गरिएको शिक्षकको अध्यापन अनुमतिपत्र परिक्षाको नयाँ ढाँचा अनुसार पहिलो पत्र (खण्ड क) विषयगत ज्ञान वस्तुगत बहुबैकल्पिकमा ४० अङ्क र खण्ड ख शिक्षण सहजीकरण प्रक्रिया अन्तर्गत […]

बैशाखमा लिइएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं, १३ साउन । गत बैशाखमा भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो ।  यसपटक बोर्डले ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरेको छ । वोर्डले प्रकाशित गरेको नतिजाअनुसार ३ हजार भन्दा बढी विद्यार्थीले उच्च ग्रेड ल्याएका छन् । वोर्डले जनाए अनुसार उच्च तह ३.६१ […]