काठमाडौँ, १२ असोज । भारतीय सहयोगमा काठमाडौँ महानगरपालिका–१४ स्थित कुलेश्वर आवास माविको नवनिर्मित भवनको उद्घाटन भएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा अजय कुमारले जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य र वडाध्यक्ष शोभा सापकोटाको उपस्थितिमा शनिबार भवनको उद्घाटन गरे । भारत सरकारको नेरु तीन करोड ८६ लाख अनुदान सहयोगमा निर्मित यस तीनतले […]
शिक्षा
तीन स्थानीय तहमा बाल विकास कार्यक्रम
सुर्खेत, १२ असोज । कर्णाली प्रदेशका तीन स्थानीय तहमा पोषण तथा बाल विकास कार्यक्रम लागू हुने भएको छ । पोषण तथा प्रारम्भिक बाल विकाससम्बन्धी रणनीति कार्ययोजना र बजेट तयार गर्न सहजीकरण गर्ने उद्देश्यले मुगुको मुगुमकार्मारोङ गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यक्रम लागू हुने भएको हो । विश्व बैङ्कको सहयोगमा स्थानीय तहसँग मिलेर […]
सिनेटरी प्याड वितरणको व्यवस्थापन स्थानीय तहलाई
काठमाडौँ, ११ असोज । सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई सिनेटरी प्याड निःशुल्क बाँड्न व्यवस्था मिलाउन निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सबै सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड निःशुल्क उपलब्ध गराउने सरकारको निर्णय कार्यन्वयन गराउन निर्देशन दिएको मन्त्रालयका […]
संस्कृत भाषा र पूर्वीय दर्शनबाट ५० जना दीक्षित
काठमाडौँ, ११ असोज । पूर्वीय वाङ्मय प्रतिष्ठानबाट एक वर्षमा ५० जना प्रशिक्षार्थी संस्कृत भाषा र पूर्वीय दर्शनबाट आज दीक्षित भएका छन् । गत वर्ष स्थापित प्रतिष्ठानमा अध्ययन गरेका विद्यार्थीलाई आज सत्रान्त प्रमाणपत्र वितरण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाललाई वाङ्मय एवं कला, साहित्य, संस्कृतिबाट उच्च र समृद्ध बनाउन आह्वान गरे । प्रतिष्ठानले संस्कृत भाषा, […]
एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा नतिजामा लापरबाहीः २५० जनाको नतिजा परिवर्तन
काठमाडौँ, ११ असोज । काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित गरेको छ । असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै आज पुनः परीक्षाफल प्रकाशित गरेको हो । पहिलो नजिताबाट २५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ । विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा रोजेन्द्र […]
कक्षा १२ पूरक परीक्षाको परीक्षाफल प्रकाशित
भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक)परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । शुक्रवार परीक्षाफल प्रकाशन गरिएको हो । भदौ २२ र २३ मा संचालित उक्त परीक्षामा ९६ हजार २ सय ३४ परीक्षार्थी सामेल भएका थिए । बोर्डले प्रकाशित परीक्षाफलमा चित्त नबुझे असोज मसान्त भित्र पुनर्योगका लागि निवेदन दिन सक्ने बताएको छ […]
शिक्षक लाइसेन्स परीक्षा बहिस्कार गर्न उत्रेका शिक्षकहरु पक्राउ
काठमाडौं । प्रहरीले विभिन्न ठाउँबाट शिक्षकहरुलाई पक्राउ गरेको छ । शिक्षक लाईसेन्स परीक्षा बहिष्कार गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका मध्ये शिक्षक विष्णु दौल्याल र वेदप्रसाद जोशीलाई कैलालीबाट पक्राउ गरिएको बताइएको छ । दौल्याल माध्यमिक विद्यालय शिक्षक युनियनका केन्द्रीय उपाध्यक्ष हुन भने जोशी माध्यमिक विद्यालय शिक्षक युनियकै सचिव हुन् । […]
राष्ट्रपति–प्रधानमन्त्री निवासदेखि राष्ट्र बैंककै नजिक रहेको शिवपुरी माविले मनायो ७१ औं वर्षगाँठ
काठमाडौं । सामुदायिक विद्यालयमा छुट्टै पहिचान बनाउन सफल काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय ७१ औं वर्षमा प्रवेश गरेको छ । शुक्रवार भव्य कार्यक्रम गरी विद्यालयले आफ्नो ७१ औं वार्षिकोत्सव मनाएको हो । पछिल्लो दिनमा शैक्षिक र भौतिक फड्को मार्दै आएको यस सामुदायिक विद्यालयको ७१ औं वार्षिकोत्सव शुक्रवार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् […]
शिक्षक लाइसेन्सको परीक्षामा प्रश्नपत्रमा नै उत्तर भेटिएपछि
गुल्मी, १० असोज । प्रश्नपत्रमा नै उत्तर भेटिएपछि जिल्लामा ४० मिनेट परीक्षा स्थगन गरिएको छ । नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो । रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अङ्ग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर स्पष्ट देखिने गरी गाढा […]
यसरी हुँदैछ शिक्षक पदस्थापन, रिक्त दरबन्दीको जिल्लागत पूरा विवरण
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निम्न माध्यमिक तहका शिक्षकहरुको पदास्थापनाका लागि जिल्लागत र विषयगत दरवन्दी बाँडफाड गरेको छ । केन्द्रले शिक्षक सेवा आयोगको खुला विज्ञापनबाट उत्तीर्णहरुको जिल्लाहरुमा पदास्थापनाको लागि जिल्लागत सूची सार्वजनिक गरेको हो । यसअघि केन्द्रले खुला विज्ञापनबाट छनोट भएकाहरुको पदास्थापनाका लागि उनीहरुसँग काम गर्न चाहेको जिल्लागत विवरण संकलन गरेको थियो […]











