दसैकै मुखमा निजी विद्यालयका शिक्षकहरु आन्दोलनमा उत्रने

काठमाडौं । दशैंको मुखमा निजी विद्यालय सञ्चालकहरुले आफुहरुको हित विपरित कार्य गरेको भन्दै निजी विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले निजी विद्यालय सञ्चालकहरुले हकर्त नसुधारे आन्दोलनमा जाने चेतावनी दिएको हो । इस्टुका महासचिव भोला चालिसे र कार्यबहाक अध्यक्ष मोतिराम फुयालले शनिवार एक विज्ञप्ति जारी गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । विज्ञप्तिमा […]

शैक्षिक संस्थामा महिनावारी हुने छात्राका पीडा

जुम्ला, १३ असोज । तातोपानी गाउँपालिका–८ बाँरागाउँकी १८ वर्षीया मुगा रावत कक्षा ७ मा पढ्छिन् । गाउँकै जनजागृति आधारभूत विद्यालयमा पढ्ने मुगालाई महिनावारी भएको अवस्थामा विद्यालयको मूलढोका भन्दा अगाडि जानसक्ने आँट आउदैन । उक्त विद्यालयमा अध्ययनरत मुगालगायत छात्रा विद्यालयको मूलढोका नजिकको कुनामा बसेर अध्ययन गर्ने गर्दछन् । कक्षा कोठाभित्र नगएर बाहिरै प्रचण्ड गर्मीमा बसेर अध्ययन […]

जनप्रतिनिधिको सहयोग विद्यालयलाई

गलकोट, १३ असोज । बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं ७ का वडासदस्य लोकबहादुर थापाले आफ्नो पारिश्रमिक बापतको रकम विद्यालयलाई सहयोग गरेका छन् । प्रगति आधारभूत विद्यालय मल्म सप्ताहघाटमा अध्यापनरत एक शिक्षकलाई तलब भत्ता उपलब्ध गराउने गरी सहयोग गरेको वडासदस्य थापाले जानकारी दिए । सामुदायिक विद्यालयतर्फ पछिल्लो समय उत्कृष्ट बन्दै गइरहेको विद्यालयमा सरकारी दरबन्दीका शिक्षक […]

विद्यालयलाई चार जनाले गरे जग्गा दान

गलकोट, १२ असोज । बागलुङको काठेखाला गाउँपालिका–७ स्थित रेश नुन्थला माविको शैक्षिक उन्नयनका लागि पाँच रोपनी जग्गा निःशुःक उपलब्ध गराइएको छ । प्राविधिकधार तर्फको अध्यापन र शैक्षिक गुणस्तरमा अभिवृद्धि गराउनका लागि विद्यालयलाई आवश्यक पर्ने जग्गा स्थानीय सहयोगदाताले विद्यालयका नाममा नामसरी भएर आएका विद्यालयले जनाएको छ । शैक्षिक उन्नयनका स्थानीय चार जनाले विद्यालयलाई निःशुल्क जग्गा उपलब्ध […]

शिक्षक लाइसेन्सको परीक्षा रद्द, अर्को परीक्षा कहिले ?

भक्तपुर । माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाईसेन्स) को परीक्षा अन्तर्गत शुक्रबार भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा रद्द गरिएको छ । शिक्षक सेवा आयोगले बस्तुगत प्रश्नको मात्रै कार्तिक २३ गते परीक्षा गर्ने गरी यसअघिको परीक्षा रद्द गर्ने निर्णय गरेको हो । शुक्रवारको अंग्रेजी विषयको परीक्षामा बस्तुगत प्रश्नतर्फ क,ख,ग,घ मध्ये घ सेटमा उत्तरमा गाढा भएर […]

शिक्षक आयोगले निकाल्यो प्राथमिक तहको थप दुई जिल्लाको नतिजा (पूरा नतिजा)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको विभिन्न जिल्लाको अन्तिम नतिजा प्रकाशन जारी राखेको छ । आयोगले यसैक्रममा खुलातर्फको प्राथमिक तहको अर्घाखाँची र कपिलवस्तु जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको हो । आयोगले बाँकी रहेका अन्य जिल्लाको नतिजा पनि प्रकाशन गर्नेक्रम जारी राखेको छ । आयोगले गतवर्ष असोज १३ मा लिएको परीक्षाको गएको असार १० गतेदेखि […]

नेताका बारेमा विवादास्पद समाचार दिएको भन्दै क्याम्पस प्रमुख निलम्वित

इलाम  । महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद गुरागाईंलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीबाट निलम्बन गरेको छ । पार्टीको निर्देशन विपरीत क्याम्पस सञ्चालन गरेको भन्दै अन्तरिम विधान २०७५ बमोजिम निष्कासन गरेको पार्टीले जनाएको छ । जिल्ला कार्यालयको बिहीबार बसेको बैठकले गुरागाईंलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ । कार्यालय सचिव नवराज शंकरद्वारा जारी विज्ञप्तिमा […]

माध्यमिक विद्यालयमा ठूलो भ्रष्टाचार, अख्तियारले थाल्यो छानविन

विराटनगर । विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थनपथ माविको भवन निर्माणको विषयमा अनुसन्धान सुरु गरेको छ। भवन निर्माणका लागि छुट्याएको रकम हिनामिना भएको भन्दै विराटनगर ११ को जनपथ माविका व्यवस्थापन समिति अध्यक्ष भगवान थापामाथि अनुसन्धान सुरु गरेको हो। संघीय मामिला मन्त्रालयको मातहतमा रहेको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत तीन कोठे […]

शिक्षक सरुवा किन गरेको भन्दै नगरपालिका कार्यालय पूरै तोडफोड

रौतहट । शिक्षक सरुवाको विरोधमा कटहरिया नगरपालिका कार्यालयमा शुक्रबार विद्यार्थीले तोडफोड गरेका छन् । नगरपालिकाको कार्यालयको एक दर्जन कम्युटर, केही ल्यापटप, ५० बढी कुर्सी, दराज, सीसी क्यामरा तोडफोड गरेका हुन्। विद्यार्थीले झ्यालका सिसाहरु पनि तोडफोड गरेका छन्। उनीहरुले पन्जिकरण शाखा प्रमुख कौशल किशोर चौधरी र कार्यलय सहयोगी दिपेन्द्र साहलाई कुटपिटसमेत गरेका छन्। नगर कार्यपालिकाको बिहीबारको […]

गैँडाकोटका सबै विद्यालयमा एउटै पोशाक हुने

नवलपुर, १२ असोज । नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको गैँडाकोट नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयको पोशाकमा एकरुपता ल्याउने भएको छ । गैँडाकोट नगर शिक्षा समितिको बैठकले शैक्षिकसत्र २०७७ देखि नगरपालिकाभित्रका सबै विद्यालयमा विद्यार्थीको पोशाकमा एकरुपता ल्याउने निर्णय गरेको हो । गैँडाकोट नगरपालिकाको नगर शिक्षा समितिले नगरका १८ वटै वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा एकै […]