रोल्पा, ५ साउन । एक निर्वाचन क्षेत्र एक नमूना विद्यालयको सरकारी अवधारणाअनुसार रोल्पा जिल्लाका दुई सामुदायिक विद्यालय नमूना घोषित भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ वाट बालकल्याण माध्यमिक विद्यालय, लिवाङ र निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय मावि, मौलाबोट रांकोट नमूना विद्यालय घोषणा भएको जिल्ला शिक्षा कार्यालय, रोल्पाले जानकारी दिएको छ । शिक्षा […]
शिक्षा
एक वर्षमा ५० हजार विद्यार्थी विदेश पलायन
काठमाडौं, ४ साउन । एक वर्षमा ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका छन्। अध्ययनका लागि भिसा आवेदन गर्दा आर्थिक वर्ष ०७३/७४ मा मात्र डेढ अर्बभन्दा बढी रकम बिदेसिएको छ। गत वर्ष ३२ हजार चार सय ८९ विद्यार्थीले आवेदन दिएकोमा यस वर्ष त्योभन्दा १८ हजार एक सय ७० […]
यसपटक वर्षे विदामा पनि विद्यालय सञ्चालन गरिने
जाजरकोट, ३ साउन । शिक्षण सिकाइ लक्ष्यमा पु¥याउन र पाठ्यक्रम पूरा गर्न भन्दै यहाँका १६ विद्यालयले बर्खे बिदामा पनि विद्यालय सञ्चालनमा ल्याएका छन् । चुनाव तथा विभिन्न पर्वका कारण पढाइ प्रभावित भएको भन्दै जिल्लाका १६ विद्यालयले विद्यालय सञ्चालनमा ल्याएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए । पट्यारलाग्दो एक महिना लामो बिदामा विद्यार्थी पढाइभन्दा अन्य […]
विद्यालयको खेलमैदान भत्किदा पठनपाठनमा समस्या
डोल्पा । एक सातादेखि लगातार परेको अविरल वर्षाले मुड्केचुला गाउँपालिका वडा नं ८ ओक्टमा रहेको रारा निम्न माध्यमिक विद्यालयको खेलमैदान भत्किएको छ । विद्यालयको खेलमैदान भत्किएपछि विद्यार्थीको पठन पाठनमा समस्या उत्पन्न भएको छ । अविरल वर्षाले विद्यालय अगाडिको सीढी, पर्खाल र खेल मैदान भत्किदा विद्यार्थीहरु पठनपाठन गर्न समस्या भएको र वर्षा भइरहेको हुनाले फेरि पनि […]
सांसद र उच्च पदस्थहरुको छात्रबृतिका लागि किन यति मरिहत्ते
काठमाडौं, ३ साउन । जिल्ला शिक्षा कार्यालय काठमाडौंले कक्षा ११ को लागि शनिबार सम्पन्न गरेको छात्रवृत्ति छनौट परीक्षामा विद्यार्थी पास गराइदिन भनसुन गर्नेको चाप बढ्दै गएको छ। जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटालाई छात्रवृत्ति मिलाइदिन आउने फोनले हैरान बनाएको छ। आइतबारमात्रै पदभार सम्हालेका शिक्षा अधिकारी सापकोटाले छात्रवृत्तिका लागि आउने फोनले अनौठो अनुभव गराएको सुनाए। ‘सरकारी स्कुलबाट […]
युनेस्को आबद्ध संस्थाहरुको राष्ट्रिय अधिवेशन शुरु
काठमाडौँ, ३१ असार । नेपालमा रहेका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को)सँग आबद्ध सङ्घसंस्था तथा क्लबहरूको राष्ट्रिय महासङ्घको राष्ट्रिय अधिवेशन आजदेखि शुरु भएको छ । अधिवेशनको आज यहाँ आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँले उद्घाटन गरे । सो अवसरमा उनले युनेस्कोको अभियानले नेपालको शिक्षा र संस्कृतिमा महत्वपूर्ण भूमिका खेलेको बताए । […]
विद्यालयका खाली जमिनमा तरकारीखेती
काठमाडौँ, ३१ असार । देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका आठ आना जग्गामा करेसाबारी तरकारी खेती गर्दा रु. १० करोड ५० लाख आम्दानी लिन सकिन्छ । मुलुकभर ३५ हजार प्राथमिक तथा आधारभूत विद्यालय रहेका छन् । आठ आना जग्गाका दरले हिसाब गर्ने हो भन्ने मुलुकभर ८७ हेक्टर अर्थात् एक हजार ७५० रोपनी जमिनमा करेसाबारी […]
स्थानीय तहमा शिक्षाका कर्मचारी खटाउन सुरु, कार्यक्षेत्रमा अन्योल
काठमाडौँ, ३१ असार । शिक्षा मन्त्रालयले काठमाडौँ महानगरपालिकासहित विभिन्न स्थानीय तहमा आफ्ना कर्मचारी पठाउन सुरु गरेको छ । कर्मचारीले सरुवा पूर्व कार्यक्षेत्र र अधिकार स्पष्ट पार्न माग गरेपनि त्यसबारे निर्णय नहुँदै कर्मचारी स्थानान्तारण सुरु भएको छ । मन्त्रालयले बिहीबार र शुक्रबारको निर्णयबाट निर्वाचन सम्पन्न भएका पाँच महानगरपालिकासहित अन्य उपमहानर, नगरपालिका र गाउँपालिकामा क्रमशः कर्मचारी पठाउन […]
तीन घन्टा पैदल हिडेर स्कूल पुग्छन बालबालिका
काठमाडाैं, ३० असार । कक्षा १ मा पढ्ने सोनाम तामाङ दिनहुँ हिँडेर विद्यालय पुग्छन् । ६ वर्षीय सोनामलाई गोकर्णेश्वर महादेव मन्दिरबाट स्कुल पुग्न डेढ घण्टा लाग्छ । फर्किन त्यति नै समय लाग्छ । दिनमा तीन घण्टा हिँडेर सुन्ताखानको भीमदेव आधारभूत स्कुल पुग्छन् उनी । उनका दुई दिदी पनि हिँडेरै स्कुल जान्छन् । ८ वर्षीया दिदी […]
६ सामुदायिक विद्यालय नमूना विद्यालय घोषित
नवलपरासी, २७ असार । नवलपरासी जिल्लाका छवटा सामुदायिक विद्यालय नमूना विद्यालयका रूपमा छनोट भएका छन्। जिल्ला शिक्षा कार्यालयबाट भएको प्रारम्भिक मूल्यांकन तथा शिक्षा विभागले गरेको अवलोकन र मूल्यांकनका आधारमा आवश्यक मापदण्ड पूरा गरेका जिल्लाका छवटा विद्यालय छनोट भएका हुन्। नमूना विद्यालय घोषित हुनेहरुमा नेपाल मावि दिव्यपुरी देवचुली, शिव मावि कावासोती, नवजागरण मावि चोरमारा मध्यबिन्दु, महाकवि […]








