अमेरिका र ब्राजिलभन्दा पनि बढी संक्रमित एकै दिनमा भेटिए भारतमा

काठमाडौं । भारतमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित एकैदिन भेटिएका छन् । पछिल्लो २४ घन्टामा भारतमा ६२ हजार एक सय ७० जनामा संक्रमण पुष्टि भएको छ। यो संक्रमणदर उच्च रहेका देश अमेरिका र ब्राजिलको भन्दा पनि बढी संख्या भएको बताइएको छ । वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७१ हजार ९ सय ८६ […]

उडन्ते दावी गरेर ट्रम्पले पोष्ट गरेको भिडियो फेसबुकले हटाइदियो

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लाे समय निकै विवादमा परेका छन् । उनले कतिबेला के कुरा बाेल्छन भन्ने थाहा हुन्न । कहिले चीन त कहिले उत्तर काेरिया लगायतका देशहरुका विरुद्धमा बेलाबेला विवादास्पद अभिव्यक्ति दिइरहने ट्रम्पले पछिल्लाे समय काेराेना बारे यस्तै विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले दिएकाे उक्त विवादास्पद अभिव्यक्तिसहितकाे भिडियाे पाेष्टलाइ चर्चित सामाजिक […]

शक्तिशाली वम बिस्फोट हुँदा लेबनानमा कम्तीमा ७८ जनाको मृत्यु, ४,००० बढी घाइते

काठमाडाैं । लेबनानको राजधानी बेरुतमा ठूलो बिस्फोट हुँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ। बिस्फोटनमा परी चार हजार भन्दा बढी मानिस घाइते भएको लेबनानका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेरुत शहरको तटीय क्षेत्रमा भएको बिस्फोटको भिडियोमा धुवाँको मुस्लो उड्दै गरेको तथा आगो दन्किरहेको देखिन्छ । गोदाममा विगत ६ वर्षदेखि राखिएको बिस्फोटक पदार्थका […]

स्पेनका पूर्व राजाद्वारा देश छाड्ने घोषणा

काठमाडौं, २० साउन । करिब ४० वर्ष राज गरेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने भएका छन् । उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला देश छाड्न लागेको समाचार सार्वजनिक भएको हो। स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्याएका ८२ वर्षे कार्लोसले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले दिएको बीबीसीले जनाएको छ । उनले कहिले देश छाड्छन् […]

कोरोनाले एक मन्त्रीको मृत्यु, भारतमा गृहमन्त्रीसहित थुप्रै मन्त्रीमा देखियो कोराना

काठमाडाैं । भारतमा काेराेना संक्रमित एक मन्त्रीकाे मृत्यु भएकाे छ । नेपालसँग सीमा जाेडिएकाे उत्तर प्रदेशकी शिक्षामन्त्री कमल रानी वरुणको काेराेनाले मृत्यु भएकाे हाे । कोरोना संक्रमणभएपछि उपचारका लागि उनलाई गत जुलाई १८ तारिख एसजीपीजीआईमा भर्ना गरिएको थियो। तर उनलाई बचाउन सकिएन। उपचारकै क्रममा आइतबार बिहान उनकाे निधन भएकाे हाे । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले […]

अमेरिकाका दुई यात्री अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किँदै

एजेन्सी । अन्तरिक्ष स्टेशनबाट अमेरिकाका दुइ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किँन लागेकाे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।  अमेरिकाका अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किनका लागि अन्तरिक्ष यानमा उडान सुरु गरिसकेकाे बताइएकाे छ । उनीहरु ड्रयागन एनडेभर क्याप्सूल यान अन्तरिक्ष स्टेशनबाट अनडक गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ । उनीहरु स्थानीय समय अनुसार […]

इतिहासकै धाँधलीपूर्ण हुने भन्दै राष्ट्रपति निर्वाचन सार्ने ट्रम्पको प्रस्तावप्रति ओबामाको चर्को प्रतिवाद

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरका लागि तय गरिएको राष्ट्रपतीय निर्वाचन सार्न गरेको प्रस्ताव उनको पार्टीका वरिष्ठ नेताहरूले अस्वीकार गरेका छन्। नोभेम्बर चुनाव गर्दा धाँधली हुन सक्ने दाबी गर्दै यसको मिति सार्नुपर्ने ट्रम्पको प्रस्तावलाई सिनेटमा बहुमत प्राप्त उनकै पार्टी रिपब्लिकनका नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थी दुवैले अस्वीकार गरेका […]

विश्वभर कोरोना संक्रमित पुगे एक करोड ६१ लाख बढी, ६ लाख ४७ हजार बढीको मृत्यु

काठमाडौं । विश्वभर १ करोड ६१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिए छ । पछिल्लाे समय एकै दिन २ लाख ५८ हजार २०२ जनामा संक्रमण देखिए छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६१ लाख ८९ हजार ६१६ पुगेको छ । यसमध्ये ६१.१९ प्रतिशत संक्रमित उपचारपछि निको […]

चिनियाँ जनमुक्ति सेनाका वैज्ञानिकलाइ अमेरिकी सेनाले गर्यो गिरफ्तार

एजेन्सी । अमेरिकाको सानफ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावासमा लुकेको भनिएकी चिनियाँ जनमुक्ति सेनाकी वैज्ञानिक ताङ जुआनलाई अमेरिकी प्रहरीले गिरफ्तार गरेको छ। शुक्रबार ताङ पक्राउ परेको अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिका प्रवेश गर्ने क्रममा ताङले अमेरिकी अधिकारीहरुलाई आफ्नो सम्बन्ध चिनियाँ जनमुक्ति सेनासँग नभएको बताएकी थिइन्। चिनियाँ जनमुक्ति सेनाको पहिरन लगाएको फोटो उनको साथमा देखेपछि उनीमाथि अमेरिकी अधिकारीले […]

चीनसँग राम्रो सम्बन्ध रहेको भन्दै रुसद्वारा चीनविरुद्ध हुने गठबन्धनमा नलाग्ने घोषणा

काठमाडौं । रुसले चीनसँग सम्बन्ध राम्रो रहेको प्रष्ट पार्दै चीनविरुद्ध बनाइने अन्तराष्टिय गठबन्धनमा सहभागी नहुने जनाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले यसबारे प्रष्ट पारेका हुन् । अमेरिकाले चीनविरुद्ध नयाँ गठबन्धन बनाउन आह्वान गरेको भोलिपल्टै रुसले त्यसको जवाफ दिएको हो । शुक्रबार क्रेमलिनमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै दमित्री पेस्कोवले चीनसँग रुसको […]