अंगोलामा खाद्य असुरक्षा

लुआन्डा, २० कात्तिक । अफ्रिकी मुलुक अंगोलामा विषम सुख्खाका कारण पाँच लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको सामना गर्नुपर्ने देखिएको सरकारले जनाएको छ । अंगोला सरकारका खाद्य सुरक्षासम्बन्धी विभागका प्रमुख अर्मेलिण्डा कालिङ्गेद्वारा मंगलबार जारी विज्ञप्तिमा यस समस्यासँग जुध्न सरकारले नयाँ नीति एवं कार्यक्रम अगाडि सारेको बताइएको छ । कालिङ्गेले दश लाखमध्ये दुई लाखभन्दा बढी मानिस विशेष […]

अमेरिकी निर्णयप्रति फ्रान्सका राष्ट्रपतिद्वारा दुःख व्यक्त

साङ्घाइ, १९ कात्तिक । अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी मङ्गलबार संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक रुपमा नै पत्राचार गरेपछि फ्रान्सले सो निर्णयप्रति दुःख व्यक्त गरेको छ । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोले अमेरिकाको सो निर्णयले आफूलाई दुःख लागेको कुरा मङ्गलबार चीनमा बताएका हुन ।चीनको औपचारिक भ्रमणका क्रममा रहेका उनले अमेरिकाको यो निर्णयपछि जलवायू परिवर्तनका क्षेत्रमा […]

हवाई कारबाहीमा बाह्र तालिबान लडाकू मारिए

तालुकान, १९ कात्तिक । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् । लडाकू विमानले तालिबानलाई लक्ष्य गरी यो कारबाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले मङ्गलबार बताएका छन । यस हवाई कारबाहीमा अन्य पाँच लडाकू घाइते भएका पनि जानकारी दिइएको […]

निगमले मङ्सिरदेखि ग्वोञ्जाओ उडान गर्ने

काठमाडौँ, १८ कात्तिक । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले मङ्सिर महीनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको […]

यमनमा चार हजार सुडानी सैनिक मारिएको हुथीको दाबी

साना, १७ कात्तिक । यमनमा युद्धरत हुथी विद्रोहीहरुले कम्तीमा चार हजार सुडानी सैनिक मारिएको दाबी गरेका छन साउदी नेतृत्वको गठनबन्धनमा रहेर हुथी विरुद्ध लड्दै आएका सुडानी सैनिकहरु मारिएको हुथीका एक जना सैनिक प्रवक्ताले शनिबार जानकारी दिएका छन् । उनका अनुसार यो संख्या सन् २०१५ देखि अहिलेसम्मको मात्रै हो । “लडाईका क्रममा हाम्रा सेनाले सयौं सुडानी […]

विद्रोहीको आक्रमणमा उत्तरी अफगानिस्तानमा १२ जना मारिए

फैजाबाद, अफगानिस्तान, १७ कात्तिक । अफगानिस्तानको उत्तरी बदाखसान प्रान्तको नासाई जिल्लामा शनिबार तालिबान विद्रोहीको आक्रमणमा कम्तीमा १२ जना मारिएका छन् । प्रान्तीय प्रशासनका प्रवक्ता निक मोहम्मद नजारीले सुरक्षा जाँच चौकीमा तालिबानले गरेको आक्रमणबाट चार जना सुरक्षाकर्मी र आठ जना लडाकू मारिएको जानकारी दिए। तालिबान समूहले शनिबार साँझ नासाई जिल्लाका विभिन्न भागमा सुरक्षा जाँच चौकीहरुमा आक्रमण […]

आसियन सम्मेलन थाइल्याण्डमा सुरु

बैंकक, १७ कात्तिक । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन ९आसियन० को ३५ औँ सम्मेलन शुक्रबार थाइल्याण्डमा सुरु भएको छ । बहुपक्षधरता र सम्पर्क सञ्जालमा केन्द्रीत हुनेगरी थाइल्याण्डको राजधानी बैंककमा सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान ओ चाले दक्षिणपूर्वी एसियालाई समृद्ध र दिगो विकाससहितको क्षेत्र बनाउन आह्वान गरे । […]

दोस्रो विश्वयुद्धको समयमा रहस्यमय तरिकाले वेपत्ता भएको पनडुब्बी ७७ वर्षपछि भेटियो

काठमाडौं । दोस्रो विश्व युद्धको समयमा रहस्यमयी रुपमा हराएको एक पनडुब्बी ७७ वर्षपछि भेटिएको छ। बेलायतको पनडुब्बी दोस्रो विश्वयुद्धको समयमा ४४ सेनासहित समुन्द्रमै हराएको थियो । जानकारहरुका अनुसार उक्त पनडुब्बी रहस्यमय रुपमा हराएको थियो। ७७ वर्षपछि पनडुब्बी भेटिएपछि सबैजना आश्चर्यमा परेका छन्। सन् १९४२ अप्रिल २७ मा पनडुब्बी माल्टाको मेडिटेरानियन आइल्यान्डदेखि इजिप्टको अलेक्जेन्ड्रियाका लागि हिँडेको […]

बग्दादी मारिएको इस्लामिक स्टेटद्वारा पुष्टि, नयाँ नेता चयन

  बेरुत, १५ कात्तिक । इस्लामिक स्टेट्स आइएस समूहले उनीहरुका नेता अबु बकर अल–बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ । सो समूहले नयाँ नेताका रुपमा अबु इब्राहिम अल कुरैशीलाई नियुक्ति गरेको बिहीबार जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । ‘हामी तपाइँलाई एक वफादार कमाण्डरको रुपमा नियुक्त गर्दछौँ’ जिहादी समूहका प्रवक्ता अबु हमजा अल कुरैशीले बग्दादीको […]

गम्भीर प्रकृतिको मानसिक समस्या भएका बर्सेनि दश लाख अष्ट्रेलियाली उपचार गराउँदैनन्

क्यानबेरा, १५ कात्तिक । हरेक वर्ष गम्भीर प्रकृतिको मानसिक स्वास्थ्य समस्या देखिएका करिब दश लाख अष्ट्रेलियालीले उपचार नै नगराउने गरेका एक पछिल्लो अनुसन्धानमा देखिएको छ । यी मानसिक स्वास्थ्यका विरामीहरु उपचार नगराइ बस्ने गरेको रहस्य पनि सो अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रोडक्टिभीटी कमिसन नामक एक संस्थाको अनुसन्धानबाट मानसिक स्वास्थ्य सम्बन्धी समस्या […]