हमास प्रवक्ता अबु ओबेदिया मारिएको इजरायली दाबी

गाजा । इजरायलले गाजा सिटीमा गरिएको हवाई आक्रमणमा हमासको सशस्त्र विंगका प्रवक्ता अबु ओबेदियालाई मारिएको दाबी गरेको छ । इजरायली रक्षा मन्त्री इजरायल काट्जले एक्समा पोस्ट गर्दै इजरायली रक्षा बल (आईडीएफ) र सुरक्षा एजेन्सी शिन बेटलाई ‘सफल कार्यान्वयन’ को लागि बधाई दिएका छन् । हमासले भने ओबेदियाको मृत्युबारे कुनै पुष्टि गरेको छैन । समूहले यसअघि […]

इसराइली हवाई आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको दाबी

काठमाडौँ । हुथी विद्रोहीहरूले इसराइलको हवाई हमलामा यमनका प्रधानमन्त्री अहमद गालिब अल रहाबी मारिएको दाबी गरेका छन्। इसराइलले यमनको राजधानी सनामा बिहीबार गरेको भीषण हवाई आक्रमणमा यमनी प्रधानमन्त्री गालिब र अन्य थुप्रै उच्च अधिकारी मारिएको हुथी विद्रोहीले दाबी गरेका छन्। प्रधानमन्त्री गालिब मारिएको दाबीसहित हुथीले इसराइलले यसको नराम्रो परिणाम ब्यहोर्नुपर्ने चेतावनी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले […]

नास्सर अस्पतालमा इजरायलद्वारा चार पटक आक्रमण भएको पुष्टि

गाजा । दक्षिण गाजामा सोमबार भएको इजरायलको घातक आक्रमणमा नास्सर अस्पताल कम्तीमा चार पटक प्रहार भएको बीबीसी भेरिफाईले नयाँ भिडियो विश्लेषणमार्फत पुष्टि गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा तीव्र आलोचना भएको उक्त आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको बताइएको छ, जसमा पाँच पत्रकार पनि थिए। प्रारम्भिक प्रतिवेदनअनुसार अस्पताल दुई पटक मात्र आक्रमणमा परेको उल्लेख भए पनि नयाँ […]

मोदीको स्नातकसम्बन्धी प्रमाण पत्रबारे उच्च अदालतले भन्यो- व्यक्तिगत विवरण

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्नातक डिग्रीसम्बन्धी विवरण माग गरिएको विषयमा उच्च अदालत दिल्लीले ‘व्यक्तिगत विवरण’ भनेर व्याख्या गरेको छ। भारतीय अनलाइन लाइभ लका अनुसार केन्द्रीय सूचना आयोगले सन् २०१६ मा दिल्ली विश्वविद्यालयलाई स्नातक डिग्रीसम्बन्धी विवरण दिन निर्देशन दिएको थियो। त्यस निर्देशनलाई उच्च अदालतका न्यायाधीश सचिन दत्तको इजलासले रद्द गर्दै मोदीको डिग्रीसम्बन्धी विवरणलाई व्यक्तिगत […]

भारतको धर्मस्थलमा सयौँ महिलाको शव गाडेको दाबी गर्ने व्यक्ति पक्राउ

कनार्टक । भारतको दक्षिणी राज्य कर्नाटकको धार्मिक सहर धर्मस्थलमा हालै एक व्यक्तिले गरेको सनसनीपूर्ण दाबीपछि ठुलो हङ्गामा भएको छ। उनले विगतमा सयौँ महिलाहरूलाई बलात्कारपछि हत्या गरी आफूलाई जबरजस्ती गाड्न लगाइएको आरोप लगाएका थिए। धर्मस्थल, जहाँ शताब्दीयौँ पुरानो मञ्जुनाथ स्वामी मन्दिर रहेको छ, दैनिक हजारौँ भक्तजनहरूको आस्थाको केन्द्र हो। यही सहरमा यस्तो दाबी सार्वजनिक भएपछि स्थानीय […]

अम्बानीको कम्पनीमा सिआइबीको छापा, एफआइआर दर्ता

न्यूजकारखाना, नयाँ दिल्ली । सीबीआईले अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेसन्स (आरकम) विरुद्ध २ हजार करोड भन्दा बढीको बैंक ठगीको मुद्दा दर्ता गरेको छ।  सीबीआईले अनिल अम्बानीसँग सम्बन्धित कम्पनीको कार्यालय र स्थानहरूमा पनि छापा मारेको थियो। यो ठगी भारतीय स्टेट बैंक (एसबीआई) सँग भएको छ। केन्द्रीय वित्त राज्यमन्त्री पंकज चौधरीले लोकसभामा लिखित जवाफमा एसबीआईले पनि यस […]

दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा टर्‍यो

काठमाडौं । दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्प आएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, हालसम्म कुनै क्षतिको जानकारी प्राप्त भएको छैन। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार यो भूकम्पको केन्द्र अर्जेन्टिनाको दक्षिणतर्फ रहेको ड्रेक पैसेज नजिकै १०.८ किलोमिटर गहिराइमा गएको थियो। चिलीको नेभी हाइड्रोग्राफिक तथा ओसनोग्राफिक सर्विसले पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी जारी […]

रूसले अमेरिकी कम्पनीलाई निशाना बनाएर युक्रेनमा हान्यो ५७४ ड्रोन र ४० वटा मिसाइल

काठमाडौँ । रूसले युक्रेनमा एक महिनायताकै भीषण आक्रमण गरेको छ। दुई देशबीच युद्धविराबारे वार्ताको तयारी भइरहँदा रूसले युक्रेनमाथि बिहीबार ठूलो संख्यामा ड्रोन र मिसाइलहरूले आक्रमण गरेको हो। अमेरिकी टेलिभिजिन नेटवर्क सिएनएनका अनुसार रूसले पूर्वीदेखि पश्चिम युक्रेनका भूभागहरुलाई निशाना बनाएर हवाई हमला गरेको थियो।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रातभरिमा ५७४ वटा ड्रोन र ४० वटा मिसाइल रूसतर्फबाट हानिएको […]

मिर्गौला रोगसँग लडिरहेका फिनल्याण्डका सांसदले संसदभित्रै त्यागे प्राण

काठमाडौं । फिनल्याण्डको संसदमा ३० वर्षीय सांसद इमेली पेल्टोननले संसदभित्रै प्राण त्यागे गरेका छन् । उनले आफ्नो ज्यान आफै लिएको बताइएको छ । उनी सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) का सांसद थिए । पेल्टोननले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू मिर्गौला रोगसँग संघर्ष गरिरहेको उल्लेख गरेका थिए । त्यसपछि अर्को रोगसमेत देखिएपछि उनलाई संसदीय कामबाट बिदा लिनु […]

ट्रम्पलाई फकाउने जेलेन्स्की जुक्ति, गरे एक खर्ब डलरको अमेरिकी हतियार किन्ने प्रस्ताव

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुशी पार्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक खर्ब डलरको अमेरिकी हतियार किन्ने प्रस्ताव गरेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकाको अलास्कामा शुक्रबार छलफल गरेपछि ट्रम्पले सोमबार ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग कुरा गरे। सोही छलफलका क्रममा युरोपेली देशको आर्थिक सहायतामा युक्रेनले एक खर्ब डलरको अमेरिकी हतियार किन्ने वाचा […]