यमन सरकार नियन्त्रित क्षेत्रमा हुथी विद्रोहीद्वारा व्यापक गोलाबारी

यमनको हुथी समूहका लडाकूले सरकारी सेनाको रेड सी बन्दरगाह शहर होडेइडामा शनिबार राति व्यापक गोलाबारी गरेका सैनिक अधिकारीले बताएका छन् । हुथी समूहले सरकार नियन्त्रित होडेइडाको हे जिल्लामा मोर्टार र तोपद्वारा आक्रमण गरेका एक अधिकारीले आफ्नो नाम गोप्य राख्ने शर्तमा बताए । उनले सरकारी सेनाको सैन्य इलाका तथा तालीम शिविरमा गरेको आक्रमणबाट करीब १० जना […]

भेनेजुयलामाथि प्रतिबन्धको प्रभाब, तेलको मूल्यमा वृद्धि

तेलको मूल्यमा गत हप्ता भेनेजुयलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप आर्थिक प्रतिबन्धको घोषणाको प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा पनि परेको छ । ‘वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई)’ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि […]

चीन अमेरिकाबीच व्यापार वार्ता, सम्बन्ध सुधारमा प्रगति भएको दावी

एजेन्सी । वासिङ्टनमा भएको चीन र अमेरिकाबीचको व्यापार वार्तामा महत्वपूर्ण प्रगति भएको वार्तामा सहभागी दुवै समूहले शनिबार जनाएका छन् । वार्ताका लागि वासिङ्टनमा रहेको चिनियाँ र अमेरिकी उच्च प्रतिनिधिमण्डलका सदस्यबीच चीन–अमेरिकाबीच देखिँदै आएको आर्थिक एवं व्यापार विवादलाई समाधानका लागि बुधबार र बिहीबार छलफल भएको छ । चिनियाँ उप–प्रधानमन्त्री लिउ हेको नेतृत्वमा अमेरिका पुगेको वार्ता टोलीले […]

भेनेजुयलामा विपक्षीले सरकारी नेताहरुको हत्या योजना बनाएको दावी

एजेन्सी । भेनेजुयलाको विपक्षीद्वारा केही सरकार पक्षधर नेता तथा सैनिकको ‘सामुहिक हत्या योजना’ बनाएपनि यसलाई सुरक्षा फौजले विफल पारिदिएको गृहमन्त्री नेस्टोर रिभेरलले बिहीबार बताएका छन् । भेनेजुयलाको अतिवादी दक्षिणपन्थी समूहले केही राजनीतिक तथा सैनिक अधिकारीको सामुहिक हत्या गर्न एक समूहलाई तयार पारेको पाएपछि सुराकीको आधारमा उनीहरूको योजनालाई विफल पार्न सरकारी सुरक्षा फौज सफल भएको गृहमन्त्री […]

अमेरिका आइएनएफ सन्धिबाट फिर्ता हुने घोषणा

एजेन्सी । शीत युद्धकालीन समयमा अमेरिका र रूसबीच भएको महत्वपूर्ण मध्यम दूरीको आणविक हतियार सन्धि (आइएनएफ) बाट फिर्ता हुने घोषणा अमेरिकाले गरेको छ । अमेरिकाले सन्धिको रूसी पक्षबाट उल्लङ्घन भइरहँदा अमेरिकालाई यो सन्धिको पालना गर्न बाध्यकारी अवस्था नहुने बताएको छ । शनिबारदेखि लागुहुने गरी संयुक्त राज्य अमेरिकाले आइएनएफ सन्धिका शर्त तथा नियमलाई नमान्ने र क्रमशः […]

मोदीले ल्याए ग्रामीण तथा शहरी मध्यम वर्ग लक्षित चुनावी बजेट

एजेन्सी । नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारले थप पाँच वर्ष सत्तामा रहने योजनाका साथ शुक्रबार सार्वजनिक गरेको बजेटमा ग्रामीण तथा शहरी मध्यम वर्गलाई लक्षित गरी केही सुधारका कार्यक्रम ल्याएको छ । अर्थमन्त्री अरूण जेट्लीको अनुपस्थितिमा अन्तरिम अर्थमन्त्री पियुस गोयलले ल्याएको बजेटले मध्यम तथा निम्न वर्ग लक्षित कृषि क्षेत्रमा राहत तथा कर कटौतीलाई महत्व दिएको छ […]

ग्रामीण क्षेत्रका गरिबी नियन्त्रण गर्न क्वीचो प्रान्तबाट ७ लाख नागरिकलाई अर्को ठाउँमा लग्दै चीन

एजेन्सी । दक्षिणपश्चिम चीनको क्वीचोका दूर्गम क्षेत्रमा बसोबास गर्ने गरिबीको रेखामुनि रहेका करिब छ लाख ७० हजार नागरिकलाई विकसित समुदायमा लगेर सहज जीवनयापनका लागि प्रबन्ध गर्ने प्रान्तीय अधिकारीले जनाएका छन् । बुधबार प्रान्तीय सरकारको वार्षिक सम्मेलनमा स्थानीय अधिकारीले भने, चीन सरकार र राष्ट्रपति सी चिनफिङको गरिबी निवारण अभियानअन्तर्गत सन् २०१९ मा गरिब जनतालाई सुगम बस्तीमा […]

जिबोटी सामुद्रिक तटमा डुङ्गा दुर्घटना, १३० भन्दा बढी आप्रबासी बेपत्ता

एजेन्सी । उत्तरपश्चिमी अफ्रिकी मुलुक जिबोटीको सामुद्रिक तटमा दुई डुङ्गा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १३० आप्रवासी शरणार्थी बेपत्ता भएका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम)ले बुधबार जनाएको छ । आईओएमद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त सङ्गठनले भनेको छ, “जिबोटीको ओबोक क्षेत्र नजिकै मङ्गलबार बिहान भएका डुङ्गा दुर्घटनामा १३० जनाभन्दा बढी आप्रवासी शरणार्थी डुबेर बेपत्ता भएका छन् ।” अहिलेसम्म दुई […]

भयानक पाइप विस्फोटनमा परी ११७ जनाको मृत्यु

एजेन्सी । इन्धनको पाइप विस्फोटनमा परी मेक्सिकोमा मृत्यु हुनेको सङ्ख्या ११७ पुगेको छ । यही जनवरी १८ तारिखका दिन मेक्सिकोको हिडाल्गोमा भएको घटनामा परी मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म ११७ पुगेको सरकारी अधिकारीहरूले जनाएका छन् । उनीहरूले दिएको पछिल्लो जानकारी अनुसार मृत्यु भएकामध्ये ६८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ४९ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु […]

अन्ना हजारेले फेरि सुरु गरे अनसन

काठमाडाैं । भारतमा भ्रष्टाचार विरोधी आन्दोलनका कारण चर्चित सामाजिक अभियन्ता अन्ना हजारेले फेरि अनसन सुरु गरेका छन् । जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै उनले आफ्नै गाउँ रालेगणमामा बुधबार अनसन सुरु गरेका हुन् । महाराष्ट्रको अहमदनगर, रालेगण सिद्धीमा अनसन बसेका हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक/पटक आग्रह गर्दा पनि विधेयक कार्यान्वयन नगरेकाले आन्दोलन सुरु गरेको […]