काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकारले शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गोली चलाए अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। इरानमा आइतबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि त्यहाँ प्रहरीले गोली चलाएको छ। शुक्रबारसम्म ७ प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रदर्शनकारी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएका छन्। जसबाट प्रहरीहरू पनि घाइते भएका […]
विश्व
खालिदा जियाका छोरालाई मोदीले पठाए समवेदना पत्र, बंगलादेशसँग सम्बन्ध सुधारको पहल
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमानलाई व्यक्तिगत सन्देश पठाउँदै छिमेकी देशसँग सम्बन्ध सुधार गर्न चाहेको संकेत गरेका छन्। रहमानकी आमा तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको निधनपछि पठाएको समवेदना पत्रमार्फत मोदीले यो कूटनीतिक पहल गरेका हुन्। गत वर्ष सत्ताच्यूत भएर हाल भारत निर्वासनमा रहेकी प्रधानमन्त्री शेख हसिनाको […]
पेरुमा रेल दुर्घटना, एक जनाको मृत्यु, ४० बढी घाइते
एजेन्सी । पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको र कम्तीमा ४० जना घाइते भएका छन्। मृतकमध्ये एक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्टि गरेको छ। अधिकारीहरूले घाइते यात्रुहरूको पहिचान गरिरहेको बताएका छन् । धेरैजसो घाइते विदेशी पर्यटक हुन् र अधिकांशको अवस्था गम्भीर छ । घटनास्थलमा यात्रुहरूले पठाएका भिडियोमा घाइतेहरू रेल पटरिमा लेटेका […]
चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण
काठमाडौँ । चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार दुई नयाँ उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ । ‘शिजियान–२९ए’ र ‘शिजियान–२९बी’ नामका उपग्रहहरू बिहान ६ः४० बजे (बेइजिङ समय) लङ मार्च–७ए वाहक रकेटमार्फत प्रक्षेपण गरिएका हुन् । प्रक्षेपणपछि दुवै उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् । शिजियान–२९ए र शिजियान–२९बी चीनद्वारा प्रक्षेपण गरिएका प्रायोगिक […]
युक्रेन पुनर्निर्माणमा रुसले सहयोग गर्ने ट्रम्पको दाबी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको पुनर्निर्माणमा रुसले सहयोग गर्ने बताएका छन् । आइतबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फ्लोरिडामा भेटवार्तापछि पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले ‘रुसले युक्रेनलाई सफल भएको देख्न चाहन्छ’ बताए । उनका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई ऊर्जा, बिजुली तथा अन्य सामग्रीहरू सस्तो मूल्यमा उपलब्ध गराउने इच्छा व्यक्त गरेका छन् । […]
ताइवानलाई अर्बौंको हतियार बेच्न लागेपछि चीनले लगायो अमेरिकी कम्पनी र अधिकारीलाई प्रतिबन्ध
एजेन्सी । ताइवानलाई अर्बौं डलरको हतियार बिक्री गर्ने निर्णयपछि चीनले २० वटा अमेरिकी कम्पनी र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ। चिनियाँ विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गरी बोइङको सेन्ट लुइसस्थित रक्षा शाखासहित नर्थरोप ग्रुम्यान सिस्टम्स कर्पोरेसन र एल–३ह्यारिस म्यारिटाइम सर्भिसेसजस्ता कम्पनीहरूलाई प्रतिबन्ध सूचीमा राखिएको जनाएको छ। प्रतिबन्धमा परेका व्यक्तिहरूमा एन्डुरिल इन्डस्ट्रिजका संस्थापकसहित ती कम्पनीका ९ जना […]
बस र लरी ठोक्किँदा कर्नाटकमा ११ जनाको मृत्यु
काठमाडौँ । भारतको कर्नाटकस्थित चित्रदुर्गमा बस र लरी ट्रक ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ। बिहीबार बिहान २ बजे बेंग्लुरूदेखि गोकर्ण जाँदै गरेको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक ठोक्किएको थियो। दुर्घटनामा २४ जना घाइते भएको बिबिसीले जनाएको छ। ठक्करपछि बसमा आगो लागेको थियो। बसमा ३२ यात्रु सवार थिए। हालसम्म ११ शवको पहिचान भएको र […]
रूसी वरिष्ठ जनरल मारिएको ठाउँ नजिक फेरि विस्फोट, दुई प्रहरीको मृत्यु
काठमाडौँ । रूसको राजधानी मस्कोमा बम विस्फोट हुँदा २ प्रहरीसहित तीन जनाको मृत्यु भएको छ। एक व्यक्ति शंकास्पद गतिविधि गरिरहेको जस्तो देखिएपछि दुई जना प्रहरी अधिकारी ती व्यक्ति नजिक पुगेका थिए। उनीहरू नजिक पुग्नासाथ ठूलो आवाजसहित विस्फोट भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। विस्फोटमा परी दुई प्रहरी अधिकारी र ती संदिग्ध व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। […]
दक्षिण अफ्रिका : रक्सी पसलभित्र चल्यो अन्धाधुन्ध गोली, ९ जनाको मृत्यु
काठमाडौँ । दक्षिण अफ्रिकाको जोहन्सबर्ग नजिकैको एउटा सहरमा अन्धाधुन्ध गोली चलेको छ। बेकर्सडाल टाउनसिपमा रहेको एउटा रक्सी पसलभित्रै छिरेर एक समूहले गोली चलाउँदा ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। आइतबार मध्यराति १ बजे एउटा गाडीमा आएका बन्दुकधारीहरूले मदिरा पिउँदै बसेका व्यक्तिहरूमाथि गोली चलाएका थिए। घटनामा १० जना घाइते भएका छन्। गोली चलेपछि […]
इमरान खान दम्पतीलाई अदालतले तोक्यो १७–१७ वर्ष जेल सजाय
काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ । तोशाखाना अनुसन्धानसँग जोडिएको मुद्दामा शनिबार २० डिसेम्बरको दिन अदालतले खान दम्पतीलाई समान १७ वर्ष जेल सजाय सुनाएको हो । १७–१७ वर्षको जेल सजायसँगै अदालतले इमरान खान र बुशरा बीबीलाई १ करोड ६४ लाख […]











