जापान बाट ग्लोबल रारामार्टको संचालन गरिदै

नेपाली यूवाहरुको एक समुहले जापान बाट ‘ग्लोबल रारामार्ट’ नामको एक अनलाईन शपिङ ब्यापारको शुरुवात गरेको छ। अमेजन साइट जस्तै रारामार्ट पनि अनलाईन शपिङ प्लेट्फर्म हो।यस ग्लोबल रारामार्ट मार्फत पनि अमेजन ,राकुतेन अनलाईन शपिङ जस्तै आफुलाई चाहिएको सामानहरु घरमै बसेर किन्न सकिनेछ । रारामार्टमा जापानमै उच्च शिक्षा पुरा गरेका केही बौद्धिक यूवाहरुको समुह सक्रिय छ। झण्डै […]

गल्कोट समाज जापानको पाचौ अधिबेशन टोकियोमा हुदै

गल्कोट समाज जापानको पाचौ अधिबेशन जुलाई ३१ तारिख दिनको १ बजे देखि टोकियोमा हुने भएको छ । यस अघि बसेको अन्तिम बैठकले अधिबेशनको मिति र स्थान तय गर्दै आगामी पाचौ अधिबेशनमा उपस्थित हुन् सम्पूर्ण गल्कोटे जापानबासि दाजुभाइ तथा दिदिबहिनीहरुलाइ अनुरोध गरेको छ । टोकियोको सिनओकुबो स्थित टोकियो रोधी क्लबको पछाडी रहेको Laboratory Okubo Hall Earls […]

राजदूत राणाको एक बर्षे समिक्षा

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले जापानमा आफनो कार्यकाल नेपाल र नेपालीका लागि फलदायी भएको दावी गर्नुभएको छ। मंगलबार राजदूत निवासमा आयोजना गरिएको एक कार्यक्रममा राजदूत राणाले आफनो कार्यकालमा भएका कार्यप्रगति सहित विभिन्न कार्यक्रमका बारेमा सविस्तार जानकारी गराउनु भयो। एक वर्ष भित्र जापानका राजा सहित प्रधानमन्त्री लगायतका उच्चतहमा विशेष भेटघाट सम्पन्न भएको भन्दै उहाँले निकट […]

नेपाल–जापान सीधा हवाई सेवा सञ्चालन हुदै

नेपाल–जापान सीधा हवाई सेवा सञ्चालनका लागि द्विपक्षीय सम्झौता भएको छ ।  सोमबार नेपाल र जापानका सरकारी अधिकारीहरुबीच वार्तापछि सीधा हवाई सञ्चालन गर्ने सम्झौता टोकियोमा भएको हो । टोकियो स्थित नेपाली दूतावासका अनुसार नेपाल -जापान हवाई सेवा सम्झौता २५ वर्षपछि पुनरावलोकन भएको हो । यसअघि नेपाल–जापानबीच १९९३ मा सीधा हवाई उडान गर्ने सम्झौता भएको थियो । सोमबार टोकियोमा […]

काश्मिरमा भाजपाले छोड्यो सरकार

Narendra-Modi

नयाँदिल्ली । भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले मंगलबार काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ । आफूहरूले अपेक्षा गरेअनुसार गठबन्धन सरकारले काम गर्न नसकेकाले गठबन्धनमा बसिरहन सक्ने अवस्था नरहेको भाजपाले जनाएको छ। आतङ्कवाद र हिंसा अन्त्यका लागि पनि प्रभावकारी भूमिका सरकारले खेल्न नसकेको भाजपाका नेताहरूको भनाई छ। नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै भाजपाका […]

आफ्नो परमाणुको सुरक्षा ग्यारेन्टी नगरेरै किम परमाणु हतियार नष्ट गर्न तयार भएपछि चीन दङ्ग

एजेन्सी । किम जोङ उन र डोनाल्ड ट्रम्पको भेटवार्तालाई लिएर चीन तीन छक्क परेको छ। चीनको सरकारी च्‍यानल सीजीटीएनले उक्त भेटलाई प्रत्‍यक्ष प्रशारण गरेका थिए। चिनियाँ सरकारी च्‍यानलका एक सम्बाददाता सिंगापुरमा थिए भने दोस्रो स्टुडियोमा। किम-ट्रम्प भेटको बारे आपसमा कुरा गर्दै उनीहरुले उत्तर कोरिया आफ्नो परमाणुको सुरक्षा ग्‍यारेन्टी नगरीकनै परमाणु हतियारलाई नष्ट गर्न राजी भएको […]

नेपालको कूटनीतिक सम्बन्ध १५९ मुुलुकमा विस्तार

काठमाडाैं । नेपाल र बेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सहमतिपत्रमा संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगमा बुधबार आयोजित एक कार्यक्रममा उक्त विश्व संस्थाका लागि नेपाल र सेन्ट क्रिष्टोफर एण्ड नेभिसका स्थायी […]

आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा एक नेपाली युवाको मृत्यु

पर्वत, १८ जेठ । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका […]

युक्रेनमा एक रुसी पत्रकारको गोली हानी हत्या

एजेन्सी । युक्रेनको राजधानी किएभमा एकजना रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसी पत्रकार अर्काडी बबचेन्कोको उनको घर नजिकै गोली हानी हत्या भएको युक्रेनको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ४१ वर्षका बबचेन्कोलाई किएभमा रहेको उनको घर नजिकै गोली प्रहार भएको हो । उनकी श्रमतीले बबचेन्कोलाई फ्ल्याटको प्रवेशद्धार नजिकै रक्ताम्य अवस्थामा भेटाएकी […]

समयसंगै प्रविधिको विकास अपरिहार्य:महाविर पुन

जापान सरकार तथा टेलिकम्युनिकेशन युनियन जापानको विशेष सम्मान लिन जापान आउनु भएका डा. महाविर पुनसंग गैरआवासिय नेपाली संघ ( एनआरएनए)जापानले आईतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एनआरएन जापानका अध्यक्ष टासि वाङदी लामाले स्वागत मतब्य सहित शुभकामना दिनुभएको अन्तरक्रिया कार्यक्रममा डा महाविर पुनले शुरु गर्नु भएको नेपाल आविष्कार केन्द्र र देश विकासमा प्रविधिक विकासकको आवस्यकताको […]