काठमाडौं, १४ पुस । अमेरिकाको न्युयोर्कमा बस्दै आएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह “भन्दिनु है बा !” को नेपालामा लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले एक कार्यक्रमकाबीच पुस्तक लोकार्पण गरेका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो समारोहमा समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षता रहेको थियो भने कुलपति […]
प्रवास
कोरियाबाट फर्केका नेपालीलाई नेपालमै रोजगारीको अवसर
काठमाडौँ, ११ पुस । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी फर्केका युवालाई नेपालमै रोजगारीको अवसर उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ । नेपाल भ्रमणमा रहेका कोरियाको मानव संशाधन विभागका उपाध्यक्ष र नेपालमा रहेका विभिन्न कोरियाली कम्पनीका प्रमुखबीच कोरियाबाट फर्केका नेपाली युवालाई काम दिलाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीसँगै कोरियाबाट फर्केका नेपालीले कोरियाली […]
जापान सरकारले नेपालीलार्इ श्रम अनुमति दिने
काठमाडौँ, १० पुस । जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो । जापानी अखवार द जापान टाइम्सले जापनी मन्त्रिपरिषद्को आजको बैठकको निर्णय भन्दै […]
नेपाल यूएई फ्रेण्डसीप सोसाइटी गठन
काठमाडौँ, २६ मङ्सिर । नेपाल र संयुक्त अरब इमिरेट्स यूएईबीचको पर्यटन प्रवद्र्वन तथा सांस्कृतिक आदानप्रदान तथा मैत्री सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले नेपाल यूएई फ्रेन्डसीप सोसाइटी गठन गरिएको छ । सोसाइटीको अध्यक्षमा लेखक मोहनकृष्ण श्रेष्ठ, उपाध्यक्ष जेपी सापकोटा, महासचिव दामोदर नेपाल, कोषाध्यक्ष ज्ञानु गजमेर, सदस्य हिमालयश्वरी मानन्धर, रविन्द्र दाहाल, मुकेश झा, सपना थापा शाह र […]
एनआरएनएले नेपालमा १ अर्बको लगानी कोष बनायो
काठमाडाैं । गैर अावासीय नेपाली संघले नेपालमा लगानी गर्नका लागि १ अर्बकाे काेष स्थापना गर्ने घाेषणा गरेकाे छ । हङकङमा अाइतबार सम्पन्न एनअारएनएकाे एशिया प्रशान्त क्षेत्रीय सम्मेलन तथा प्रथम महिला भेलामा याे काेषकाे घाेषणा गरिएकाे हाे । यसैगरी एनअारएनएकाे भेलाले नेपालकाे संविधानकाे धारा २९१ खारेज गर्न माग पनि गरेको छ। संविधानको धारा २९१ ले कुनै […]
चालकसँगै पैसा असुलेर विदेश पुर्याउने राजदुत लक्की बोलाइन काठमाडौ
काठमाडौँ, २३ मंसिर । आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ । परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ । चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिन भएको मन्त्रालयले जनाएको छ । ‘राजदूत शेर्पालाई […]
पोर्चुगलमा एक नेपाली महिलाको निधन
काठमाडाैं । क्यान्सर रोगबाट पीडित एक नेपाली महिलाको पोर्चुगलमा निधन भएको छ । विगत लामो समयदेखि सपरिवार पोर्चुगल बस्दै आउनु भएकी पोखरा महानगरपालिका– १७ छोरेपाटनकी ३९ वर्षीया मिरा नेपालीको निधन भएको हो । नेपालीको उपचारका क्रममा बुधबार राति अस्पतालमा निधन भएको नारी समाज पोर्चुगलकी अध्यक्ष सिता बरालले जानकारी दिए । मृतक नेपाली तीन वर्षदेखि क्यान्सर […]
मलेसियाको पेनाङमा एक नेपाली युवाको दुर्घटनामा परी मृत्यु
काठमाडौँ । मलेसियामा एक नेपालीको आइतबारराति सडक दुर्घटनामा ज्यान गएको छ । बर्दियाको राजपुरका सुरेश केसीको मलेसियाको पेनाङमा ज्यान गएको हो । केसी १४ वर्षदेखि मलेसियामा कार्यरत थिए । सँगै कार्यरत नेपालीहरुले जानकारी दिए अनुसार उनी चाँडै घर फर्किने तयारीमा थिए। त्यहाँ रहँदा उनले इपो, ताइपिङ तथा पेनाङमा रहेर काम गरेका थिए । केसी स्थानीय […]
मलेसियामा नेपाली युवालार्इ यसरी कुटीकुटी हत्या प्रयास भएपछि यो भिडियो विश्वभर भार्इरल
काठमाडौं । मंसिर १२- केहि दिन अगाडी सामाजिक संजालमा एउटा यस्तो भिडियो आयो, जुन हेरेपछि विश्वको कुना-कुनामा रहेका नेपाली मानिसहरुको आँखा रसायो । घटना यहि असोज ३ गते (नोबेम्बर १९) साँझको हो । बिगत ५ वर्ष देखि मलेसियाको सेरेबान भन्ने ठाउँको कवालन केसेलामतन सेन्ट्रल सेक्युरिटी कम्पनिमा काम गर्दै आएका तेर्हथुम जिल्ला, आठराई गाउपालिका-५ निवासी कुल […]
अमेरिकी मध्यावधि निर्वाचनमा नेपाली मुलका भण्डारीले जिते
अमेरिकामा मंगलबार मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारीले महत्वपूर्ण पदमा जित हाँसिल गरेका छन् । उनी डेमोक्र्याटिक पार्टीका तर्फबाट मेरील्याण्ड राज्यको हाउस अफ डेलिगेट्समा निर्वाचित भएका हुन् । मेरील्याण्ड राज्यको डिस्ट्रिक एट बाट चुनिने तीन सदस्य मध्ये दोस्रो बढी मत हाँसिल गरेर भण्डारीले पद सुरक्षित गरेका हुन् । ४१ वर्षका भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर […]











