भक्तपुर, २ असोज । भक्तपुर नगरका टोलटोलमा इन्द्रको मूर्तिस्वरूप यमःद्यो ठड्याइएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन भक्तपुरका टोलटोलमा यमःद्यो ठड्याएर इन्द्रजात्रा सुरु गरिन्छ । इन्द्रजात्रा सुरूवातको दिन भक्तपुरको टोलटोलमा यमः द्यो ठड्याउने गरिन्छ। जात्राको पहिलो दिन स्थानीय गुठियारले नगरको टोलटोलमा विधिवत् पूजाआजासहित नगरका ईताछें, तेखापुखुः, मुलाखुः, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, गःहीटी, महालक्ष्मी स्थान, […]
पर्यटन
असोज पहिलो साताबाट अन्नपूर्ण आधारशिविर खुल्दै
पोखरा । कोरोनाले बन्द अन्नपूर्ण आधारशिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदमार्ग खुल्ने भएको हो । विश्वकै उत्कृष्ट १० मध्येको उक्त पदमार्गमा पर्ने सो आधारशिविर क्षेत्रमा स्वास्थ्यमापदण्ड बनाएर पदयात्रा खोल्न लागिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलिप गुरुङले बताए । […]
चीनको छेन्दुबाट आएको जहाज झण्डै २ घन्टा काठमाडौंको आकाशमा होल्ड
काठमाडौं । चीनको छेन्दुबाट काठमाडौं आएको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभर सुट गरेको छ । विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले पाइलटले जहाजलाई ओभरसुट गराएका हुन् । मौसम अनुकूल नभएपछि जहाजले एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मारेको थियो । आज बिहान साढे ६ बजे अवतरणको समय रहे पनि सो जहाज बिहान […]
आन्तरिक हवाई उडान ५० प्रतिशत क्षमतामा खुलाउने निर्णय, ११ देशमा हप्तामा २७ उडान हुने
काठमाडौं । कोविड महामारी संख्या बिस्तारै घट्दै गर्दा सरकारले आन्तरिक हवाई उाडन खुला गर्ने निर्णय गरेको छ। ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । उडान तालिका बुधबार तय गरिने मन्त्रालयले जनाएको छ। वैशाख २० गतेबाट आन्तरिक उडान बन्द गरेको थियो। यस्तै, सरकारले अन्तर्राष्ट्रिय उडान पनि सञ्चालन […]
सेल्फी खिच्दै गर्दा हात्तीको आक्रमणबाट एकको मृत्यु
विराटनगर । मोरङ सुनवर्षी नगरपालिका ८ कुरेलीमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। स्थानीय २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो। आज बिहान भारतबाट नेपाल प्रबेश गरेको एउटा जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाइते भएका थिए। घाइते मियालाई न्युरो […]
सगरमाथा आरोहणका क्रममा मृत्यु भएका आरोहीको शव काठमाडौँ ल्याइयो
काठमाडौँ । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडौँ ल्याइएको छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडौँ ल्याइएको हो । सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करीब ६ : ०० बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृत्यु भएको जिल्ला प्रहरी […]
१५ वर्षको अवधिमा बाघ र अर्नाको संख्या दोब्बर
काठमाडौं । नेपालमा विगत १५ वर्षको वन्यजन्तुको तथ्यांक विश्लेषण गर्दा बाघ तथा अर्नाको संख्या करिब दोब्बर अनुपातले वृद्धि भएको छ। यो अवधिमा बाघको संख्या २३५ र अर्नाको संख्या ४४१ रहेको देखिएको छ। त्यस्तै सन् २००० मा ६१२ गैँडा रहेकामा सन् २०११ को गणनामा ४३४ रहेको थियो। सन् २०१४ मा पुनः वृद्धि भई गैँडाको संख्या ६४५ […]
आर्थिक सर्वेक्षणः कोभिडबाट सबैभन्दा बढी प्रभावित बन्यो पर्यटन क्षेत्र
काठमाडौं । कोभिड १९ को महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको अर्थ मन्त्रालयले जनाएको छ। आर्थिक सर्वेक्षण जारी गर्दै मन्त्रालयले पर्यटन क्षेत्रमा उच्च संकुचन हुने उल्लेख गरेको छ। सन् २०१९ मा विदेशी पर्यटक २.१ प्रतिशतले बढेकोमा महामारीका कारण ८०.८ प्रतिशतले घटेको थियो। सन् २०२० मा २ लाख ३० हजार पर्यटक मात्रै भित्रिएको सर्वेक्षणले देखाएको […]
आफ्नै कीर्तिमान तोड्दै कामिरिताले चढे २५औँ पटक सगरमाथा
काठमाडौं । नेपाली आरोही कामिरिता शेर्पाले २५औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नो कीर्तिमान तोडेका छन्। याे वर्ष वसन्त ऋतुको पहिलाे आरोहणका रुपमा उनीसहित १२ जनाले सगरमाथाको चुचुरोमा टेकेका हुन्। सेभेन समिटका अनुसार साँझ ६ बजे उनी सगरमाथाको चुचुरोमा पुगेका हुन्। शेर्पाले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने टोलीको नेतृत्व लिएका थिए। उनले पहिलो पटक सन् १९९४ मा […]
आशापुरी महादेव क्षेत्र प्राकृतिक मनोरम तीर्थ स्थल
साँगाबाट दक्षिण अवस्थित तथा भक्तपुर डोलेश्वरबाट ६ किलोमिटरको दुरीमा अवस्थित प्रशिद्द आशापुरी महादेव क्षेत्र प्राकृतिक मनोरम तीर्थ स्थलको रुपमा प्रख्यात छ। आशापुरी महादेव नैचाल र काँक्रेबारी दुई नदीको संगमस्थल दोभानमा अवस्थित छ । चारैतिर पहाडले घेरिएको खोचमा रहेको स्थल प्राकृतिक दृष्टिले अति रमणीय छ । मन्दिरको अग्रभाग दक्षिणतर्फ फर्किएको छ । मन्दिरभित्र विराजमान आशापुरेश्वर महादेवको […]











