पर्ने मुल्यभन्दा जवरजस्त बढी हालेर निगमको वाइड बडी किनिएको खुलासा

NAC-New-Aircraft

काठमाडौँ, १८ पुस । कान्डै कान्ड रहेकाे नेपाल वायुसेवा निगममा अर्काे वाइडवडी कान्ड अाएकाे छ । यस काण्डमा पर्यटन मन्त्री समेत जाेडिएका छन् । यसै सन्दर्भमा निगमकाे वाइडवडी खरिदमा भएकाे अनियमितता छानविन गर्न गठित संसदको सार्वजनिक लेखा समितिको उपसमितिले अाफ्नाे प्रतिवेदन बुझएकाे छ । प्रतिवेदनमा निगमले दुईवटा वाइड बडी जहाज किन्दा करिव ४ अर्ब ३५ […]

सौराह हात्ती महोत्सवमा बिजुलीकलीले ब्यूटी हात्तीको उपाधि प्रदान

साैराह, १४ पुस । अङ्ग्रेजी नयाँ वर्षकाे अवसर पारेर चितवनकाे साैराहमा अायाेजना गरिएकाे हात्ती महाेत्सवमा बिजुली कली नाम दिइएकाे पाेथी हात्तीलार्इ उपाधि दिइएकाे छ । जारी हात्ती महोत्सवको ब्युटी कन्टेस्टमा बिजुली कलीले उपाधी जितेकी हुन् । बिजुलीकली १८ वर्षकी भएकी छिन । बिजुली कलीले उपाधि हात पार्दा हर्काे हात्ती चम्पाकली फस्ट रनरअप भएकी छ । […]

मनाङमा अत्यधिक हिमपात, लगातार १८ घन्टासम्म हिमपात रोकिएन

मनाङ, १३ पुस । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ ।  अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ ।  प्रमुख जिल्ला […]

सौराहामा पन्ध्रौँ चितवन हात्ती महोत्सव शुरु

भरतपुर, १२ पुस । चितवनको पर्यटकीय क्षेत्र सौराहामा  ‘पन्ध्रौँ चितवन हात्ती महोत्सव’ शुरु भएको छ ।  सौराहाको बाघमारा चौरमा शुरु भएको महोत्सवमा आज पहिलो दिन हात्ती वाक र छावाको मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । हात्ती वाकतर्फ भएको प्रतिस्पर्धामा चार वटा हात्ती दोस्रो चरणमा प्रवेश गरेका छन् । लक्की कली, पूजा कली, रानीमाया कली […]

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुने

काठमाडौँ, १० पुस । नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यले ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट–२०१८’ आयोजना गरिने भएको छ । आगामी पुस २६ देखि २८ गतेसम्म लुम्बिनी र भैरहवामा आयोजना हुने मार्टमा १५० भन्दा बढी मुलुकको सहभागीतासहित स्वदेशी र विदेशी गरी करीब १०० वक्ता र ४० को हाराहारीमा ब्लगरले भाग लिनेछन् । हालसम्म दक्षिण […]

डाकापानी सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

परासी, ९ पुस । पश्चिम नवलपरासीको सुनवल–४ स्थित डाकापानी सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । को सङ्ख्या बढ्न थालेको छ । पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको सिमसार क्षेत्रको अवलोकन गर्नका लागि स्थानीयवासीदेखि पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुसमेत पुग्ने गरेका छन् । जङ्गलको बीचमा अवस्थित सिमसार क्षेत्रको संरक्षण गरी आकर्षक पोखरी निर्माण गरिएपछि यहाँ आन्तरिक […]

नेपालमा चरा हेर्न आउने पर्यटक बढे

पोखरा, ३ पुस । हिमाल, ताल र प्राकृतिक सौन्दर्यले मात्र होइन पछिल्लो समय पोखरा र आसपासको क्षेत्रमा पाइने चराचुरुङ्गीले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । “ताल वरपर र आसपासका क्षेत्रमा चरा हेर्ने पर्यटक पनि आउने गरेका छन् जसले पोखराको पर्यटनलाई बढाएको छ,” विगत २६ वर्षयता चरा गाइडका रूपमा काम गर्दै आएका हरि केसीले बताउँछन । […]

स्वस्थानीको लावण्य देशमा पर्यटन फस्टाउँदै

काठमाडौँ, १ पुस । श्रीस्वस्थानी कथामा ‘लावण्य देश’ को नामबाट चित्रित शङ्खरापुरमा पर्यटकीय विकासको सम्भावना बढ्दै गएको छ । काठमाडौँ जिल्लामै रहेर पनि ओझेलमा परेको यस क्षेत्रमा ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेका क्षेत्रका साथै जहरसिंह पौवा वनभोजस्थल, देउरालीमा सञ्चालित प्याराग्लाइडिङ र स्थानीय होटेल खुलेसँगै पर्यटकीय चहलपहल बढेको हो । काठमाडौँको रत्नपार्कबाट १८ किलोमिटरको दूरीमा […]

नगरकोटमाथि चारैतिर कर उठाइएकोमा विरोध भइरहेका बेला चार नगरले गरे यस्तो निर्णय

बनेपा, २१ मङ्सिर । पर्यटकीय क्षेत्र नगरकोट जाने विदेशी पर्यटकका लागि दोहोरो कर लिएको भन्दै होटल व्यवसायी र स्थानीय बासिन्दाले कर लिने काम बन्द गर्न आग्रह गर्दै विरोध गरिरहेका बेला सो क्षेत्रको सिमानामा परेका चार नगरपालिकाले बिहीबार चार बुँदे निर्णय गरेका छन् । काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा पर्ने पर्यटकीय क्षेत्र नगरकोटमा जाने विदेशी पर्यटकलाई […]

जाडो बढ्न थालेपछि जिल्ला छोड्दै मनाङवासी

मनाङ, १९ मङ्सिर । मंसिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ । मङ्सिर, पुस र माघमा बढी जाडो हुने हुँदा यहाँका बासिन्दा जाडो छल्न अन्यत्र सर्ने गर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र धारापानीका […]