तनहुँ, १६ मंसिर । तनहुँमा चितुवाको आक्रमणबाट एक बालककाे मृत्यु भएकाे छ । शनिवार राती तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षका अमृत गुरुङकाे चितुवाकाे अाक्रमणबाट मृत्यु भएकाे हाे । चितुवाको आक्रमणबाट घाइते भएका बालक अमृतलार्इ तनहुँकै डुम्रेस्थित लक्ष्मी अस्पतालमा पुर्याइएकाे थियाे । साेही अस्पतालमा उपचारको क्रममा उनकाे निधन भएको हाे । खाना खाएर हात धुन […]
पर्यटन
वार्डडबडी जहाज खरिदमा कुनै गल्ती र अनियमितता भएको पाइएमा तत्काल कारबाही गर्ने पर्यटन मन्त्रीको उदघोष
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वार्डडबडी जहाज खरिद प्रकरणमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्ने उद्धघोष गरेका छन् । उनले भने,‘अहिले जहाज खरिद प्रकरणबारे संसदीय समितिले छानबिन गरिरहेका छन् । मन्त्रालयले संसदीय समिति तथा अन्य छानबिन समितिलाई सहयोग गरिरहेको छ । यदि खरिद प्रकरणमा अनियमितता भएको भेटिए सरकारले कारबाही गर्छ […]
रारा तालको सरसफार्इमा जुटे रारावासी
मुगु । नेपालको सबैभन्दा ठूलो ताल राराको सरसफाई गरिएको छ । रारा पर्यटन विकास समिति र रारा एडभेञ्चर प्रा.लि., रारा मुर्मा होमस्टे र रारा वरिपरीका स्थानियहरुको सहकार्यमा राराको सरसफाई गरिएको हो । राराको सुन्दरता नामिट हुन नदिनका लागि राराको सुन्दरता सदियौँसम्म कायम राख्नको लागी रारा सरसफाई अभियान सञ्चालन गरिएको रारा पर्यटन विकास समितिका अध्यक्ष देबिकृष्ण […]
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङ आइतवारबाट पूरै व्यवस्थित
काठमाडौं । अस्तव्यस्त रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङ आइतबारबाट व्यवस्थित बनाइएको छ। विमानस्थलबाट सञ्चालन हुने ट्याक्सीलाई आइतबारदेखि नवनिर्मित ‘पार्किङ भवन’ मा सारेर व्यवस्थित गरिएको हो। विमानस्थल भित्र ट्याक्सी जथाभावी पार्किङ गर्दा अत्यधिक चाप बढेको र यात्रुलाई असहज भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले पार्किङलाई एकै स्थानमा व्यवस्थित बनाएको बताए। निजी […]
वायुसेवा निगमको वाइड बडीमा ६ अर्ब ५९ करोड घोटाला प्रकरण, लेखा समितिले खोल्यो रहस्य
काठमाडौं । सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिद गर्दा धेरै त्रुटी भएको र ६ अर्ब ५९ करोड रुपैयाँ घोटाला भएको जिकिर गरेको छ । विमान खरिद प्रकरणबारे आइतबार पर्यटन मन्त्रालयका सचिव, नेपाल वायुसेवा निगमका उच्च अधिकारीसँग जानकारी लिदै समितिले यस्तो दाबी गरेको हो । समितिका सभापति भरत शाहले विमान किन्दा ६ अर्ब ५९ करोड रुपैयाँ […]
निगमले किनेको ब्रान्ड न्यू वाइडवडी जहाज तीन महिनामै बिग्रेर ब्रेक सिस्टम फेर्ने अवस्थामा
काठमाडौं । नेपाल वायुसेवा निगमकाे विवादित वाइडवडी विमानमा उकपछि अर्काे समस्या अाउन थालेका छन् । निगमका अधिकारीले ब्रान्ड न्यू विमान किनेकाे भनेर दावी गरिरहेे पनि त्यसमाथि अाशंका निस्किरहेका बेला विमानकाे ब्रेक सिस्टम बिग्रेर फेर्नु नै पर्ने स्थितिमा पुगेकाे छ । साेही कारण अहिले निगमकाे अन्नपूर्ण नाम दिइएकाे वाइडवडी विमान १३ दिनदेखि ग्राउन्डेड छ । कलसाइन […]
यस वर्ष करिव ९ लाख पर्यटक नेपाल आए, अहिलेसम्मकै बढी पर्यटक भित्रिए यसपटक
काठमाडौं । यस वर्ष अहिलेसम्मकै बढी पर्यटक भित्रिएका छन् । सन् २०१८ को जनवरीदेखि अक्टुबर महिनासम्म ८ लाख ८२ हजार पाँच सय ३१ पर्यटकले नेपाल भ्रमण गरेका छन्। गत वर्ष सोही अवधिमा ७ लाख ५७ हजार चार सय ४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए। गत वर्षको तुलनामा पर्यटकको आगमन १६ दशमलव ५ प्रतिशतले वृद्धि भएको […]
वाइडवडी अनियमितता प्रकरणमा पर्यटन मन्त्रीसहित कंसाकारलार्इ बयानका लागि बोलाइयो
काठमाडौं । संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान ल्याउँदाको अनियमितताबारे छलफल गर्न सरकारलाई डाकेको छ। मंगलबारको समिति बैठकले दुवै विमान ल्याउँदा व्यापक अनियमितता भएको ठहर गर्दै सरोकारवाला मन्त्रालयसहित निगमका पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो । समितिका सभापति भरत साहले दुवै ठूला जहाज ल्याउँदाका सम्पूर्ण प्रक्रियाको कागजातसहित पर्यटन तथा नागरिक […]
फिलिपिन्सकी राजकुमारी कसरी अाइपुगिन, मकवानपुरमा शान्ति प्रवचन दिँदै
मकवानपुर । मकवानपुरको मनहरी–८ सिमपानीस्थित निर्माणाधीन पर्यटकीय क्षेत्र पिसपार्कमा फिलिपिन्सकी राजकुमारीले अवलोकन गर्नुको साथै मानसिक शान्ति सम्बन्धि प्रवचन दिएकी छन् । राजकुमारी मारिया लियोन टोरिसर्स र शान्तिदूत अफिनिता चाइचानाले सोमबार ‘सकारात्मक चिन्तनले मानसिक शान्ति’ विषययमा प्रवच दिएका हुन् । उनीहरुले ब्यक्तिको मन शान्त भएमात्र समाज र देशमा शान्ति हुने बताएका थिए । पिसपार्कमा राजकुमारी मारियाले […]
नेपाल वायु सेवा निगम टाट उल्टिने चरणमा, ३९ अर्ब ऋण, अझै ऋणको खोजी
थप ऋण नपाए ताला लाग्ने अवस्था निगम ताला लाग्ने अवस्थामा काठमाडौं, २९ कार्तिक । राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायु सेवा निगम इतिहासकै सबैभन्दा ठूलाे संकटमा उभिएकाे छ । पछिल्लो समय थप गरिएका वाइडबडीका कारण ऋण भार थपिएको र त्योसँगै तिर्नुपर्ने ब्याज दायित्वका कारण निगम अत्यन्तै संकटमा उभिएकाे हाे । ठूलाे संकटमा फसेपछि नेपाल एयरलाइन्सले सरकारसँग […]










