सगरमाथा राष्ट्रिय निकुञ्जमा उठ्यो १६ करोड राजश्व

सोलुखुम्बु, १७ साउन । सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५÷७६ मा १६ करोड १० लाख ६६ हजार ७२ राजस्व सङ्कलन गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । निकुञ्जले विदेशी पर्यटकबाट १३ करोड ७३ लाख ४३ हजार ९०६, सार्क राष्ट्रको पर्यटकबाट ३३ लाख २३ हजार […]

नवलपरासीका प्राकृतिक ताल अतिक्रमण हँुदै

नवलपरासी, १७ साउन । पश्चिम नवलपरासीमा रहेका विभिन्न प्राकृतिक तालतलैया पछिल्लो पटक धमाधम अतिक्रमणको चपेटामा पर्दै गएका छन् ।पश्चिम नवलपरासीको पाल्हिनन्दन–६ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको नन्दन ताल, बर्दघाट नगरपालिकाअन्तर्गत जहदाको बुद्धमङ्गल ताल, यसैगरी गुठी प्रसौनीको पिपरपाती ताल, माकरको भुताहा ताल, तिलकपुरको सुशिहवा ताल, जिल्लाका मुख्य ठूला तालहरु हुन् । तर अधिकांश […]

सगरमाथा राष्ट्रिय निकुञ्जद्वारा रु १६ करोड राजश्व सङ्कलन

सोलुखुम्बु, १७ साउन । सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५÷७६ मा रु १६ करोड १० लाख ६६ हजार ७२ राजस्व सङ्कलन गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । निकुञ्जले विदेशी पर्यटकबाट रु १३ करोड ७३ लाख ४३ हजार ९०६, सार्क राष्ट्रको पर्यटकबाट रु ३३ […]

नेपाल वासुसेवाले अब जापान सिधा उडान शुरु

काठमाडौँ, १६ साउन । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्ने भएको छ । आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले नारिता विमानस्थलमा उडानको अनुमति पाएको हो । निगमले आउँदो अक्टोबरअर्थात् असोज महीनादेखि चार्टर्र्ड उडानको अनुमति पाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले […]

सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा

पाल्पा, १६ साउन । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा छ ।सामाजिक–सांस्कृतिकरुपमा तिनाउ गाउँपालिका–४ सत्यवतीस्थित सत्यवती ताल क्षेत्रको महत्वको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । सत्यवती ताल क्षेत्र पहाडको टुप्पोमा फैलिएको छ । ताल क्षेत्र वरपर बाजे र बज्यैको मन्दिर छ । घनाजङ्गलको बीच भागमा रहेको ताल यस […]

बाँके निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्दो

धम्बोझी, १५ साउन । आर्थिक वर्ष २०७५÷७६ मा १६० पर्यटक बाँके राष्ट्रिय निकुञ्जमा भित्रिएका छन् ।निकुञ्जभित्र रहेका प्राकृतिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि १६० पर्यटक आएका हुन् । तीमध्ये १२ जना विदेशी पर्यटक छन् । उनीहरुबाट रु एक करोड चार लाख ४९ हजार ९८२ राजश्व सङ्कलन भएकोे निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले जानकारी […]

घलेगाउँ होमस्टेमा घटे पर्यटक, व्यवसायी मर्कामा

लमजुङ, १५ साउन । पर्यटकको ‘हब’ जिल्ला बन्दै गरेको लमजुङमा सञ्चालित विभिन्न घरवास (होमस्टे) मा पर्यटक ह्वात्तै घट्दै गएको छ । वर्षायाममा बाटो अवरुद्व, यात्रामा कठिन, दृश्य राम्रो नदेखिनेलगायतका कारण असार महीना लागेदेखि यता यहाँका घरवासमा पर्यटकको सङ्ख्यामा कमी आएपछि पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको दक्षिण एशियाकै नमूना […]

आहा ! सोदु पोखरी

ताप्लेजुङ, १३ साउन । बजार र बाक्लो बस्तीबाट धेरै टाढा हिमालको काखमा काठले बनेका लहरै घरहरु रहेको एक्लो बस्ती । काठकै छाना हालिएका घरहरु रहेको बस्तीमा प्रायः धूप, सुनपाती, भैरुङपातीको सुगन्ध आइरहेको हुन्छ । प्रत्येक घरमा रहेका ध्वजा थाच्यो मन्द बतासमा फिरफिर गरिरहेका हुन्छन् । नजीकै कञ्चन पानीसहित छङ छङ गर्दै छाँगा झरिरहेको छ । […]

गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक

चिप्लेढुङ्गा, १३ साउन । गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५र७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क बाहिर प्राप्त भएको जनाएको छ । यसअघि पोखरामा कति […]

जाने हो नगरकोट ? तर कसरी, ६ वर्षदेखि बनेन सडक, धुलो हिलोमा मुछिएर जान बाध्य पर्यटक

नगरकोट, १३ साउन । ठेक्का भएको छ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक–नगरकोट सडकको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ । विसं २०७० मा शुरु भई दुई वर्षमा पूरा हुनुपर्ने १७ किमि सडक छ वर्ष बित्दा पनि निर्माण हुन नसक्दा पर्यटकमार्फत विश्वव्यापी रुपमा नकारात्मक सन्देश गएको स्थानीयवासीको गुनासो छ । राजधानी […]