एक नम्बरमा स्थान कब्जा जमाएको भारतको जेट एयरलाइन्सलाई उछिन्दै नेपाल एअरलाइन्सले राख्यो नयाँ रेकर्ड

सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्स मध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ । उसले अघिल्लो वर्ष एक नम्बरमा […]

सरकारी तथ्यांक अनुसार नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गर्ने खर्च बढी

काठमाडौं १९ असार । मुलुकलाई समृद्ध बनाउने एउटा पाटो विदेशी पर्यटक आगमनलाई मानिए पनि सरकारी तथ्यांकले नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गरेको खर्च बढी देखाएको छ। सरकारी अधिकारीहरु नेपालीले विदेशमा लैजाने रकमको तथ्यांक यकिन भए पनि विदेशीले नेपालमा आएर गरेको खर्च शतप्रतिशत सही फेला नपर्ने बताउँछन्। मोटामोटी रुपमा हेर्दा चालु आवको वैशाखसम्ममा विदेशीले […]

युरोपमा नेपाली जहाजलाई खुला गर्न जर्मनीले पहल गर्ने

nepal-airlines

काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड शेफरले नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा हवाइसुरक्षाको विषयमा कुराकानी भएको महानिर्देशक पोख्रेलले जानकारी दिएका छन्। महानिर्देशक पोख्रेलले राजदूत शेफरलाई युरोपियन युनियनले नेपाली जहाजलाई युरोप प्रवेशमा प्रतिबन्ध लगाएको लामो समयसम्म फुकुवा नभएको भन्दै राजदूत शेफरमार्फत ध्यान आकर्षण गराएको बताएका छन्। युरोपमा नेपाली जहाज […]

विदेश हिँड्ने को ताँतीले बस्नेको मन रुवाउँछ 

काठमाडौं ११ असार, । त्रिभुवन विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो स्तब्ध ‘मुड’मा हुन्छ । वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँशु नखसाल्नेहरु त्यहाँ कमै हुन्छन् । हाँसोले विदाइ गर्ने बाचा गरेर विमानस्थलमा आएकाहरु विछोडको पीडा सहन नसकेर एकाएक भक्कानिन्छन् । सरकारले जनतासामु ५ वर्षभित्र बाध्यात्मकरुपमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने […]

अन्तर्राष्ट्रिय उडानमा वायुसेवा निगमले थप्यो नयाँ गन्तब्य तालिका

अषार १०, काठमाडौँ / नेपाल वायुसेवा निगमबाट अन्तर्राष्ट्रिय गन्तव्य बढाउँदै लैजान विभिन्न प्रयास थालिएको छ । जस अनुसार दिल्ली सेक्टरका लागि हप्ताको १४ उडान भइरहेकोमा २१ बनाउने योजना अनुसार स्लट प्राप्त भइसकेको  निगमले  सोमबार प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ । जसअनुसार अब दिल्लीका लागि प्रति हप्ता ११ उडान रहेकोमा हाल १४ पु¥याइएको छ । […]

पोखरा महानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि ’लेक टु लेक, केभ टु केभ,’ नमुना मार्ग रुपमा अगाडि बढाउदै

पोखरा, ९ असार । पोखरा महानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि नमुना मार्ग निर्माण गर्ने भएको छ। महानगरले आइतबार आफ्नो नीति तथा कार्यक्रम घोषणा गर्दै तालै ताल र गुफाको शहर पोखरामा नमुना मार्ग बनाउने बताएको हो। ‘लेक टु लेक, केभ टु केभ’ जोड्ने सडकको प्राविधिक सर्वेक्षण गरी नमुना मार्गको रुपमा अगाडि बढाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।  […]

नेपालको ताजमहल पाल्पास्थित रानीमहलमा पर्यटकको आकर्षण

पाल्पा, १ असार । वि सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाउँपालिकामा अवस्थित रानीमहल दरबार रहेको छ । नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी र दाहिनेतर्फ […]

वायुसेवा निगममा चरम बेथिती, उच्च अधिकारीहरु नै रातोदिन जहाज कसरी थन्काउने भन्ने बुन्छन योजना

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आफू निगममा नियुक्तभएदेखि निकै जोडतोडका साथ निगमका लागि जहाज किन्न दौडधुप गरे । निगममा जहाज नै नभएको र जहाज उडाएर कमाउने कम्पनीले जहाज नै नभएपछि कसरी कमाउँछ भन्ने प्रश्न गर्दै उनले अनेक लविङ गरे । त्यो उनको लविङ निगमका लागि जहाज किन्नैका लागि थियो वा जहाज किन्दा […]

ऐतिहासिक पर्यटकीय स्थल जोडने पदमार्गको निर्माण

लमजुङ, २९ जेठ । यहाँका एक पर्यटकीय पदमार्गको निर्माणकार्य शुरु भएको छ । बेँसीशहर नगरपालिका–६ पुमागाउँ घरबासदेखि सोही क्षेत्रमा रहेको ऐतिहासिक कन्यादेवी मन्दिर जाने बाटोमा सिँढी निर्माणको काम भइरहेको छ । उक्त गाउँबाट मन्दिरसम्म पुग्न ५०० मिटर लामो सिँढी निर्माण भइरहेको वडासदस्य वीरेन्द्र गुरुङले बताए । उनका अनुसार जेठ १२ गतेबाट शुरु भएको उक्त कार्यको […]

काठमाडौंमा एयर इन्डियाको जहाज दुर्घटनाबाट धन्न जोगियो

काठमाडौं, १९ जेठ । एयर इन्डियाकाे एउटा जहाज दुर्घटनाबाट जाेगिएकाे छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइतबार बिहान अवतरणका लागि अाएकाे एयर इन्डियाको जहाज दुर्घटनाबाट धन्न जाेगिएकाे हाे । विमानले सही बाटाे चिन्न नसकेर त्रिअविमा अवतरण गर्न नसकेका कारण यस्ताे समस्यामा परेकाे हाे । अाइतबार बिहान ८ः५५को समयमा निकै धेरै काेशिस गरेर पनि ल्यान्ड गर्न आएको […]