मौरी पर्यटनको प्रवद्र्वन गरिने

चितवन, ६ भदौ । जिल्लामा आउने पर्यटकलाई मौरी देखाइने र यसको उत्पादन चखाइने भएको छ । मौरीपालनमा अग्रणी मानिएको यो जिल्ला पर्यटकीय दृष्टिले मुलुककै तेस्रो हो ।भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरी पर्यटन कार्यक्रम शुरु गर्न लागेको हो । प्रदेश सरकारसँग समन्वय गरी कार्यक्रम शुरु गर्न लागिएको हो । […]

अठार हजारभन्दा बढी पर्यटकद्वारा कोशीटप्पुको अवलोकन

इनरुवा, ६ भदौ । अर्नाका लागि प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेका कोशीटप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा १८ हजार ७७३ जना पर्यटकले अवलोकन गरेका छन् ।सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७५÷७६ मा सो सङ्ख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । आर्थिक वर्षमा आरक्षमा १८ हजार ३८५ नेपाली, ३६ […]

सुकेटार विमानस्थलमा उडान अवरुद्धको समस्या निराकरण हुन्छ: मन्त्री भट्टराई

ताप्लेजुङ, ५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा हुँदै आएको उडान अवरुद्धको समस्या चाँडै निराकरण हुने बताए । मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आइपुगेका भट्टराईले बिहीबार बिहान विमानस्थलको अनुगमन गर्दै नियमित उडानका लागि विमानस्थलको सुधार तथा स्तरोन्नति गरिने बताए । मौसम खराबी लगायतका कारण नियमित उडान नहुँदा जिल्लावासी […]

गुरु नानकको जन्मजयन्तीमा ‘अन्तर्राष्ट्रिय नगर कीर्तन’

काठमाडौँ, ५ भदौ । शिख धर्मका प्रवर्तक श्री गुरु नानक देवको ५५०औँ प्रकाशोत्सव जन्मजयन्ती का अवसरमा भारतको पटनामा यही भदौ ७ गते ‘अन्तर्राष्ट्रिय नगर कीर्तन’ हुने भएको छ ।हालको पाकिस्तानको ननकानामा विसं १५२६ मा जन्मिएका गुरुको स्मृतिमा उक्त कार्यक्रमअन्तर्गत धार्मिक सभा गर्न लागिएको श्री गुरु नानक सेवा प्रतिष्ठान शोध केन्द्रले जनाएको छ । गत साउनको […]

गाईखर्क तालको पूर्वाधार निर्माण

गलेश्वर, ५ भदौ । म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा पर्ने गाईखर्कताललाई पर्यटकीयस्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । तालको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकास गरेर पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासीले अग्रसरता देखाएका छन् । तालमा रहेको पानीको स्रोतको संरक्षणसँगै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा तालमा पुग्ने पर्यटकका लागि पूर्वाधार […]

पर्यटक प्रवेश शुल्क बराबरी, बोलपत्रमा दुई नगरपालिकाको विवाद

भक्तपुर, ५ भदौ । पर्यटकीय क्षेत्र नगरकोट आउने पर्यटकसँग भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले संयुक्तरूपमा पर्यटन सेवा शुल्क सङ्कलन गरेका छन् ।गत वर्ष दुई नगरपालिको फरक–फरक ठाउँमा छुट्टाछुट्टै पर्यटकसँग शुल्क लिँदा व्यवसायीहरुले एकै ठाउँमा आएका पर्यटकले दोहोरो कर तिर्नुपरेको भन्दै विरोध गरेका थिए । विरोधपछि चाँगुनारायण नगरपालिकाले बोलपत्रसमेत रद्द गरी पर्यटन शुल्क […]

भदौ १२ देखि जापानमा हप्तामा तीन उडान भर्दै नेपालको ध्वजा वाहक विमान

काठमाडौँ, ४ भदौ । लामो गन्तब्य नपाएको भन्दै आलोचनामा परेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि जापानको ओसाका उडान गर्ने भएको छ । जापान उडानबारेको अन्यौललाई चिर्दै निगमले ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक तालिका सार्वजनिक गरेको हो । ओसाका उडानका लागि सम्पूर्ण तयारी भएको निगमले आज पत्रकारसम्मेलन गरी जानकारी […]

पर्यटन प्रवद्र्धनका लागि क्यानोनिङ महोत्सव

लमजुङ, ४ भदौ । पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवद्र्धनका लागि प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ । डुमे्र बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको हो । पर्यटन वर्ष २०२० लाई पर्यटन वर्ष घोषणा गरेअनुरुप त्यसलाई सार्थकता प्रदान गर्ने उद्देश्यले […]

झरनामा झरेर क्यानोनिङ महोत्सव मनाइदै

लमजुङ, ४ भदौ । पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवद्र्धनका लागि प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ । डुम्रे बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको हो । पर्यटन वर्ष २०२० लाई पर्यटन वर्ष घोषणा गरेअनुरुप त्यसलाई सार्थकता प्रदान गर्ने उद्देश्यले […]

जुम्लामा स्याउँका विभिन्न परिकारकाे महाेत्सव हुँदै

सिञ्जा, ४ भदौ । जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ निर्यातको सबैलाई चटारो छ । पछिल्लो समय स्याउ जुम्लाको चिनारीसमेत बनेको छ । गत वर्ष जिल्लामा १५ हजार बगैँचामा करीब साढे ४४ हजार बोट रोपिएको […]