चितवन, १३ भदौ । रत्ननगर नगरपालिकाले सौराहामा भवन निर्माण मापदण्ड लागू गरी भवन र त्यसमा लगाउने रङमा एकरुपता ल्याउने भएको छ । सौराहाको पर्यटन विकासका लागि नगरपालिकाले रचनात्मक कामको शुरुआत गरेको भन्दै व्यवसायीले त्यसको स्वागत गरेका छन् । सौराहाको प्राकृतिक सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीसँग सहकार्य गरी भवन निर्माण र रङमा एकरुपता लयाउन लागेको हो । […]
पर्यटन
मेघौलीमा भेटियो मृत अवस्थामा एक गैडा
चितवन, १३ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा मरेको छ । निकुञ्जको मेघौली क्षेत्रमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैँडा मृतावस्थामा फेला परेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी ३५÷४० को गैँडा भदौ ११ गते मृतावस्थामा भेटिएको हो । गैँडा बूढो भएर कालगतिले मरेको अनुमान गरिएको छ । […]
गाइखुरे झरनाबाट खसेर एक सैनिकको मृत्यु
लमजुङ, १३ भदौ । बेँसीशहर नगरपालिका–१ दलालको गाईखुरे झरनाबाट खसेर आज एक नेपाली सैनिकको मृत्यु भएको छ। दलालस्थित श्रीजङ् गणमा कार्यरत काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भएका ३१ वर्षीय नेपाली सेनाका लेसनायक विजय श्रेष्ठको मृत्यु भएको हो। उक्त स्थानमा केही दिन अघि प्रथम क्यानोनिङ महोत्सव आयोजना गरिएको थियो। महोत्सवका कारण सो क्षेत्रमा भएको फोहरमैला सफाइ गर्न […]
पथप्रदर्शक र भरियाविना पदयात्रा गर्छन् पर्यटक
चिप्लेढुङगा, १२ भदौ । नेपाल घुम्न आएका विदेशी पर्यटक एक्लाएक्लै विभिन्न पदमार्गमा आफूखुशी पुग्ने गरेका छन् । पर्यटकमाथि खासै निगरानी नहँुदा र लचिलो नीति रहँदा पर्यटकमाथि विभिन्न घटना घट्ने गरेका छन् भने उनीहरुबाट पनि अवाञ्छित गतिविधिहरु हुने गरेका छन् । नेपालको समृद्धिको आधार पर्यटन भनेर सरकारले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु अघि सारेको छ । यद्यपि, पर्यटक […]
बल्ल जापान पुग्यो नेपाली ध्वजावाहक विमान
काठमाडौं, १२ भदौ । नेपाल वायुसेवा निगमले जापानको ओसाकाका लागि शुरु गरेको सिधा उडानको सफल अवतरण भएको छ । नेपाल वायुसेवा निगमल १२ वर्षपछि आज पहिलोपटक जापानका लागि सिधा उडान गरेको हो । निगमको वाइडबडी विमान आज बिहान २ बजेर ४२ मिनेटमा जापानको ओसाकाको लागि उडेको थियो । काठमाडौंबाट १ सय ३४ जना यात्रुसहित उडेको […]
वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइने: पर्यटनमन्त्री
चितवन, १२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताए । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भरतपुर विमानस्थललाई रात्रिकालीन बनाउने, धावनमार्ग थप गर्ने, ट्रमिनल भवन आधुनिक र व्यावसायिक बनाउने जानकारी दिए । नेपालभरका विमानस्थलको स्तर वृद्धि गर्ने तयारी भएको भन्दै उनले […]
यसरी तीब्र गतिमा निकालिदैछ दूधकोशीको पानी डुम्रेधारापानीमा
खोटाङ, १० भदौ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा दूधकोशीको पानी निकाल्न शुरु गरिएको ‘लिफ्टिङ’ प्रविधिको खानेपानी आयोजनाको काम तीव्रगतिमा भइरहेको छ । गत असार २२ गतेबाट शुरु गरिएको दूधकोशी खानेपानी लिफ्टिङ आयोजनाको काम डेढ महिनामै करीब २० प्रतिशत काम पूरा भएको ठेकेदार प्रकाश नाछिरिङले बताए । डुम्रेधारापानीको कोटगढीमा एक लाख ५० हजार घनमिटर […]
योगेश भट्टराईका १४१ बुँदे छुट्टै प्राथमिकताका कार्यक्रम घोषणा
काठमाडौं, ९ भदौ । नेपालको एकमात्र अन्तराष्टिय विमानस्थल अब २४सै घन्टा सञ्चालनमा आउने भएको छ । मन्त्रालय सम्हालेपछि पहिलो पटक आफ्नो प्राथमिकताका कार्ययोजनाहरु सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस्तो घोषणा गरेका हुन् । सोमवार सिंहदरवारभित्र मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भट्टराईले आफ्ना १४१ बुँदे प्राथमिकताका कार्यक्रमहरु सार्वजनिक गर्दै अब हवाई […]
ऐतिहासिक रणउजिरेश्वरी भगवती रथयात्रा सम्पन्न
पाल्पा, ८ भदौ । पाल्पाको तानसेनमा शनिबार ऐतिहासिक रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालिएको छ । नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजले विजयी हासिल गरेको सम्झनामा प्रत्येक वर्ष रथयात्रा गर्ने चलनअनुसार भगवतीको जात्रा निकालिएको हो । श्री ७ रणउजिरेश्वरी भगवतीको २०१ औँ विजयोत्सवका रुपमा पाल्पामा रथयात्रा गरी तानसेन बजार परिक्रममा गरिएको हो । विसं १८७६ मा बुटवलको जितगढी किल्लामा […]
लमजुङमा प्रथम क्यानोनिङ महोत्सव
लमजुङ, ७ भदौ । बेँसीशहरवासी सबै हर्ष २०२० पर्यटन वर्ष’ भन्ने मूल नारासाथ बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा प्रथम क्यानोनिङ आयोजना गरिएको छ । सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा वातावरण सुधार तथा विकास अभियान नामक संस्था र लमजुङ टेलिभिजले संयुक्तरूपमा सो महोत्सव आयोजना गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख गुमानसिंह […]









