लमजुङमा प्रथम क्यानोनिङ महोत्सव

लमजुङ, ७ भदौ । बेँसीशहरवासी सबै हर्ष २०२० पर्यटन वर्ष’ भन्ने मूल नारासाथ बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा प्रथम क्यानोनिङ आयोजना गरिएको छ । सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा वातावरण सुधार तथा विकास अभियान नामक संस्था र लमजुङ टेलिभिजले संयुक्तरूपमा सो महोत्सव आयोजना गरेका हुन् ।

महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख गुमानसिंह अर्यालले पर्यटकीय क्षेत्र र झरना नगरभित्र धेरै रहेको र सोमध्ये यस गाईखुरे झरनालाई थप व्यवस्थित बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको बताए । वडा नं १ का अध्यक्ष बलराम श्रेष्ठले महोत्सवले झरनाको प्रचार–प्रसारमा ठूलो मद्दत पुग्ने धारणा व्यक्त गरे । महोत्सवमा शुक्रबार १२ जनाले क्यानोनिङ गरेका छन् ।

शुक्रबारदेखि शुरु दुई दिने महोत्सवमा आज करीब ३५ जनाले क्यानोनिङ गर्ने आयोजकले जनाएका छन् । क्यानोनिङ गर्नका लागि प्रतिव्यक्ति तीन हजार शुल्क लिएको आयोजकले जनाएको छ ।

Loading...