ओसाका जापान, १५ भदौ । चालिस हजार फिट भन्दामाथि उचाइको आकासमा चन्द्र र सूर्य ध्वजासहितको विमान एसियाकै विकसित मुलुक जापानको भूमिमा अवतरण गर्दा नेपाली मन उमङ्गले तरङ्गित भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको ए–३३०–२०० वाइड बडी जहाज साढे छ घण्टाको उडानपछि जापानको ओसाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गर्दा गडगडाहट ताली बज्यो । […]
पर्यटन
पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘मुन्दुम ट्रेल’
भोजपुर, १४ भदौ । पर्यटन वर्ष २०२०’लाई सफल बनाउन भोजपुरको ‘मुन्दुम ट्रेल’ महत्वपूर्ण गन्तव्य बन्न सक्छ । नेपाल सरकारले छानेका १०० पर्यटकीय क्षेत्रमध्ये यो ट्रेल पनि समेटिएको छ । प्राकृतिक सुन्दरता बोकेका ठाउँको भ्रमण गर्न विदेशी पर्यटक वर्षेनी हजारौँको सङ्ख्यामा नेपाल भित्रिने गर्छन् । तीमध्ये धेरैजसो लेक लाग्ने समस्याले उच्च हिमाल, पहाड चढ्न नसक्ने तर […]
जिल्लास्तरीय पर्यटन प्रवद्र्धन उपसमिति गठन
पर्वत १४ भदौ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०१९ देखि २०२२ सम्मलाई सफल बनाउन जिल्लास्तरीय पर्यटन प्रवद्र्धन उपसमिति गठन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख मनोहरवी पौडेलको अध्यक्षतामा नौ सदस्यीय पर्यटन प्रवद्र्धन उपसमिति गठन गरिएको हो । उपसमितिका सदस्यमा जिल्ला समन्वय समितिका उपप्रमुख यामकुमारी राना, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, […]
नेपाल भ्रमण वर्ष सफल बनाउन व्यस्त पाँचपोखरी
मेलम्ची, १४ भदौ । नेपाल सरकारका १०० गन्तव्यभित्र रहेको सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी आवश्यक प्रचार–प्रसारको कमीले गर्दा ओझेलमा परेको छ । सरकारका १०० गन्तव्यभित्र परे पनि पाँचपोखरीमा अझै पनि पर्याप्त पर्यटक भित्रने गरेका छैनन् । नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा गाउँ–गाउँमा पर्यटक भित्र्याउन सबै लागिपरेका देख्न सकिन्छ । पाँचपोखरी आफैमा […]
मुक्तिनाथमा बढ्दै लगानी
मुक्तिनाथ ९मुस्ताङ०, १४ भदौ । झण्डै चार दशक अघि २०३८ सालमा तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दीकी उमादेवी भट्टराई मुक्तिनाथको दर्शनका क्रममा त्यहाँस्थित रानीपौवामा बसिन । “हामी दशैँको बेला पारी गएका थियौँ”, आफ्नो अनुभव सुनाउँदै उनले भने, “ठाउँ ठाउँबाट आएका तीर्थयात्रीले रानीपौवा खचाखच भरिन्थ्यो ।” उक्त समयमा तीर्थयात्री अधिकांशले खाने कुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर […]
नयाँ शिकार आरक्ष बन्ने भयो कुशे पाटन
जाजरकोट, १३ भदौ । स्थानीय कुशे गाउँपालिकाले ८ र ३ नं वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने प्रक्रिया अघि बढाएको छ । यसका लागि गाउँपालिकाले ती वडाको माथिल्लो भागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्षेत्रको विस्तृत अध्ययन पनि गरेको छ । गाउँपालिकाले आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरी अध्ययन गरेको […]
आन्तरिक पर्यटन भ्रमण वर्ष सफल बनाउन उपसमिति
दमौली, १३ भदौ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई सफल बनाउन सबै जिल्लामा उपसमिति गठन गरिने भएको छ । सन् २०१९ मा १५ लाख पर्यटक भित्र्याउने उद्देश्यसहित प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन ११ जिल्लामा जिल्लास्तरीय उपसमिति गठन गर्न लागिएको हो । सरकारी तथा गैरसरकारी क्षेत्र मिलेर […]
अब सौराहाका भवन र रङ एकैप्रकारका हुने
चितवन, १३ भदौ । रत्ननगर नगरपालिकाले सौराहामा भवन निर्माण मापदण्ड लागू गरी भवन र त्यसमा लगाउने रङमा एकरुपता ल्याउने भएको छ । सौराहाको पर्यटन विकासका लागि नगरपालिकाले रचनात्मक कामको शुरुआत गरेको भन्दै व्यवसायीले त्यसको स्वागत गरेका छन् । सौराहाको प्राकृतिक सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीसँग सहकार्य गरी भवन निर्माण र रङमा एकरुपता लयाउन लागेको हो । […]
मेघौलीमा भेटियो मृत अवस्थामा एक गैडा
चितवन, १३ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा मरेको छ । निकुञ्जको मेघौली क्षेत्रमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैँडा मृतावस्थामा फेला परेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी ३५÷४० को गैँडा भदौ ११ गते मृतावस्थामा भेटिएको हो । गैँडा बूढो भएर कालगतिले मरेको अनुमान गरिएको छ । […]
गाइखुरे झरनाबाट खसेर एक सैनिकको मृत्यु
लमजुङ, १३ भदौ । बेँसीशहर नगरपालिका–१ दलालको गाईखुरे झरनाबाट खसेर आज एक नेपाली सैनिकको मृत्यु भएको छ। दलालस्थित श्रीजङ् गणमा कार्यरत काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भएका ३१ वर्षीय नेपाली सेनाका लेसनायक विजय श्रेष्ठको मृत्यु भएको हो। उक्त स्थानमा केही दिन अघि प्रथम क्यानोनिङ महोत्सव आयोजना गरिएको थियो। महोत्सवका कारण सो क्षेत्रमा भएको फोहरमैला सफाइ गर्न […]










