भीमसेन मन्दिर पुनर्निर्माणको काम अघि बढ्यो

ललितपुर, ३ भदौ । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिरको पुनर्निर्माणमा स्थानीय बासिन्दा आफैं जुटेका छन् । पाटनभरि भीमसेनका मुख्य ४ मन्दिर र अन्य साना २७ मूर्ति छन् । भारत सरकारले पुनर्निर्माण गर्ने भनिएको सो मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि चासो नदेखाएपछि स्थानीय जनताबाट पुनर्निर्माणको कदम अघि बढेको हो ।‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ […]

अतिक्रमणको जोखिममा घोडाघोडी ताल

घोडाघोडी, ३ भदौ । तराई क्षेत्रमा रहेका प्राकृतिक तालहरूमध्ये सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको घोडाघोडी ताल क्षेत्रको संरक्षण गर्न जरुरी भएको छ । दुर्लभ चराचुरुङ्गीले आराम गर्ने शान्त अनि, सुरक्षित बासस्थानको रूपमा रहेको कैलाली जिल्लामा अवस्थित यो ताल क्षेत्र पछिल्लो समय बढ्दो बसाइसराइको चापले दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गइरहेको छ । प्राकृतिक सम्पदाको दृष्टिले मात्र हैन […]

तिलिचोप्रति आकर्षण बढ्दै

मुस्ताङ, २ भदौ । विश्वकै अग्लो स्थानमा रहेको ताल सुन्दा पनि जोकोहीलाई एक पटक पुगु जस्तो लाग्नु स्वभाविकै हो । पछिल्लो समय तिलोचो पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । तिलिचोप्रतिको आकर्षणलाई दृष्टिगत गरी पर्यटकलाई सहजरुपमा त्यहाँ पु¥याउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा मुस्ताङको ठिनीबाट तिलिचोको आधारशिविर नमखुसम्म यतिखेर सडक विस्तार भइहेको छ । […]

प्रकृति, संस्कृति र आतिथ्यताले ठिनीमा पर्यटक लोभ्याउँदै

मुस्ताङ, १ भदौ । चाँदी जस्तै टलक्क टल्किएको नीलगिरि हिमालको काख, प्रकृतिका विविध अनुपम छटा, त्यस्तै स्थानीयवासीको आतिथ्यता । थकाली समुदायको बाहुल्य भएको हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ ठिनी प्रकृति र संस्कृतिले त सिङ्गारिएको छ नै स्थानीयवासीको आत्मीय आतिथ्यताले यहाँ पुग्ने जो कोहीलाई लोभ्याउने गरेको छ ।यहाँ पुग्ने गरेका पर्यटकले लुकेको हिराको उपमा दिने गरेको […]

भ्रमण वर्ष सफल पार्न पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा जोड

कञ्चनपुर, १ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउनका लागि पर्यटकीय क्षेत्रमा प्रचार सामग्री राख्न थालेको छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाका क्षेत्रका सबै पर्यटकीय क्षेत्रमा प्रचारप्रसार राखिएका छन् । पश्चिमी नाकामा गडडाचौकीमा पर्यटकलाई हार्दिक स्वागतसहितको ठूलो प्रचार सामग्रीसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीको झोलुङ्गे पुल, रौटेला, […]

जनैपूर्णिमामा गोसाइँकुण्डमा १० हजार भक्तजन

रसुुवा, १ भदौ । जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा चढाएको भेटी एक लाख ३४ हजार ३६५ सङ्कलन भएको छ । मन्दिरमा सङ्कलन भएको भेटी रकम जिल्ला प्रहरी कार्यालय रसुवामा ल्याई सर्वपक्षीयरूपमा गणना गरिएको हो […]

नवलपरासीको ऐतिहासिक देवदह ताल ओझेलमा

परासी, ३२ साउन । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग जोडिएको ऐतिहासिक देवदह ताल तरगौली ओझेलमा परेको छ । देवदह तालको आवश्यक प्रचारप्रसार तथा विकास हुन नसक्दा ऐतिहासिक महत्व भएर पनि यो ताल ओझेलमा परेको स्थानीयवासीको गुनासो छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिकाको ज्यामिरेबाट चार किलोमिटर दक्षिणमा रहेको यो ताल क्षेत्रमा ऐतिहासिक […]

देउताभिर गुफा जाने पदमार्ग निर्माण

Trekking in Nepal

बेनी ३२ साउन । म्याग्दीको मालिका गाउँपालिका–५ देवी स्थानमा रहेको धार्मिक पर्यटकीयस्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएको २० लाख बजेटबाट पदमार्ग निर्माण भएको हो । गाउँपालिकाबाट विनियोजन भएको पाँच लाख बजेटबाट दाङखोलादेखि तत्लो पूजा गर्ने थानसम्म पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर […]

प्रदेशले बेवास्ता गर्दा खप्तड समितिविहीन

डोटी, ३२ साउन । खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि समितिविहीन छ । नयाँ समिति गठन नहुँदा कुनै कामकाज हुन सकेको छैन । समिति नबन्दा यहाँ कार्यरत कर्मचारीले १३ महीनाको तलबसमेत नपाएको समितिका शाखा अधिकृत प्रेम कुँवरले बताए । समितिको कार्यालयमा पाँच कर्मचारी करारमा काम गर्दै आएका छन् । “तलब नपाउदा काम चलाउन समस्या […]

होमस्टे गएका पाहुनालाई उपहार

धम्बोझी, ३१ साउन । बर्दियाको डल्ला गाउँको होमस्टे (घरबास) मा बसेर फर्कने पाहुनाको हात खाली हुँदैन । होमस्टेमा बसेवापत होमस्टे सञ्चालकले पाहुनाको सम्मानस्वरुप मायाको चिनोको रुपमा हस्तकला विभिन्न सामान प्रदान गर्दै आएका छन् । स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्माण गरिएको सामान चरा, ढकिया दिएर बिदाइ गर्ने गरिन्छ । होमस्टेमा बस्न आउने पर्यटकले कुस, […]