होमस्टे गएका पाहुनालाई उपहार

धम्बोझी, ३१ साउन । बर्दियाको डल्ला गाउँको होमस्टे (घरबास) मा बसेर फर्कने पाहुनाको हात खाली हुँदैन । होमस्टेमा बसेवापत होमस्टे सञ्चालकले पाहुनाको सम्मानस्वरुप मायाको चिनोको रुपमा हस्तकला विभिन्न सामान प्रदान गर्दै आएका छन् । स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्माण गरिएको सामान चरा, ढकिया दिएर बिदाइ गर्ने गरिन्छ । होमस्टेमा बस्न आउने पर्यटकले कुस, […]

रारामा घुम्न जाने पर्यटकबाट ३८ लाख राजश्व सङ्कलन

रारा, ३१ साउन । आर्थिक वर्ष २०७५/७६ मा मुगुको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले ३८ लाख राजश्व सङ्कलन गरेको छ । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क, दण्ड जरिवाना, काठ पुर्जी, ढुङ्गा, बालुवा, गिट्टी तथा तालमा डुङ्गा चलाएको २० प्रतिशत रकमबापत उक्त राजश्व सङ्कलन गरिएको हो । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण […]

श्री एयरलाइन्सलाई अन्तरराष्ट्रिय उडान अनुमति

काठमाडौँ, ३० साउन । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागि अनुमति लाइसेन्स पाएको छ ।आन्तरिक उडानमा रहेको उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तरराष्ट्रिय गन्तब्यका लागि नियमित उडान अनुमति पाएको हो । योसँगै अन्तरराष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा प्रदायक कम्पनीको सङ्ख्या चार पुगेको छ । अहिले राष्ट्रिय ध्वजावाहक नेपाल […]

पर्यटकको रोजाइमा भुलभुले दूधकुण्ड

खोटाङ, ३० साउन । बाह्रै महीना एकनाशले बगिरहने सङ्लो पानी । पानीमा एकोहोरो कुदिरहन्छ हरियो रङको माछा । मुहानबाट पानी ओरालो बगिरहँदा माछा मुहानतर्फ कुदिरहेको हुन्छ । एकनासले मुहानतर्फ लाइन लागेर कुदिरहने माछाको रङले पानीको रङ पनि हरियो नै देखिन्छ । मुहानमा सात वटा सर्पमाथि किराँतेश्वरको सुतिरहेको मूर्ति छ । मूर्ति वरिपरि मान्छेको हातको औँलाभन्दा […]

पर्यटक आकर्षित गर्न बाघको मूर्ति

कावासोती, ३० साउन । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले नवलपरासीको कावासोतीमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा बाघको मूर्ति निर्माण गरिएको छ । कावासोती नगरपालिका–१५ स्थित अमलटारी घरवास क्षेत्रमा निर्माण गरिएको सो मूर्ति नेपालकै सबैभन्दा ठूलो बाघको मूर्ति भएको घरवासका व्यवस्थापक धनीराम गुरौले बताए । बाघको उचाइ जमीनदेखि साढे ५ फिट र लम्बाइ १३ फिट रहेको उनको […]

सगरमाथा आरोहीको मृत्यु जामले होइन : छानबिन समिति

काठमाडौँ, २९ साउन । सगरमाथा आरोहणका क्रममा आरोहीको मृत्यु जामका कारण नभइ लामले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाव समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सार्वजनिक गरिएको प्रतिवेदनमा सगरमाथा आरोहणको क्रममा आरोहीको भीड लागेर नभइ प्रतिकूल मौसम र लेक लाग्ने ‘हाइअल्टिच्यूट’ भएर पनि कतिपय आरोहीको […]

पोखरामा अवैध बस्ने पर्यटक वृद्धि

चिप्लेढुङ्गा, २८ साउन । पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढेको छ । पर्यटक प्रहरी कार्यालय लेकसाइडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या २२ रहेको छ । त्यसमा रुसका धेरै छन् भने अन्यमा लेवनान, फ्रान्स, टर्की, केन्या, पोल्याण्ड, बेलायत, यमन, चीन, नेदरल्याण्डस्का नागरिक छन् । उनीहरुलाई लेकसाइड आसपासका क्षेत्रबाट […]

पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सुझाव

काठमाडौँ, २८ साउन । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत एवं विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र भएर पनि पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सांसदहरुले सुझाव दिएका छन । समितिका सभापति दिलकुमारी रावलले भने ‘‘पशुपतिका […]

महोत्तरीका धार्मिकस्थल संरक्षण नपाएर खण्डहर बन्दै

महोत्तरी, २८ साउन । प्राचीन मिथिलाको मध्यअवस्थित महोत्तरी जिल्लाका पुराना ऐतिहासिक र पुरातात्विक महत्वका धार्मिकस्थल अब अस्तित्वको सङ्कट झेल्दैछन् ।कला, संस्कृति र धार्मिक सम्पदाले भरिपूर्ण मानिने प्राचीन मिथिलाको परिचय बोकेका धार्मिकस्थल समुचित संरक्षण र मर्मतसम्भार नहुँदा अब अस्तित्व सङ्कटको स्थितिमा पुगेका हुन् । हिन्दू, इस्लाम र बौद्ध परम्पराका ऐतिहासिक सम्पदा र स्थल अब खास पर्वमा […]

पर्यटकीय दृष्टिकोणले सबैको रोजाइ त्रिवेणीधाम

नवलपरासी, २८ साउन । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण स्थल मानिने पूर्वी नवलपरासीको त्रिवेणीधाम आजभोलि सबैको रोजाइ बन्दै गएको छ । उक्त धामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत पश्चिम नवलपरासीको बर्दघाट बजारबाट २५ किलोमिटर पूर्वदक्षिण तथा पूर्वी नवलपरासीको दुम्किवासबाट करीब १५ किलोमिटर दक्षिणतर्फ अवस्थित यस धाम पछिल्लो पटक आन्तरिक […]