रारामा घुम्न जाने पर्यटकबाट ३८ लाख राजश्व सङ्कलन

रारा, ३१ साउन । आर्थिक वर्ष २०७५/७६ मा मुगुको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले ३८ लाख राजश्व सङ्कलन गरेको छ । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क, दण्ड जरिवाना, काठ पुर्जी, ढुङ्गा, बालुवा, गिट्टी तथा तालमा डुङ्गा चलाएको २० प्रतिशत रकमबापत उक्त राजश्व सङ्कलन गरिएको हो । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण […]

श्री एयरलाइन्सलाई अन्तरराष्ट्रिय उडान अनुमति

काठमाडौँ, ३० साउन । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागि अनुमति लाइसेन्स पाएको छ ।आन्तरिक उडानमा रहेको उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तरराष्ट्रिय गन्तब्यका लागि नियमित उडान अनुमति पाएको हो । योसँगै अन्तरराष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा प्रदायक कम्पनीको सङ्ख्या चार पुगेको छ । अहिले राष्ट्रिय ध्वजावाहक नेपाल […]

पर्यटकको रोजाइमा भुलभुले दूधकुण्ड

खोटाङ, ३० साउन । बाह्रै महीना एकनाशले बगिरहने सङ्लो पानी । पानीमा एकोहोरो कुदिरहन्छ हरियो रङको माछा । मुहानबाट पानी ओरालो बगिरहँदा माछा मुहानतर्फ कुदिरहेको हुन्छ । एकनासले मुहानतर्फ लाइन लागेर कुदिरहने माछाको रङले पानीको रङ पनि हरियो नै देखिन्छ । मुहानमा सात वटा सर्पमाथि किराँतेश्वरको सुतिरहेको मूर्ति छ । मूर्ति वरिपरि मान्छेको हातको औँलाभन्दा […]

पर्यटक आकर्षित गर्न बाघको मूर्ति

कावासोती, ३० साउन । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले नवलपरासीको कावासोतीमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा बाघको मूर्ति निर्माण गरिएको छ । कावासोती नगरपालिका–१५ स्थित अमलटारी घरवास क्षेत्रमा निर्माण गरिएको सो मूर्ति नेपालकै सबैभन्दा ठूलो बाघको मूर्ति भएको घरवासका व्यवस्थापक धनीराम गुरौले बताए । बाघको उचाइ जमीनदेखि साढे ५ फिट र लम्बाइ १३ फिट रहेको उनको […]

सगरमाथा आरोहीको मृत्यु जामले होइन : छानबिन समिति

काठमाडौँ, २९ साउन । सगरमाथा आरोहणका क्रममा आरोहीको मृत्यु जामका कारण नभइ लामले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाव समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सार्वजनिक गरिएको प्रतिवेदनमा सगरमाथा आरोहणको क्रममा आरोहीको भीड लागेर नभइ प्रतिकूल मौसम र लेक लाग्ने ‘हाइअल्टिच्यूट’ भएर पनि कतिपय आरोहीको […]

पोखरामा अवैध बस्ने पर्यटक वृद्धि

चिप्लेढुङ्गा, २८ साउन । पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढेको छ । पर्यटक प्रहरी कार्यालय लेकसाइडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या २२ रहेको छ । त्यसमा रुसका धेरै छन् भने अन्यमा लेवनान, फ्रान्स, टर्की, केन्या, पोल्याण्ड, बेलायत, यमन, चीन, नेदरल्याण्डस्का नागरिक छन् । उनीहरुलाई लेकसाइड आसपासका क्षेत्रबाट […]

पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सुझाव

काठमाडौँ, २८ साउन । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत एवं विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र भएर पनि पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सांसदहरुले सुझाव दिएका छन । समितिका सभापति दिलकुमारी रावलले भने ‘‘पशुपतिका […]

महोत्तरीका धार्मिकस्थल संरक्षण नपाएर खण्डहर बन्दै

महोत्तरी, २८ साउन । प्राचीन मिथिलाको मध्यअवस्थित महोत्तरी जिल्लाका पुराना ऐतिहासिक र पुरातात्विक महत्वका धार्मिकस्थल अब अस्तित्वको सङ्कट झेल्दैछन् ।कला, संस्कृति र धार्मिक सम्पदाले भरिपूर्ण मानिने प्राचीन मिथिलाको परिचय बोकेका धार्मिकस्थल समुचित संरक्षण र मर्मतसम्भार नहुँदा अब अस्तित्व सङ्कटको स्थितिमा पुगेका हुन् । हिन्दू, इस्लाम र बौद्ध परम्पराका ऐतिहासिक सम्पदा र स्थल अब खास पर्वमा […]

पर्यटकीय दृष्टिकोणले सबैको रोजाइ त्रिवेणीधाम

नवलपरासी, २८ साउन । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण स्थल मानिने पूर्वी नवलपरासीको त्रिवेणीधाम आजभोलि सबैको रोजाइ बन्दै गएको छ । उक्त धामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत पश्चिम नवलपरासीको बर्दघाट बजारबाट २५ किलोमिटर पूर्वदक्षिण तथा पूर्वी नवलपरासीको दुम्किवासबाट करीब १५ किलोमिटर दक्षिणतर्फ अवस्थित यस धाम पछिल्लो पटक आन्तरिक […]

जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार

पोखरा, २६ साउन । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले हिमालपारिको जिल्ला मुस्ताङस्थित जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशीका साथै भारतीय दर्शनार्थीको चाप लाग्ने मुक्तिनाथमा रानीपौवादेखि मन्दिरसम्म पुग्ने बाटोमा कमजोर शारीरिक अवस्था भएका जोकोही तीर्थयात्री पुग्न सकुन् भन्ने उद्देश्यका साथ अपाङ्गमैत्री पदयात्रा मार्ग बनाउने तयारी गरिएको हो । […]