निर्मला हत्यालार्इ रहस्यमय बनाएको कन्चनपुर प्रहरीले पत्रकारलार्इ दियो शौचालयमा थुनेर मार्ने धम्की

काठमाडाैं, १४ पुस । निर्मला पन्तकाे हत्या सम्बन्धि प्रमाणहरु क्रमश: लुकाएर घटनालार्इ रहस्यमय बनाएकाे कन्चनपुर प्रहरीले एक पत्रकारलार्इ दुर्व्यवहार गरेकाे खुलेकाे छ । प्रहरीले नेपाल टेलिभिजनमा कार्यरत पत्रकार पदमराज बाेहाेरालार्इ दुर्व्यवहार गरेकाे हाे । महेन्द्रनगर नगर विकास समितिको जमिन प्रकरणको समाचार संकलनका क्रममा होटल ओपेरा नजिक पुगेका पत्रकार बाेहाेराकाेे परिचय पत्र च्यातेर फाल्नुका साथै दुर्व्ववहार […]

हत्यारा पत्ता लगाउन अन्ततः चितुवाको डिएनए परिक्षण गरियो

सन्धिखर्क, १४ पुस । हत्यारा पत्ता लगाउन अर्घाखाँचीमा चितुवाको डिएनए परिक्षण गरिएको छ । लगातार १४ बालबालिकाको ज्यान लिने चितुवाको पहिचान गर्न यो डिएनए परिक्षण गरिएको हो । १४ जनाको ज्यान लिने चितुवा एउटै हो वा होइन भन्ने पत्ता लगाउन काठमाडौंस्थित प्रयोगशालामा डिएनए परिक्षण गरिएको हो । डेढ महिनाअघि अर्घाखाँचीको ढिकुरा पियाले खोलामा नरभक्षी ठानिएको […]

सुझाब समेटने गरी ओली गलेपछि २ सातादेखि चलेको नेकपाको बैठक सम्पन्न, प्रतिवेदन सर्वसम्मतले पारित

काठमाडौँ, १३ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे स्थायी समितिकाे बैठकले तत्कालका लागि पार्टीभित्र देखिएका विवाद सल्टाउँदै प्रस्तुत प्रतिवेदन पारित गरेकाे छ । विवादका कारण लम्बिएकाे बैठक अन्तत: अध्यक्ष केपी शर्मा अाेली र पुष्पकमल दाहाल प्रचण्डले माैखिक अाश्वासनका पाेका फुकाएपछि प्रतिवेदन पारित गर्दै सकिएकाे हाे । नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी […]

ठेकेदार, डिजाइनर र व्यवस्थापनले मिलेमतो गरी यसरी गर्छन ठूला परियोजनामा चरम लापरवाही

काठमाडौँ, १३ पुस । राष्ट्र निर्माणका महत्वपूर्ण विकास निर्माणका ठूला परियोजनाको काममा चरम लापरवाही भएको पाइएको छ । परियोजनाको ढाँचा तयारीदेखि ठेक्कापट्टासम्मका काममा ठेकेदार, डिजाइनर र परियोजना व्यवस्थापनपक्षबीचको मिलेमतोमा राज्यकोषमा भार परेको सार्वजनिक खर्च पुनरावलोकन आयोगले औँल्याएको छ । आयोगले हालै गरेको एक अध्ययनअनुसार ठूला आयोजनामा विनामापदण्ड चालू खर्च बढाउँदै जाने, विकास आयोजना र कार्यान्वयको […]

नतिजा चित्त नबुझे ११ कक्षाका विद्यार्थीले आफ्नै अगाडि उत्तरपुस्तिका पुन: जचाउँन पाउने

काठमाडौं, ७ पुस । परीक्षामा राम्राे गरेर पनि नतिजा राम्राे नअाएकाे भन्दै गुनासाे गर्ने विद्यार्थीका लागि खुसीकाे खबर छ । राष्ट्रिय परीक्षा बाेर्डले अब नतिजामा चित्त नबुझ्ने विद्यार्थीले अाफ्नाे उत्तरपुस्तिका फेरि जाँच गराउन पाउने भएका छन् । बाेर्डले हालका लागि कक्षा ११ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझेका विद्यार्थीले नै याे सुविधा प्रयाेग गर्न सक्ने […]

दाङमा भएको दुर्घटनाका मृत्तक सबैको सनाखत, सबैभन्दा बढी जुम्लाका विद्यार्थी

दाङ, ७ पुस । तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबेको सनाखत भएको छ । सो दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षक घोराही–१७ का २८ वर्षीय प्रदीप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका–१८ का २२ वर्षीय गणेश विक, विद्यार्थी घोराही–१४ का १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका–५ का […]

तीनदिनदेखि वेपत्ता नेकपाका नेता भण्डारी भारततर्फ गएको देखियो तर अझै सम्पर्कमा आएनन

भद्रपुर, ६ पुस । प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उनलाई देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान सम्पर्कविहीन भएको भनिएको २५ मिनेटपछि उनलाई काँकरभिट्टा नाकामा रिक्सामा चढेको अवस्थामा […]

ओली सरकारको आलोचना गर्दै भिम रावलले ल्याए १४ पृष्ठको फरक दस्तावेज

काठमाडौं । सरकारकाे नेतृत्व गरिरहेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद अझै चुलिएकाे छ । कामभन्दा कुरामात्र धेरै गरेकाे भन्दै चाैतर्फी अालाेचना बढिरहेका बेला पार्टीभित्रै माथिल्लाे तहमै केही नेताहरुले सरकारकाे खुलेर अालाेचना गरेका हुन् ।  पार्टीलार्इ मनमाैजी चलाएकाे र सरकारका कामकाज पनि अपेक्षा गरिएवमाेजिम नभएकाे भन्दै पार्टीमा नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गाैतम, नारायणकाजी श्रेष्ठ लगायतका […]

विदेशबाट फर्केर देशमै सुन फलाइरहेका युवाहरुका कथा

विदुर, १ पुस । चरम गरीबीले पिल्सिएका विदुर नगरपालिका–५ का २७ वर्षीय बालकृष्ण पनेरुले जीवनमा धेरै हण्डरहरु बेहोर्नुप¥यो । सानो छँदा नै घरको मियोका रुपमा रहेका बाबुको मृत्युपछि गाउँमा मेला, मजदूरी गर्दै माध्यमिक तहसम्मको शिक्षा पूरा गरेका पनेरुले एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न धेरै कष्ट उठाउनुप¥यो । घरको जेठो छोरो भएपछि घर परिवारको सम्पूर्ण जिम्मेवारी […]

नेकपामा फेरि उठ्यो एक व्यक्ति एक पदको कुरा, प्रचण्डलार्इ नेकपाको एकल अध्यक्ष बनाइपर्ने बामदेवको माग

काठमाडाैं, १ पुस । सरकारकाे नेतृत्व गरिरहेकाे पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुर्इ जना अध्यक्ष भएका कारण समस्या अाएकाे भन्दै एकजना मात्र अध्यक्ष राख्नुपर्ने कुरा उठन थालेकाे छ । त्याे पनि पुष्पकमल दाहाल प्रचण्डलार्इ एकल अध्यक्ष बनाइनुपर्ने भन्दै केही नेताहरुले लविङ थालेका छन । यसैबीच शनिवार बसेकाे नेकपाकाे केन्द्रीय सचिवालयकाे बैठकमै त्याे कुरा उठ्याे […]