विदेशबाट उद्धार गरिएकालाई राख्ने भनिएका होटेल क्वारेन्टाइन सबै काठमाडौ बाहिर

काठमाडौँ । सरकारले विभिन्न देशमा अलपत्र परेका नेपालीहरुलाई शुक्रबारदेखि स्वदेश फर्काउँदै छ। त्यसरी अाउनेमध्ये २ किसिमका क्वारेन्टाइनमा राख्न सकिने सरकारले तयारी गरेकाे छ । सरकारले विदेशबाट उद्धार गरेर ल्याइएकाहरुलाइ राख्न विभिन्न ठाउँमा क्वारेन्टाइनकाे तयारी पनि गरेकाे छ भने यदि कसैले ती क्वारेन्टाइनमा नबसेर हाेटल क्वारेन्टाइनमा बस्न चाहेमा त्यसकाे तयारी पनि गरिएकाे छ । तर, हाेटल […]

भारतबाट आएकी एक महिलाको गाउँको क्वारेन्टिनमा मृत्यु

कैलाली, २१ जेठ । क्वारेन्टिनमा एक महिलाको मृृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वार्ड नं १ असिग्राम आधारभूत विद्यालय रौनाकोटमा रहेकाे क्वारेन्टिनमा रहेकी ३० वर्षीया महिलाको मृत्यु भएको हाे । भारतबाट ४ दिन पहिले आएर उक्त क्वारेन्टिनमा रहेकी महिलाकाे मृत्यु भएकाे डडेल्धुरा प्रहरीले जनाएकाे छ । मृतक महिला ४ दिन अघि मात्र अाफ्ना श्रीमानसँगै […]

यसवर्ष समयमै मनसुन सुरु हुने अनुमान, फेरि अर्को चक्रबातको सम्भावना

काठमाडौं । यसवर्ष नेपालमा समयमै मनुसन सुरु हुने माैसमविदहरुले अनुमान गरेका छन् । अहिले दक्षिण-पूर्वी अरब सागरमा रहेको न्युन चापीय प्रणाली उत्तर तर्फ सर्दै गरेको र त्यसको प्रभावले नेपालमा जेठ २२ गतेदेखि २४ गतेसम्म वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुनेसक्ने बताइएकाे छ । यसअघि बंगालको खाडीमा विकसित अम्पुन चक्रवातको कारण नेपालमा मनसुन कम्तिमा एक […]

लकडाउनको समय १२ दिन थप, सेना परिचालन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, १७ जेठ । काेराेनाकाे संक्रमण नराेकिएकाे भन्दै सरकारले लकडाउनकाे समय अझै थप गरेकाे छ । शनिवार बसेकाे मन्त्रिपरिषदकाे बैठकले थप १२ दिन लकडाउन थपेर लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हाे । मन्त्रिपरिषदले लकडाउनकाे माेडालिटीमा केही परिवर्तन हुन सक्ने बताएकाे छ । त्यसका लागि कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न […]

सवारी पास छ भन्दैमा जथाभाबी नहाकाैं, राडार गनले समात्ला

        काठमाडौँ, १६ जेठ ।  लकडाउनको समयमा सवारी पास लिएका सवारी साधनामाथि ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ । लकडाउनले सडकमा सवारी साधन निकै कम संचालन भएर तीब्र गतिमा सवारी चलाउने गरिएको र त्यसबाट सम्भावित दुर्घटनालाइ रोक्न भन्दै ट्राफिक प्रहरी महाशाखाले निगरानी बढाएकाे हाे । तीब्र गतिमा चलाइएका सवारीकाे गति कति छ […]

ललितपुरमा कोरोना संक्रमण भइ एक जनाको मृत्यु

काठमाडौं, १४ जेठ । राजधानीमा पनि काेराेना संक्रमण भइ एक जनाकाे मृत्यु भएकाे छ । ललितपुरकाे ग्वार्काेमा रहेकाे किस्ट अस्पतालमा ती काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुने व्यक्ति ललितपुर महानगरपालिका-२२ भरु भएका ५७ वर्षीय पुरुष हुन । उनको बुधबार साँझ किष्ट अस्पतालमा कोरोना […]

क्वारेन्टाइनस्थलमा पुगेका डाक्टरहरुबीच एकाएक कुटाकुट

काठमाडौं, १३ जेठ । विरगञ्जका दुइ अस्पतालमा कार्यरत डाक्टरहरुबीच कुटाकुट भएकाे छ । नारायणी उपक्षेत्रीय अस्पतालमा र नेशनल मेडिकल कलेजमा कार्यरत डाक्टरहरुबीच अरु कारणले नभइ सामाजिक सञ्जालका कारण कुटाकुट भएकाे हाे । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर दुइ डाक्टरहरुबीच विवाद भएकाे र विवाद बढ्दै गएपछि दुबैले अाअाफ्ना समूह बनाएर कुटाकुटमा उत्रेकाे बुझिएकाे […]

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो २७८

काठमाडौं, ३ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या २७८ पुगेकाे छ । शनिबार दिउँसो थप दुई जनामा कोरोना संक्रमण भेटिएसँगै कूल संख्या २७८ पुगेकाे हाे ।  शनिवार २६ वर्ष र ५२ वर्षका २ पुरुषमा काेराेनाकाे संक्रमण भेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे थियाे । हाल महोत्तरीमा रहेका उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार मात्र ११ जना कोरोना […]

सरकारको नपुसकताका कारण नेपालमा भारतको हस्तक्षेप निरन्तर गर्दै गएको विद्रोही नेकपाको आरोप

काठमाडौँ । बिद्रोही नेपाल कम्युनिस्ट पार्टीले नेपालली भूमि लिपुलेकमाथि भारतीय हस्तक्षेप नेपाल सरकारकाे नपुसकताका कारण भएकाे बताएकाे छ । नेकपा सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज कञ्चनले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली भूमि मिचेर भारतले बाटो बनाउन खोज्दा, नेपालको भूभाग भारतीय नक्सामा सामेल गर्दा र नेपालका सीमाहरू मिचिँदा पनि संसदवादी सत्ता मूकदर्शक देखिएकाे […]

लिपुलेकबाट नेपाली भूमी मिचेर भारतले बनायो मानसरोवर पुग्ने सडक

काठमाडौं, २६ बैशाख । भारतले नेपालको भूभाग लिपुलेक हुँदै मानसरोवर मार्गसँग जोड्ने सडकको शुक्रबार उद्घाटन गरेको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत नेपालको लिपुलेक हुँदै चीन जोड्ने सो रुट उद्घाटन गरेका थिए। कुटनीतिज्ञ तथा सीमाविदहरुले भारतको एकपक्षीय कदमको नेपालले कडा विरोध गर्नुपर्ने बताएका छन्। भारतले धार्चुलाको घटियागाढबाट लिपुलेकसम्मको ८० किलोमिटर लामो सडक निर्माण गरेर […]