शिक्षक बन्नको लागि लाइसेन्स चाहिने र त्यसको लागि शिक्षा शास्त्र संकायमा अध्ययन गर्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने भएको छ । एक वर्षे विएड सरह मान्यता प्राप्त हुने गरि ‘खुला सिकाइमा आधारित एक वर्षे शिक्षक पेशागत विकाश तालीम’ संचालनमा आउने भएपछि शिक्षक बन्न शिक्षा शास्त्र संकायको शैक्षिक योग्यता हासिल गर्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने भएको हो […]
ननस्टप विशेष
विप्लव खोज्न व्यवसाय गरेर बसेका पूर्व जनमुक्ति सेनाहरुमाथि धरपकड गर्दै सरकार
काठमाण्डाै । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएकाे सरकारले त्यससँगै पूर्व जनमुक्ति सेनाका याेद्धाहरुलाइृ अनावश्यक दु:ख दिन थालेकाे छ । जनयुद्ध सुरु हुँदाताकाे झल्काे दिनेगरी सर्वसाधारण र अन्य पेशा व्यवसाय गरेर बसेकाहरुलाइ पनि दुख दिन थालेपछि धेरैले सरकारकाे कदमकाे व्यापक विराेध गरेका छन् । नेकपामाथि प्रतिबन्ध लगाउने कार्यकाे पनि चाैतर्फी विराेध भइरहेकाे […]
रहस्यमयी डायरी, ओलीको हत्या योजना र विप्लव विद्रोह
सरकारले विद्रोही नेकपाका एक अमुक नेताको खल्तीबाट खोसेको डायरीका पन्ना देखाउँदै त्यो डायरीमा लेखिएको प्रसंग निकालेर भयानक युद्धको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्णयलाई तर्कपूर्ण र जायज देखाउन पछिल्लो समय चलाएको हल्ला त्यसमै आधारित छ । विद्रोही नेकपामाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयका पछि दुईवटा घटना मुख्य देखिन्छन् । पहिलो एनसेलको मुख्यालय […]
प्रतिबन्धको विरोध गर्दै बाबुरामले भने, यसबाट केपी, प्रचण्ड र विप्लव सबै समाप्त हुन सक्छन्
काठमाडौ, २९ फागुन । पूर्व प्रधानमन्त्री समेत रहेका नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेका छन्। कार्ल मार्क्सको एक भनाई उध्दृत गर्दै र सरकारको निर्णयलाई ‘बिडम्बनापूर्ण’ भन्दै डा भट्टराईले बिप्लब समूहलाई प्रतिबन्ध लगाउने निर्णयको सांकेतिक विरोध गरेका हुन्। सोमबार मध्यरातमा आफ्नो फेसबुकको वालमा भट्टराईले लेखेका छन्, ‘मार्क्सले […]
सरकारका अधिकांश मन्त्री फेर्ने कसरतमा ओली र प्रचण्ड
काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ । मंगलबार बिहान वालुवाटारमा भएको भेटमा उनीहरुबीच मन्त्रिहरुकाे हेरफेर गर्नेबारे छलफल भएकाे हाे । मन्त्रिपरिषद् पुनर्गठनका विषययमा आफूहरुबीच छलफल भएकाे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुष्टि गरेका छन् । आजै विराटनगर पुगेका प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग […]
विदाका दिन सरकारी गाडी दुरुपयोग गर्ने ६३ जनामाथि यस्तो कारवाही
काठमाडौं, २६ फागुन । सार्वजनिक विदाको दिन सरकारी गाडी चलाउने ६३ जनामाथि कारवाही गरिएको छ । ट्राफिक प्रहरी महाशाखाले नारी दिवस र शनिवारको सार्वजनिक विदामा काठमाडौं उपत्यकामा नियम विपरित सरकारी गाडी चलाएकोले उनीहरुमाथि कारवाही गरेको जनाएको छ । शुक्रबार र शनिबार बिनापास विभिन्न सरकारी कार्यालय तथा संस्थानका गाडी चलाउनेलाई कारबाही गरिएको काठमाडौं महानगरीय ट्राफिक प्रहरी […]
पशुपतिमा श्रीमहन्त, थानापति, श्रीदिगम्बर, लालमोहर, नागा र महापुरुष गरी ६ वर्गका साधु
काठमाडौँ, २३ फागुन । महाशिवरात्रीमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित छुट्टाछुट्टै बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेका थिए । गुठी संस्थानले श्रीमहन्त, थानापति, श्रीदिगम्बर, लालमोहर, नागा र महापुरुष गरी […]
सडक कब्जापछि कमल थापाको चेतावनी ‘लोकतन्त्र लुटतन्त्र भयो, अब तेस्रो जनआन्दोलन गर्छौ’
पूर्व उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले तेस्रो जनआन्दोलन हुने चेतावनी दिएका छन । दोस्रो जनआन्दोलनका बेला गृहमन्त्री रहेका थापाले ब्यापक दमन गरेको आरोप सेलाउन नपाउदै उनले आफ्नो नेतृत्वमा तेस्रो जनआन्दोलन हुने चेतावनी दिए । मंगलवार गृहजिल्ला मकवानपुर आएका थापाले उक्त चेतावनी दिएका हुन् । राप्रपाले सरकारलाई बुझाएको २२ बुँदे […]
सुखानीको रगतले भन्छ हामीलाई, सही बाटो हिड्दैछौ कि भुल्यौ दाजुभाइ
‘सुखानीको रगतले भन्छ हामीलाई, सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’ छयालीस वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको यो गीतले क्रान्तिको बाटो नभुल्न सन्देश दिइरहेको छ । विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा […]
काठमाडौं-भक्तपुर रुटमा यस्तो अचम्मको बस सेवा, भित्रै किन्न पाइन्छ यी सबै कुरा
काठमाडौँ, १७ फागुन । काठमाडौँ उपत्यकामा सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ? खचाखच ठेलामठेल हुने गरी सिट क्षमताभन्दा बढी यात्रु, यात्रु भित्र ठेल्दै अनि ओराल्दै गर्ने सहचालक, सहचालकलाई धेरै यात्रु बोलाउन हौस्याउने चालक, बसभित्र असरल्ल सुन्तला, बदामका बोक्रा, पानीका बोतल र धुलो । यात्रुले भोग्ने प्रायः समस्या यिनै हुन् । तर आज काठमाडौ भक्तपुर […]