काठमाडौं, १ कार्तिक । शनिवार नेपालमा ३१६७ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले देशभरका प्रयोगशालामा १५४३८ नमुना परीक्षण गर्दा पछिल्लो २४ घन्टामा ११६० महिला र २००७ पुरुष गरी ३१६७ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । संक्रमित मध्ये सबैभन्दा बढी ५० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाकै छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी […]
ननस्टप विशेष
रक्षामन्त्रालयले मन्त्री पोखरेललाई गरेको विदाई कार्यक्रममा गएनन प्रधानसेनापति, जंगी अड्डामै बोलाएर विदाई गर्ने
काठमाडौं, २९ असोज । प्रधानमन्त्रीले रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएपछि रक्षामन्त्री ईश्वर पोखरेललाई बुधवार सो मन्त्रालयमा विदाई कार्यक्रम राखियो । तर, उक्त विदाई कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति गएनन । उक्त विदाई कार्यक्रममा नेपाली सेनाले एकजना उपरथीलाई भने पठायो । नेपाली सेनासँगको मनमुटावकै कारण जिम्मेवारी खोसिएको हल्ला चलिरहेका बेला विदाई कार्यक्रममा देखिएको यो दृष्यले अझ बढी कुरा […]
बालकले फेसबुकमा पोष्ट गरेको तस्बिरले बागलुङमा ११ थान बन्दुकसहित ११ पक्राउ
बागलुङ । अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् । सामाजिक सञ्जालमा तस्बिर देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले मङ्गलबार रातभर खानतलासी गरेको थियो […]
ओलीले थपे एकलौटी आफ्ना गुटका तीन मन्त्री, प्रमले सुइको पनि नदिएर मनपरि गरेको भन्दै पार्टीमा आपत्ती
काठमाडौं, २८ असोज । प्रधानन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । प्रम ओलीले आफ्नो अधिकार प्रयोग गरेर खाली रहेका तीन वटा मन्त्रालयमा तीन जना मन्त्री थप्नुका साथै केही मन्त्रीहरुको जिम्मेवारी पनि हेरफेर गरेका छन् । डा. युवराज खतिवडाको वहिर्गमनपछि खाली रहेको अर्थमन्त्रालयको जिम्मेवारी आफ्ना निकट रहेका पार्टी महासचिव बिष्णु पौडेललाई दिएका छन् । […]
तीन मन्त्री र सचेतक फेर्ने सहमतिपछि मुख्यमन्त्री शाहीको पद जोगियो, सबै बोलाइए काठमाडौं
काठमाडौं, २७ असोज । आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि पद धरापमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । पार्टी केन्द्रमा शिर्ष नेताहरुको सहयोगमा उनले आफ्नो पद जोगाउन सफल भएका हुन् । स्रोतका अनुसार पार्टी केन्द्रमा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालबीच कर्णाली प्रदेशमा देखा परेको समस्या सुल्झाउने बारे सहमति […]
सोमवार फेरि बढे संक्रमित, ४ हजार ४७ जनामा संक्रमण पुष्टि
काठमाडौं, २६ असोज । नेपालमा कोरोना संक्रमणको दर फेरि बढेको छ । सोमवार २४ घण्टामा ४०४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिवार पाँच हजार नाघेको संक्रमण आइतबार भने २ हजारा झरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार देशभरका प्रयोगशालामा १४५३० नमूना परीक्षण गर्दा १५६५ महिला र २४८२ पुरुषमा संक्रमण पुष्टि भएको […]
आइतबार २४ घन्टामा थपिए २०७१ जना कोरोना संक्रमित, उपत्यकामा मात्र १४१६
काठमाडौं, २५ असोज । शनिवार संक्रमणले उच्च अंक लिएको नेपालमा आइतबार भने कम संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आइतबार २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार संक्रमितको संख्या पाँच हजार नाघेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १२,४२७ नमूना परीक्षण गर्दा ७०२ महिला र १२६९ पुरुषमा संक्रमण देखिएको […]
अन्ततः सरकारले डा.केसीसँग ग¥यो फेरि ८ बुँदे सहमति, अनसन आइतबार मात्र तोडिने
काठमाडौं, २४ असोज । सत्याग्रही डा. गोविन्द केसीसँग सरकारले फेरि ८ बुँदे सहमति गरेको छ । डा.केसीका तर्फबाट सहभागी भएको वार्ता टोली र सरकारका प्रतिनिधित्व गर्ने वार्ताटोलीबीच सो सहमति भएको हो । सहमतिपछि डा. केसीको अनसन तोडिने भएको छ । उनी २७ दिनदेखि अनसनमा बसेका छन् । सरकारी वार्ता टोलीका संयोजक गोपी मैनाली र डा. […]
काठमाडौं उपत्यकामै भेटिए २६७२ संक्रमित
काठमाडौं, २४ असोज, । देशभर संक्रमित थपिने संख्या पाँच हजार नाघ्दा काठमाडौं उपत्यकामा पनि संक्रमण ह्वात्तै बढेको छ । शनिवार काठमाडौं उपत्यकामा पनि संक्रमित बढेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २१०० संक्रमित थपिएका छन् । ललितपुरका […]
देशभर २४४० जना संक्रमित थपिदा उपत्यकामा १५३१ जना
काठमाडौं, १९ असोज । कोरोना भाइरसका संक्रमित थप हुने क्रमममा सोमवार थप २४४० जनामा संक्रमण देखिएको छ । देशभरका प्रयोगशालामा १३७८१ नमूना परीक्षण गर्दा ९३७ महिला र १५०३ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पनि काठमाडौं उपत्यकाका सबैभन्दा बढी संक्रमित फेला परेको जनाएको छ । सोमवार उपत्यकामा १५३१ संक्रमित थपिएका […]








