के सिके राउतसँग प्रधानमन्त्री ओली झुकेकै हुन् ? आखिर गल्ती कसको ?

११ वुँदे सहमतिमा सरकार चुक्यो भन्दै एकाथरी वौद्दिकहरूले चन्द्रकान्तका लागि भाङको घट्टा घोल्दै छन् । चन्द्रकान्त उर्फ सिके राउत त्यसलाई तुनतुन तुन्क्याउँदै छन् । नशाकै शुरमा फ्री मधेशको व्यानर देखाउँदै दीपावली मनाईरहेका छन् । ११ वुँदेले उनको मागलाई वैधानिक हैसियत प्राप्त भएको दावी गरिरहेका छन् । उनले त आफ्नो पक्षमा अर्थ्याउने नैं भए । त्यो […]

विप्लवको सत्तोसराप र सिकेसँग प्रचण्डको तुलनाभित्र लुकेका यथार्थ

नेपालको तराईभूमीलाई टुक्र्याएर छुट्टै देश बनाउने अभियान थालेका चन्द्रकान्त राउतसँग सरकार र सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको सहमतिले राजनीतिक रंगमञ्चमा विविध बहस सिर्जना भएको छ । सो पार्टी र सरकारको नेतृत्व गरिरहेको नेताका निरन्तरका कटुवाणी र परस्पर अन्तरविरोधी व्यवहारले बहसको आगोमा अझ घिउ थपेको छ । सिके राउतसँगको सहमतिलाई प्रधानमन्त्री केपी […]

शनि, मनि र दुश्मनीको राप

एकदिन स्वर्गमा बस्दाबस्दै वाक्क दिक्क भएका देवराज इन्द्र माछाको रुप धारण गरी पोखरीमा रमाईलो गर्दै पौडी खेल्दै थिए । त्यतिकैमा माझीहरुले थापेको बल्छीमा इन्द्र परेछन् । बल्छीको तिखो धारले इन्द्रको मुखमा नराम्ररी घाउ बनाएछ । देवता भएका कारण रुप फेर्दै बल्छीबाट बचेर इन्द्र स्वर्गलोकतिर भाग्न सफल भए । माझीहरूले विना कसुर आफुलाई चोट लगाएकोमा क्रुद्ध […]

देशलाई रत्नपार्कजस्तो मनमौजी थलो बनाएर रत्यौली खेल्नेहरु

एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी तिमी र म पहाडबाटै झरेको, तिमी पनि ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन, फुलप्रसाद चढाएर ढोग्छन् । तर मभित्र के तेस्तो दोष छ र हरपल फोहोर खुट्टाको प्रहार खेप्नुपर्छ ।’ मन्दिर भित्रको ढुंगो मन्द मुस्काउँदै जवाफ दिन्छ– ‘हो साथी […]

भ्रष्टाचारबाट यस्तोसम्म हुन्छ कमाल

के भ्रष्टाचार राम्राे हाे ? कतिपय अर्थशास्त्रीले भ्रष्टाचार राम्रो हो भनेका छन्। यस विषयमा हामी पनि केही उदाहरण पेश गर्न सक्छौँ, जस्तैः काठमाडौ शहरको सडकलाई हेर्दा खाल्डाखुल्डी, धुलो र धुवाँबीच अनगिन्ती सवारीसाधन गुडेका देख्छौ, अनि सबैलाई आफ्नो गन्तव्यमा पुग्न हतारो छ । सबैजना आआफ्नो गन्तव्यमा पुगेकै छन र यो सम्भव भएकै छ । ट्राफिक प्रहरीको […]

धर्म दर्शनबारे एक दृष्टिकोण

पहिलो खण्ड संसारमा मानव इतिहासको करिब १० हजार वर्षदेखि ५ हजार वर्ष अघिसम्मको समयमा धर्म वा संस्कृतिको विकास शुरु भयो । मानव जातिको विकास र जीवनशैली परिवर्तनसँगै प्रकृतिसँगको सम्बन्ध र अन्तरविरोधहरु पनि परिवर्तन हुँदै गएको छ र सोही क्रममा मानिसको प्रकृतिसँग ठुलै अन्तरविरोध भयो । जस्तै: आगोबाट मानिसले न्यानो प्राप्त गर्‍यो, आफ्नो खाना पकाउन सामर्थ्यवान […]

लोकतन्त्रको पीँजडाभित्र बिरोध र विवेकमाथि बन्देज

तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले डेमोक्रेसीको सुन्दर, आकर्षक र मिठो परिभाषा अगाडि सारे – जनताद्वारा जनताका लागि गरिने जनताको शासन । उक्त परिभाषा निकै लोकप्रिय बन्यो र आज पनि संसारभर उद्धरण गरिन्छ । लिंकनका अनुसार आफ्नो राज्य, शासनपद्धति, शासनसत्ता लगायत जनतासँग सम्बन्धित बिषयमा जनताले स्वेच्छिक र स्वतन्त्र रुपमा निर्णय गर्न पाउनुपर्छ । उनको आशय स्पष्ट […]

अभिभावकलाई प्रश्न: कस्तो समाज बनाउँदैछौं हामी ?

परिदृश्य एक बानेश्वरस्थित एउटा बैङ्केटमा आयोजित विवाह भोजमा सहभागी हुन एक दम्पती आफ्नो कक्षा ४ मा अध्ययन गर्ने छोरासहित पुग्दछन् । पृष्ठभूमिमा बजिरहेको छ लैजाउ न मलाई घुमाउन ठमेल बजार बोलको कथित सुपरहिट गीत । पुग्नासाथ पार्टीको रामरमाइलोमा आफूलाई घुलमिल गराउँछन् । बालकको पिता आफ्ना पुरुष सहकर्मीहरु मदिरामस्तीमा डुब्छन । माता चाहिँ आफ्ना महिला संगीहरु […]

बन्दुकबाट छुटकारा पाउन बन्दुक उठाउनैपर्छ

मैले एकजना कम्युनिस्ट योद्घा विजय घलेको सम्झनामा जनयुद्धको एक वर्षपछि २०५३ साल फागुन १४ र २१ को जनादेश साप्ताहिकमा प्रकाशित संस्मरणात्मक आलेखमा लेखेको थिएँ, ‘त्योे प्यारो !, दृढ र हँसिलो, गोल–गोल मङ्गोल अनुहारसँग पोहोर साल यतिबेला त्यही रगतले लेखिने इतिहासको गीत गाउँदै जनयुद्धको उद्घाटन गर्न तयारी गर्दै थियौँ तर अहिले तिमी भौतिक रूपमा हामीसँग छैनौ […]

क्रान्तिका नाममा रोपिएका धतुरोबाट धानको अपेक्षा

एउटा जंगलमा विभिन्न जातका प्राणीबीच अगाध प्रेम थियो । यो प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइदिएछ । सबै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गए । तर, एउटा सानो चरा भने निडरतापूर्वक कुवा नजिकैको खाल्डोबाट पानी ल्याउँदै माथिबाट चुहाएर आगो निभाउने कोसिस गर्दै रहेछ । अरू जनावरले भनेछन्– ‘हे मूर्ख चरा, तेरो चुच्चोको […]