अन्तर बिद्यालय एकायन कराते प्रतियोगिता हुने

भाद्र ३१ , काठमाडौं / नेपाल एकायन कराते संघ कंकेश्वोरी शाखाकाे अायाेजनामा चौथो कंकेश्वोरी अन्तर विद्यालय एकायन कराते प्रतियोगिता संचालन हुने भएको छ । आश्विन ६ गते शनिबार हुने प्रतियोगिता काष्ठमण्डप मरुहिटी स्थित शान्ति निकुञ्ज माध्यमिक बिद्यालय मा संचालन हुने भएको छ । प्रतियोगितालाई सफल पार्न नेपाल एकायन कराते संघ कंकेश्वोरी शाखाले प्रतिक खडकीको संयोजकत्वमा […]

ब्रिगेड ब्वाइजले भित्र्यायो तीन विदेशी खेलाडी, को-को हुन् ?

काठमाडौं ।  चार वर्षपछि ‘ए’ डिभिजन लिग हुने भएपछि ब्रिगेड ब्वाइज फुटबल क्लबले तीन विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ । सो क्लबले नाइजेरियाका तीन खेलाडी कजिम एन्टी जी, टी जी र करिमलाई बुधबार क्लबमा ल्याएको क्लबका व्यवस्थापक स्मिथ लामाले जानकारी दिए । कजिम एन्टी जी र टी जी स्ट्राइकरको रूपमा तथा करिमले मिड फिल्डबाट […]

विश्वविजेता फ्रान्स जर्मनीसँग गोलरहित बराबरीमा रोकियो

काठमाडौं । विश्व विजेता फ्रान्सलाई जर्मनीले गोलरहित बराबरीमा रोकेको छ। रूसमा सम्पन्न २१औं संस्करणको विश्वकप फुटबलमा समूह चरणबाटै बाहिरिएको जर्मनीले उपाधि विजेता जर्मनीलाई गोलरहित बराबरीमा रोकेको हो। युइएफएले सुरू गरेको युरोपका देशबिचको नयाँ प्रतिस्पर्धा ‘युइएफए नेशन्स लिग’को लिग ए अन्तर्गतको खेलमा बिहिबार राति फ्रान्स जर्मनीसँग गोलरहित बराबरीमा रोकिएको हो। खेल अवधिमा दुबै देशले केही राम्रा […]

फुटबलमा नेपालको शानदार जित, ४-० गोलले नेपालसँग भुटान पराजित

काठमाडाैं । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४-० गोलले पराजित गरेकाे छ । बंगलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ठूलाे गाेल अन्तरले पराजित गर्न सफल भएकाे हाे ।  ७० मिनेटपछि १० खेलाडिमा सिमित भुटानविरुद्ध प्राप्त यो जितपछि नेपालले सेमिफाइनल पुग्ने सम्भावना […]

सुजुकी कप फुटबल: नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै, जित्नैपर्ने दबाव

काठमाडौं । बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले स्थानीय समयअनुसार ४ बजे भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमै पाकिस्तानसँग २-१ गोलअन्तरले पराजित भएको […]

हङकङसँग पराजित हुँदै नेपाल एसिया कपबाट बाहिरियो

काठमाडौं । मलेसियामा जारी एसिसि एसिया कप छनोटमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल एसिया कप बाहिर भएको छ। मंगलबार नेपालले दिएको ९६ रनको झिनो लक्ष्य हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो। हङहङका लागि अंशुमन रथले सर्वाधिक ५२ रन बनाए। ८२ बल खेलेका रथले ३ चौका र १ छक्का प्रहार गरेका थिए। किञ्चित साहले […]

एशिया कप छनौटमा नेपाल पहिलो जीत हात पार्न सफल

काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल हारेर जित्ने पर्ने दबाबमा रहेको नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो । नेपालका लागि बसन्त […]

नाडाल युएस ओपनको प्रिक्वार्टरफाइनलमा

काठमाडौं ।  विश्व नम्बर १ राफेल नाडाल युएस ओपन टेनिसको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । शनिबार बिहान राउण्ड ३२ मा भएको खेलमा स्पेनिस खेलाडी नाडालले रसियाका क्यारेन खचानोभमाथि कठिन जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । डिफेन्डिङ च्याम्पियन नाडालले ३-१ को सेटमा पराजित गर्ने क्रममा पहिलो सेट नै गुमाएका थिए । बाँकी सेटमा […]

क्रिस्टियानो रोनाल्डोलार्इ गुमाउनु रियल म्याड्रिडका लागि ठूलो घाटा, के होला अब रियलको हालत

काठमाडाैं । रियल मड्रिडका स्टार ब्राजिलियन डिफेन्डर मार्सेलोले क्रिस्टियानो रोनाल्डोलाई गुमाउनु रियल मड्रिडको लागि ठूलो घाटा भएको बताएका छन्। विश्व उत्कृष्ट फुटबलर रोनाल्डोको अनुपस्थितीले मड्रिडमा अभाव महशुश भएको मार्सेलोको भनाइ रहेको छ। यद्यपीे रोनाल्डो गएपछि मड्रिडमा बेल र बेन्जेमाले उनको स्थानमा रहेर राम्रो खेलिरहेको मार्सेलोले बताए। आइतबार राति गिरोनाविरुद्धको खेलमा ४–१ को जित निकालेपछि मार्सेलोले […]

६७ रनले श्रीलंकालार्इ पराजित गर्दै नेपाल विजयी

काठमाडाैं,, ६ भदौ । श्रीलङ्कामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली बुधबार पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ । श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा पूरै विकेट गुमाउँदै १९४ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८९ रनको […]