भारतीय पुर्व क्रिकेटर भीबि चन्द्रशेखर ( ५७ ) चेन्नाई स्थित माइलापुरको आफ्नै घरमा मृत फेला परेका छन्। प्रहरी रिपोर्टका अनुसार उनले आत्महत्या गरेका हुन्। पुलिसका अनुसार उनि घरको सिलिंग फ्यानमा झुन्डिएको अवस्थामा बिहिबार राति फेला परेका थिए। ढोका फोडेर भित्र छिर्दा उनि झुण्डीएको अवस्थामा थिए। त्यसपछि शव परिक्षणको लागि उनको शरीर रोयपेटा अस्पतालमा लागिएको थियो। […]
खेलकुद
सागको लागि महिला क्रिकेट टिमको तयारी सुरु, पुरुष टिमको अझै अनिश्चित
मङ्सिर १५ देखि २४ सम्म ( डिसेम्बर १ देखि ) नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदको ( साग ) लागि नेपाली महिला क्रिकेट टिमले तयारी सुरु गरेको छ। बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले प्रशिक्षक जगत टमाटा, कप्तान रुबिना क्षेत्री र उपकप्तान सिता राना मगरलाई क्रिकेट बल हस्तान्तरण गर्दै अभ्यास उद्घाटन गरेका हुन्। […]
क्रिकेट बलले लाग्दा अम्पायरको मृत्यु
क्रिकेट खेलको दौरान क्रिकेट बलले टाउकोमा लाग्दा भेट्रान क्रिकेट अम्पायरको मृत्यु भएको छ। अम्पायर जोन विलियम्स उक्त घटना घटेको १ महिना पछि सदाका लागि विदा भएका हुन्। बलले लागेपछि उनलाई एअर एम्बुलेन्स मार्फत वेल्सको कार्डिफ हस्पिटलमा लागिएको थिए। उनलाई त्यहाँ कोमामा राखिएको थियो। अगस्ट १ मा उनलाई उक्त हस्पिटलबाट अर्को हस्पिटलमा सारिएको थिए जहाँ २ हफ्ता […]
विश्वकप लिग-२ : पीएनजी बिरुद्ध ओमानको रोमान्चक जित
२०२३ विश्वकप छनौटको बाटो विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिज आज देखि स्कटल्याण्डमा सुरु भएको छ। पहिलो त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्ड, ओमान र पपुवा न्युगिनीले प्रतिस्पर्धा गर्दैछन्। सिरिज अन्तर्गत ३ वटा टिमले एकअर्का बिरुद्ध २-२ वटा खेल खेल्नेछन्। विश्वकप लिग अन्तर्गत सबै खेल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ। स्कटल्याण्डको एबरडीनमा सम्पन्न पहिलो एकदिवसीयमा ओमानले पपुवा न्यु गिनीलाई ४ […]
क्रिकेटका सबैभन्दा महान खेलाडी सर डन ब्राडम्यानले बनाएका ७ रोचक तथ्य
अष्ट्रेलियाका डन ब्राडम्यानले अन्तिमपटक क्रिकेट खेलेको ७१ बर्ष भैसकेको छ भने संसारबाट बिदा भएको पनि १९ बर्ष भैसकेको छ। तर पनि उनको चमत्कारिक प्रदर्शनले हालसम्म क्रिकेट प्रेमीहरुले उनलाई भुल्न सकेका छैनन्। क्रिकेट प्रेमीहरुको नयाँ पुस्ता जसले उनलाई देखेनन् उनीहरुसमेत क्रिकेटको कुरा गर्दा डनकै चर्चाबाट सुरुवात गर्छन्। सन् १९०८ अगस्ट २७ मा अष्ट्रेलियामा जन्मिएका ब्राडम्यानले २० […]
धनन्जय एक्लै बने न्युजिल्याण्ड माथि भारि, टेलरको इनिंगले सम्हालिदै किवीज
एकदिवसीय विश्वकप उपविजेता टिम न्युजिल्याण्ड विश्वकप पछि पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न श्रीलंका पुगेको छ। श्रीलंका भ्रमण अन्तर्गत २ वटा टेस्ट र ३ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो टेस्ट गालेमा बुधबार सुरु भएको छ। खेलमा टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले पहिलो दिनको समाप्तिमा ५ विकेट गुमाएर २०३ रन बनाएको छ। भारि वर्षाले खेल छिटो […]
विश्वकप लिग-२ आज देखि, ओमान र पपुवा न्यु गिनी खेल्दै, नेपालको यस्तो छ छनौट हुने बाटो
सन् २०२३ को भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको रोड म्यापको रुपमा रहेको आइसीसी विश्वकप क्रिकेट लिग २ प्रतियोगिता बुधबार (अगस्ट १४) देखि सुरु हुँदैछ। त्रिकोणात्मक सिरिजको फर्म्याटमा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा ओमान र पपुवा न्यु गिनी प्रतिस्पर्धा गर्दैछन्। स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक सिरिजको पहिलो खेल नेपाली समय दिउसो ३:४५ बजेबाट सुरु हुनेछ। यस प्रतियोगितामा एकदिवसीय […]
अमेरिकी दुतावासले सन्दिपलाई फेरि बोलाएर दियो भिसा
काठमाडौं, २८ साउन । चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासले पुनः बोलाएर भिसा दिएको छ । क्यारेबियन लिगमा खेल्नका लागि अमेरिका जान लागेका सन्दिपलाई यसअघि अमेरिकी दुतावासले भिसा दिन इन्कार गरेको थियो । मंगलबार बिहान मात्र दुतावासले भिसा दिन इन्कार गरेपछि सन्दिपले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो असहमति व्यक्त गरेका थिए । तर, दुतावासले भिसा […]
चर्चित क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिसा नै दिएन
काठमाडौं, २८ साउन । नेपालका चर्चित युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन इन्कार गरेको छ । अमेरिकाले भिसा नदिएपछि सामाजिक सञ्जालमा पाेष्ट गर्दै सन्दिपले आश्चर्यमा परेको बताएका छन् । सन्दिपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । उनले ट्वीटरमा एक पाेष्ट गर्दै भनेका छन् । ‘मेरो भिसा रिजेक्ट हुँदा […]
क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी राजदूतावासद्वारा भिसा दिन अस्विकार
नेपाली क्रिकेटका हस्ती क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी राजदूतावासले भिसा दिन अस्विकार गरेको छ । अमेरिकी राजदूतावासले भिसा दिन अस्विकार गरेको सन्दिप स्वयमले सार्वजनिक गरेका हुन । उनी ४ सेप्टेम्बर देखि क्यारेबियन प्रिमियर लिग खेल्न जानुपर्ने भएकोले भिसा आवेदन दिएका थिए तर दुतावासले भिषा नदिएपछि उनी अप्ठ्यारोमा परेका छन् । उनले आफूलाई भिषा नदिईएकोमा आश्चर्य लागेको […]





