राफेल नाडाललाई युएस ओपनको उपाधि

न्यूयोर्क, २३ भदौ । यसवर्षको अमेरिकी ओपन लनटेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । यो उनको १९औं ग्रान्डस्लाम उपाधि हो । नाडालले रुसका डानील मेडभेडेभलाई संघर्षपूर्ण ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा पराजित गरेका थिए । नाडालले अन्तिम सेटमा नाटकीय रुपमा विजय हासिल गरेका थिए । तेत्तीस वर्षीय बायाँहाते खेलाडी नाडाल अर्का […]

एशिया कप– नेपालद्वारा बङ्गलादेशसामु २६२ रनको चुनौती प्रस्तुत

काठमाडौँ, २२ भदौ । श्रीलङ्कामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफनो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई जितका लागि २६२ रनको चुनौती दिएको छ । कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउदै २६१ रनको योगफल बनायो । नेपालका लागि पवन सर्राफ र सन्दीप […]

मैत्रीपूर्ण फुटबल खेलको उपाधि कर्मचारीलाई

रुकुमपूर्व, २१ भदौ । जिल्लामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । रुक्मिणी रङ्गशाला रुकुमकोटमा सञ्चालन भएको निजामती कर्मचारी र जनप्रतीनिधिबीचको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीको समूहले जित हासिल गरेको छ । जनप्रतिनिधि र कर्मचारीबीचमा भएको खेलमा कर्मचारीको समूह ७–१ ले विजयी भएको हो । सङ्घीयताले जन्माएको नयाँ जिल्ला रुकुमपूर्वमा पहिलोपटक कर्मचारी मिलन केन्द्रको स्थापना भएसँगै […]

फुटबल रङ्गशालाको ४० प्रतिशत काम

कास्की, २१ भदौ । पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तरराष्ट्रिय मापदण्डको फुटबल रङ्गशालाको ४० प्रतिशत काम सकिएको छ । आगामी डिसेम्बर १ देखि ९ सम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबल यही रङ्गशालामा खेलाइने भएपछि सागअघिनै तयार पार्नुपर्ने बाध्यता छ । पछिल्लो समय राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कात्तिक १५ भित्रमा मैदान […]

एशिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ, २० भदौ । एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग पराजित भएको छ । श्रीलङ्काको राजधानी कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल श्रीलङ्कासँग पाँच विकेटले पराजित भएको हो । टस जितेर नेपालले ब्याटिङ रोजेको थियो । नेपालले ४२ ओभरमा नौ विकेट गुमाउँदै एक सय ५९ […]

नेपालले श्रीलङ्कालाई १६० रनको चुनौती दियो

काठमाडौँ, २० भदौ । श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली श्रीलङ्कालाई जीतको लािग १६० रनको चुनौती दिएको छ । श्रीलङ्का कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउदै १५९ रनको योगफल बनायो । वर्षा बाधक […]

जुम्ला रारा अल्ट्रा म्याराथन भदौ २९

खलङ्गा, २० भदौ । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता यही भदौ २९ गते हुने भएको छ । कर्णाली खेलकूद क्लब जुम्लाको आयोजनामा हुन लागेको म्याराथनमा राष्ट्रिय र भारत,चीनलगायतका अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता हुने छ । शुक्रबार कर्णाली खेलकूद क्लब जुम्लाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा म्याराथनका बारेमा जानकारी दिइएको हो । कर्णाली क्षेत्रको समग्र विकासबाट अधिकतम […]

एशिया कप–नेपालले टस जित्यो

काठमाडौँ, २० भदौ । श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा घरेलु टोलीविरुद्वको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । श्रीलङ्काको आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले आयोजक श्रीलङ्का विरुद्वको खेलमा जीत निकाल्ने आशासहित मैदानमा उत्रेको छ । तर, नेपालले श्रीलङ्कालाई अहिलेसम्म हराउन सकेको छैन । […]

एनओसीको निर्वाचन स्थगित

काठमाडौँ, १९ भदौ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलिको लागि तय भएको कार्य समितिको निर्वाचन स्थगित भएको छ । सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै यही भदौ २० गतेका लागि तय भएको एनओसीको निर्वाचन स्थगित गरिएको एनओसीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाइएको […]

विश्वकप छनोटका लागि नेपालले कुवेतसँग खेल्दै

काठमाडौँ, १९ भदौ । फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज कुवेतसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले विजयी लक्ष्यका साथ कुवेतविरुद्व मैदानमा उत्रनेछ । उक्त खेल कुवेतस्थित जाविर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति १०ः४५ बजे शुरु […]