क्यानको विवाद अन्त्य हुने सङ्केत, नेपाली ‘क्रिकेटले नयाँ जीवन पाउने’

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रिय कार्यसमितिको निर्वाचन मिति तोकिएपछि लामो समयदेखिको विवाद समाधान हुने बताइएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी, क्यान निर्वाचनका लागि गठित स्वतन्त्र समिति र राष्ट्रिय खेलकुद परिषद्‍ राखेपबीच सहमति भएपछि असोज १० र ११ गते निर्वाचन हुने भएको हो। यसअघि आईसीसीले गठन गरेको समितिले असोज ३ र ४ गते निर्वाचन गर्ने एकतर्फी […]

स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत

काठमाडौँ, ३० भदौ । संयुक्त अरब इमिरेट्स ९यूएई०को दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा नेपाललाई स्वर्ण पदक दिलाएका प्रिन्स दाहाल आज स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष लवभक्त श्रेष्ठ, सचिव नविनविक्रम शाह, सदस्य दीपक थापालगयातले प्रिन्स तथा उनका प्रशिक्षक कमलेश निरौलालाई स्वागत गरेका थिए […]

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि बुढालाई

खलङ्गा, ३० भदौ । जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका धीरबहादुर बुढाले प्रथम भइ प्राप्त गर्नु भएको छ । दोस्रो पटक आयोजना गरिएको म्याराथनमा जुम्लाकै धीरेन्द्र भण्डारीले दोस्रो स्थान हासिल गर्न सफल भए भने त्रिभुवन आर्मी क्लबका देवराज महतारा तेस्रो स्थान हासिल गर्न सफल भएको कर्णाली स्पोट्स क्लब जुम्लाले जनाएको छ । क्लबका अध्यक्ष सरोज […]

खेलकूदमा लामो समय पदाधिकारी रिक्त रहन दिँदैनौँ: मन्त्री विश्वकर्मा

कास्की, २९ भदौ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिइने बताए । खेलकूद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले साविक क्षेत्रीय खेलकूद विकास समिति र जिल्लामा पदावधि सकिएर रिक्त पदमा संसद्को चालू अधिवेशनबाट खेलकूद ऐन पारित भए सोही अनुसार र […]

धनगढी फुटसल लिगकोे उपाधि कैलाश विकास बैंकलाई

धनगढी, २८ भदौ । यहाँ भएको ‘नेपाल आइस धनगढी फुटसल लिग‘को उपाधि कैलाश विकास बैंकले पाएको छ । आज भएको अन्तिम ‘फाइनल‘ खेलमा नविल बैंकलाई चारका विरुद्ध नौ गोल गर्दै कैलाश विकास बैंकले उपाधि जितेको हो । ‘नेपाल आईस धनगढी फुटसल लिग‘को विजेता बनेसँगै कैलाश विकास बैंकले रु ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाएको […]

राष्ट्रिय खुला पुरुष भलिबलमा आर्मीको जित

काठमाडौँ, २७ भदौ । प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप–२०७६ राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा आर्मीले ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलमा पुगेको हो । समूह ‘क’ […]

१६ वर्षमुनिका राष्ट्रिय फुटबल टोली जोर्डनतर्फ

काठमाडौँ, २६ भदौ । एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाउन २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली आज जोर्डन प्रस्थान गरेको छ । सन् २०२० मा आयोजना हुने उक्त च्याम्पियनसिपको छनोट खेलमा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलङ्का रहेका छन् । नेपालले यही भदौ […]

कभर्डहलको निर्माण कार्य अलपत्र अवस्थामा

डडेल्धुरा, २५ भदौ । डडेल्धुरामा निर्माणाधीन ‘सेमी कभर्डहल’ अलपत्र अवस्थामा परेको छ । गत आर्थिक वर्षदेखि निर्माण शुरु भएको सो कभर्डहल बजेट अभावका कारण अलपत्र अवस्थामा पुगेको हो । जिल्लामा रहेको एकमात्र ४० वर्ष पुरानो टिटी कभर्डहल गत वर्ष साउन महीनामा वर्षात्का कारण भत्किएको थियो । गत आवमा रु १० लाख बराबरको कर्भडहल निर्माणको काम […]

सुदूरपश्चिममा खेलकूदको पूर्वाधार अभाव

धनगढी, २३ भदौ । सुदूरपश्चिम प्रदेशमा खेलप्रति युवाको आकर्षण बढ्दै गए पनि खेलाडीले खेलकूदका पूर्वाधार र सामग्री अभावको समस्या झेल्नु परिरहेको छ । यहाँ दक्ष प्रशिक्षकको अभावसमेत रहेको छ । प्रदेश खेलकूद विकास समितिको कार्यालय धनगढीका प्रमुख प्रेमबहादुर मल्ल विभिन्न समस्या हुँदाहुँदै पनि सुदूरपश्चिम प्रदेशले क्रिकेट, तेक्वान्दो, भलिबल, बक्सिङ, कराते, कबड्डी, फुटबललगायत खेलमा राष्ट्रिय तथा […]

राष्ट्रिय फुटबल टोली पोखरातर्फ

काठमाडौँ, २३ भदौ । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो । अखिल नेपाल फुटबल सङ्घ एन्फाका प्रवक्ता किरण राईका अनुसार टोलीमा गोलरक्षक विशाल सुनार, रोहित कार्की, […]