भुरीगाउँमा राष्ट्रिय कबड्डी प्रतियोगिता शुरु

बर्दिया, २४ पुस । राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय कबड्डी प्रतियोगिता आजबाट बर्दियाको भुरीगाउँमा शुरु भएको छ । अखिल नेपाल कबड्डी संघद्वारा आज भुरीगाउँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो । बर्दियामा पहिलो पटक शुरु भएको प्रतियोगिता पुस २७ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष र महिलाका […]

राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

काठमाडौँ, २१ पुस । नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने महिला तथा पुरुष टोलीले […]

भिमदत्तनगरमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

भीमदत्तनगर, २१ पुस । कञ्चनपुरको भीमदत्तनगरमा आगामी माघ २ गतेदेखि ६ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् ३९औँ राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ । कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेयका अनुसार प्रतियोगितामा पाँच विकास क्षेत्रका साथै तीनवटा विभागीय टोलीका १९५ खेलाडीको सहभागिता रहनेछ । खेलाडीको बसोबास, यातायात लगायतको खर्च आयोजकले व्यहोर्नेछ । […]

आइसिसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट, विनोद भण्डारी र सागर पुन आउट

काठमाडौँ, २१ पुस । नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि प्रारम्भिक चरणमा २१ सदस्यीय खेलाडी टोलीको छनोट गरिएको छ । फेब्रुअरी ६ देखि १६ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसी प्रतिनिधि अनिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले २१ खेलाडीको छनोट गरेको हो । छनोट हुनेमा […]

रेडबुल बन्यो महिला डबल लिग भलिबल प्रतियोगिताको मुख्य प्रायोजक

काठमाडौं, १८ पुस । ढोरपाटन महिला डबल लिग भलिबलको १३ औ संस्करणलाई रेडबुलले मुख्य प्रायोजन गरेको छ । आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनबीर छन्त्याल र मुख्य प्रायोजक गोर्खाबु्रअरीका मार्केटिङ मेनेजर इन्द्र रेग्मीले आज तीन वर्ष लामो सम्झौतामा हस्ताक्षर गरे। प्रतियोगिताको नाम अब रेडबुल ढोरपाटन ग्: महिला डबल लिग भलिबल रहने छ । मुख्य प्रायोजन […]

पहिलोपटक नेपालले नेत्रहीन विश्वकप क्रिकेट खेल्ने

काठमाडौं, १८ पुस । नेपालले पाँचौँ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा पहिलोपटक सहभागिता जनाउँदै छ । टी–२० विश्वकपको अनुभव बटुलिसकेको नेपालले एकदिवसीय क्रिकेटमा भने पहिलोपटक पाइला टेक्न लागेको हो । टी–२० विश्वकपमा अहिलेसम्म नकआउटचरणमा पुग्न नसकेको नेपालले एकदिवसीय विश्वकपलाई स्मरणीय बनाउने लक्ष्य राखेको छ । ७ देखि २१ जनवरीसम्म सञ्चालन हुने एकदिवसीय विश्वकप पाकिस्तान र दुबईले […]

पुष्पा श्रेष्ठले जितिन नेपालका लागि स्वर्ण पदक

काठमाडौं, १८ पुस । नेपालकी पुष्पा श्रेष्ठले अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णपदक जितेकी छिन् । सोमबारबाट इटहरी रंगशालास्थित कभर्डहलमा सुरु भएको च्याम्पियनसिपमा पुष्पाले महिला ३७ केजी तौल–समूहमा नेपालकै अनुजा परियारलाई पराजित गर्दै स्वर्णपदक जितेकी हुन् । पहिलो दिनको खेलमा महिला ३५ केजी तौल–समूहमा नेपालकी सावित्रा तामाङ र ४६ केजीमा नेपालकी सिमोन सुनुवारले स्वर्ण जितेका […]

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर युनाइटेड विजयी

म्यानचस्टर युनाइटेडले सोमबार राति इंग्लिस प्रिमियर लिगमा चार खेलयता पहिलो जित निकाल्न सफल रह्यो । अर्को खेलमा लिभरपुल पनि विजयी रह्यो । एन्थोनियो मार्टियल र जेसे लिन्गार्डको गोलले म्यानचेस्टरले एभरटनलाई २–० ले हरायो र ४७ अंकसहित फेरि दोस्रो स्थानमा उक्लियो । लिभरपुलले भने बर्नलीलाई २–१ ले हरायो । त्यसमा लिभरपुलका लागि ९० औं मिनेटमा रेग्नर […]

नेपाल एकायन कराते संघको आयोजनामा दोस्रो राष्ट्रि«य खुल्ला एकायन करातेयोगिता माघ १२ र १३ गते

  पुष १७ , काठमाडौं/ नेपाल एकायन कराते संघको आयोजनामा दोस्रो राष्ट्रि«य खुल्ला एकायन करातेयोगिता संचालन हुने भएको छ । उक्त प्रतियोगिता २०७४ माघ १२ र १३ गते दुई दिन काभ्रे जिल्लाको वनेपा नगरपालिका ५ स्थित पोलिटेक्नीक मैदानमा आयोजना हुने भएको छ । उक्त प्रतियोगिताको उद््घाटन समारोह माघ १२ गते हुने छ । देश भरिका […]

विराटनगरले हात पार्यो एभरेष्ट प्रिमियर लिगको उपाधी

काठमाडौ । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको उपाधि विराटनगर वारियर्सले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमाञ्चक खेलमा विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई १ रनले हरायो । जितका लागि १ सय ५० रनको लक्ष्य पाएको भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रन मात्र बनायो । भैरहवालाई जितका लागि अन्तिम ओभरमा ९ रन […]