एजेन्सी । खेलाडीलार्इ महङ्गाे मुल्यमा अाफ्नाे क्लबमा अनुबन्ध गराएका कारण विवादमा अाएका क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)माथि छानविनकाे माग भएकाे छ । पीएसजीसँगै अहिले म्यानचेस्टर सिटीमाथि पनि यस्ताे अाराेप लागेकाे छ र छानविन गर्न भनिएकाे छ । स्पेनिस फुटबल लिग लालिगाका अध्यक्ष जाभिर टेबासले यस्ताे माग गरेका हुन् । उनले दुर्इ क्लबले अार्थिक फेयर प्ले […]
खेलकुद
राष्ट्रिय फुटसल लिगमा आठ खेल सम्पन्न
काठमाडौँ, १५ भदौ । नेपालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय फुटसल लिगअन्तर्गत बिहीबार भएको खेलमा आठ खेल सम्पन्न भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा एन्फा फुटसल कमिटीको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गरेका थिए । समूह एअन्तर्गत खेलमा धन्वन्तरि फुटसल खुमलटार युवा क्लबलाई ६–२ गोलअअन्तरले पराजित […]
साहस बन्यो स्पोर्टस अवार्डका लागि सहप्रायोजक
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले खेल पोसाक उत्पादक कम्पनी साहस स्पोर्ट्ससँग ‘पल्सर स्पोर्ट्स अवार्ड–२०७३’ का लागि सहप्रायोजन सम्झौता गरेको छ । कम्पनी सुरु भएको पहिलो वर्ष नै साहस स्पोर्ट्सले मञ्चसँग सहकार्य गरको हो । मञ्चका अध्यक्ष महेश आचार्य र साहस स्पोर्ट्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक जनक न्यौपानेले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । साहस स्पोर्ट्सले […]
विश्वकै महड्गो नाइट क्लबमा रातभर मस्ती गरेका बोल्ट ट्रयाकमै लडेपछि विश्वभर आलोचित
एजेन्सी । उसेन बोल्ट विश्वमा अहिलेसम्मका तीब्र गतिका धावक हुन् । जब मैदानमा बोल्ट दौडिन्छन्, तब उनी उडेजस्तै सबैभन्दा अगाडि पुग्छन् । तिनै बोल्ट अब भने एथ्लेटिक्स मैदानमा देखा नपर्ने भएका छन् । उनले अन्तराष्ट्रिय दौडबाट सन्यास लिएका छन् । मैदानमा रहँदासम्म निकै चर्चामा रहेका बोल्ट, सन्यास लिँदा पनि उत्तिकै चर्चामा छन् । सन्यास लिँदा […]
गैँडाकोट इङ्ग्लिस स्कुललाई अन्तर्राष्ट्रिय स्कूल अवार्ड
नवलपरासी, १२ भदौ । नवलपरासीको गैँडाकोट इङ्ग्लिस स्कुल (विद्यालय)ले अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलले शुरु गरेको अन्तर्राष्ट्रिय स्कुल अवार्ड परियोजनामा गैँडाकोट इङ्ग्लिस स्कुल देशैभरका २६ विद्यालयमध्ये उत्कृष्ट बन्न सफल भएको हो । परियोजनाअन्तर्गत देशैभरका २६ विद्यालयले गत वर्षदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक पद्धति र शिक्षण क्रियाकलाप सञ्चालन गरेका थिए । आइतबार ब्रिटिस काउन्सिल, […]
रियल मड्रिडले मेस्सीलाई स्वागत गर्दै भिडियाे पाेस्ट गर्याे
काठमाडौं । स्थानीय समानुसार बिहान साढे ५ बजे रियल मड्रिडको आधिकारिक ट्विटर एकाउन्टमा बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले रियल मड्रिड विरुद्ध गोल गरेको भिडियो पोष्ट गर्दै लेखियो– ‘मेस्सीलाई स्वागत छ।’ आधिकारिक ट्विटर एकाउन्टबाट मेस्सीलाई स्वागत गरिएको पोष्ट देखेपछि मड्रिडका समर्थकहरु अकमक्क परे। कतिपय समर्थकहरुले त मेस्सी रियलमा आएको भन्दै खुसी पनि भए। लेखिएको ४५ मिनेटमै उक्त […]
अन्डर १५ फुटबलमा भारतसँग नेपाल पराजित
काठमाडौँ, ११ भदौ । भारतले नेपाललाई पराजित गर्दै साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको फाइनल खेलमा भारतले नेपाललाई दुई–एक गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । यसअघि समूह चरणमा पनि नेपाललाई भारतले समान दुई–एक गोल अन्तरले नै पराजित गरेको थियो । खेलमा पहिलो अग्रता नेपालले लिएको थियो […]
५० खेलमा ५० जित हात पार्ने बक्सर फ्योयड
फ्योयड मेवदरले कोनोर म्याग्रेगोरलाई बहुप्रतिक्षित बक्सिडमा हराउँदेै आफ्नो रेकर्ड ५०–० बनाएका छन् । अमेरिकाको लस भेगासमा शनिबार भएको फाइटमा मेवदरले म्याग्रेगोरलाई १० चरणमा नकआउट गर्दै सो किर्तिमान बनाएका हुन् । आफ्नो व्यवसायिक बक्सिड करियरमा कुनै खेल नगुमाउने रिक्की मार्सियानोको कीर्तिमान उछिनेका छन् । खेल अत्यन्त प्रतिस्पर्धात्मक रहेको थियो । यही प्रतिस्पर्धामार्फत २९ वर्षे कोनोर म्याग्रेगोरको […]
सन्दिपकाे ठाउँमा दीपेेन्द्र भए यू-१९ क्रिकेट टाेलीकाे कप्तान
काठमाडाैं । एसीसी यू-१९ क्रिकेट प्रतियोगिता (पूर्वी क्षेत्र)का लागि नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीको अन्तिम नामावली सार्वजनिक भएको छ । मलेसियामा भदौ २३ देखि सुरु हुने प्रतियोगिताको लागि १४ खेलाडी सम्मिलित टोलीको कप्तानमा दीपेन्द्र सिंह ऐरी रहेका छन् । यसअघि सन्दिप लामिछानेले टोलीको कप्तानी गर्दै आएका थिए । अघिल्लो महिना यू-१९ विश्वकपको छनोट चरण खेल्न […]
न्यू डायमन्डलाई शिवम सिमेन्टले वार्षिक ८ लाख दिने
काठमाडौं । नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमण्ड एकेडेमीले मुख्य प्रायोजनको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ । शिवम् सिमेन्टले नैकापको न्यू डायमण्ड एकेडेमी (एनडिए)लाई एक वर्षको लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो । शनिबार भएको सम्झौता कार्यक्रममा शिवम् सिमेन्ट लिमिटेडका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष सजन देवकोटा र न्यू डायमण्डका प्रिन्सिपल तथा प्रशिक्षक कुमार […]









